२१ मंसिर २०७९, बुधबार २३:३३
कैलाली, २१ मंसिर
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिहीबार (भोलि) धनगढी आउनु हुने भएको छ ।
कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न भोली प्रधानमन्त्री देउवा आउन लग्नु भएको हो । यो महोत्सवको १६औं संस्करण हो ।
देउवाले दिउँसो २ बजे उद्घाटन गर्ने कार्य तालिका रहेको छ । कैलाली उद्योग वाणिज्य संघले देउवा सामु १६ बुँदे माग राख्ने तयारी गरेको छ । २१ बुँदे माग सहित २१ किलोको माला लगाउँदै आएको आयोजकले यस पटक केही माग सम्बोधन भएको भन्दै १६औं संस्करणमा १६ बुँदे माग राख्न लागेको हो ।
मङ्सिर ४ गते सम्पन्न निर्वाचन पछि देउवा पहिलो पटक धनगढी आउनु हुने ताथा सबै तयारी पुरा भइसकेको कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुवरले जानकारी दिनुभएको छ ।





