२१ असार २०८१, शुक्रबार १६:२८
काठमाडौं, असार २१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी २८ गते प्रतिनिधि सभामा विश्वासको मत लिनुहुने भएको छ ।
आगामी २८ गते, शुक्रबार प्रतिनिधि सभाबाट विश्वासको मत लिने प्रयोजनका निम्ति संसद् सचिवालयलाई पत्र पठाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
कांग्रेस-एमालेबीच नयाँ गठबन्धन बनाउने सहमतिपछि प्रचण्ड नेतृत्वको गठबन्धन भत्किएको थियो ।





