चितवन, जेठ २८
उद्योग वाणिज्य संघ–चितवनले संघको सचिवालयमा एक कार्यक्रमको आयोजना गरी जिल्ला प्रशासन कार्यालय चितवनका नवआगन्तुक प्रमुख जिल्ला जिल्ला अधिकारी इन्द्रदेव यादवलाई स्वागत गरेको हो ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले विगत लामो समयदेखि उद्योग वाणिज्य संघ–चितवनको सम्बन्ध प्रशासन कार्यालय लगाएत जिल्लाका सम्पूर्ण सरकारी कार्यालयहरू सँग सुमधुर रहदै आएको बताउदै आगामी दिनहरूमा पनि सम्बन्ध अझ बढी प्रगाढ रहने अपेक्षा व्यक्त गर्नुभयो ।
अध्यक्ष श्रेष्ठले संघको सङ्क्षिप्त जानकारी दिंदै चितवन जिल्लाको आर्थिक समाजिक एवं समग्र विकासका लागि सबै निकायहरू सँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले छिमेकी तथा अन्य मुलुकबाट आउने पर्यटकलाई आगमन प्रक्रियामा सहिजीकरणका लागि प्रमुख जिल्ला अधिकारी मार्फत सम्बन्धित निकायको ध्यानर्कषण गराउन अनुरोध गर्नुभएको थियो ।
कार्यालयका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले स्वागत एवम् परिचय कार्यक्रम आयोजना गरि यहाँका उद्योगी व्यवसायीहरु सँग परिचय गर्ने अवसर प्रदान गरेकोमा संघ प्रति आभार व्यक्त गर्दै उहाँले चितवन आर्थिक सामाजिक एवम् रणनीतिक हिसावले महत्वपुण जिल्ला भएको बताउँदै यहाँको सुरक्षाका प्रदानको विषयमा प्रतिवद्धता व्यक्त गर्नुभयो ।
संघ–चितवनका पूर्व अध्यक्ष उदयकुमार श्रेष्ठले नवआगन्तुक जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारीज्यूलाई कार्यकाल सफलताको शुभकामना दिंदै उहाँले उद्योग वाणिज्य संघ–चितवन व्यवसायीहरूको संस्था भएतापनि सामाजिक उत्तरदायित्वको कार्यमा पनि निरन्तर लागिरहने बताउनु भयो ।
संघ–चितवनका पूर्व अध्यक्ष उत्तमलाल चुकेले यस आर्थिक वर्षमा कोभिडका वेला भन्दा वढि आर्थिक मन्दी भएको बताउदैँ उहाँले पार्किङ्गको अभाले नारायणगढ बजार सुक्दै गएकोले साईड रोडमा पार्किङ्ग गर्न नदिने कुरा बजारमा आएकोले एक साईड मिलाएर पार्किङ्गको व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारीको ध्यानर्कषण गर्नुभएको थियो ।
संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जिवि सुवेदीले धन्यवाद ज्ञापन गर्नुभएको उक्त स्वागत कार्यक्रम संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा संघका पूर्व अध्यक्ष देशीराम प्रधान, रामप्रसाद श्रेष्ठ, उदयकुमार श्रेष्ठ, उत्तमलाल चुके, कल्याण जोशी, सहनलाल प्रधान, संघका पदाधिकारी, कार्यसमिति सदस्य, कार्यकारी निर्देशक, विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारी लगायत ५० जनाको उपस्थिति रहेको थियो ।





