Thursday, November 5

Author: Sarbatra Khabar

कोशी ब्यारेजमा ६ लाख क्युसेक जलसतह मापन, पुलमा यातायात बन्द

सुनसरी, असोज १२ सप्तकोशी नदीको जलसतह बढेसँगै कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ । शनिबार राति साढे ९ बजेको अपडेट अनुसार सप्तकोशीमा ६ लाख क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको छ । पानीको सतहले पुललाई नाघेपछि सतर्कता अपनाउदै सबै सवारी साधनलाई समेत पुलबाट हिड्न रोकिएको छ । अहिले पनि पानीको सतह बढिरहेको र यो […]

पूरा पढ्नुहोस्

आपतकालिन उपचारका लागि २४ सै घण्टा तयार रहन निर्देशन

काठमाडौँ, असोज १२ अविरल वर्षाका कारण देशभर बाढी र पहिरोका कारण जनधनको क्षतिका घटना बढिरहेको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै अस्पताल तथा स्वास्थ्यकर्मीहरुलाई २४ सै घण्टा आपतकालीन उपचारका लागि तयार रहन आग्रह गरेका छन् । मन्त्री पौडेलले भनेका छन्, ‘देशभरका सबै अस्पतालका आपतकालीन कक्ष लाई थप प्रभावकारी बनाउन र आवश्यक परेमा नियमित सेवा […]

पूरा पढ्नुहोस्

बाढी-पहिरोमा उद्धारको लागि १६ सय ३० सशस्त्र प्रहरी परिचालित

काठमाडौँ, असोज १२ अविरल बर्षाको कारण नेपालका विभिन्न जिल्लाहरुमा भएको घटनाको खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपालबाट १ हजार ६३० जना जनशक्ति परिचालन भएको छ । बर्षासँगै आएको बाढि, पहिरो र डुवानमा परी हालसम्म ११ जना वेपत्ता, १० जनाको मृत्यु, १ सय ६२ स्थानहरुमा भौतिक क्षति भएको छ भने सुरक्षा फौजले ७ सय […]

पूरा पढ्नुहोस्

विपत्ति सबैको साझा चुनौती हो, मिलेर सामना गरौं- प्रधानमन्त्री ओली

काठमाडौँ, असोज १२ प्रधानमन्त्री केपी शर्मा ओलीले विपत्ति सबैको साझा चुनौती भएकोले मिलेर सामना गर्न आग्रह गरेका छन् । हाल अमेरिकामा रहेका प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत उद्धारका लागि सरकारले परिचालन गरेका सुरक्षाकर्मीलाई सहयोग गर्न र बाढी र पहिरोको जोखिम नहुने ठाउँमा सतर्कता अपनाएर रहन आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले भनेका छन्- आज पनि देशैभर अविरल […]

पूरा पढ्नुहोस्

हनुमन्ते खोलाले ग्याँस बुलेट बगायो

काठमाडौँ, असोज १२ भक्तपुरको हनुमन्ते खोलाले ग्याँस बुलेट बगाएको छ । भक्तपुरतर्फबाट बगाएर ल्याएको उक्त बुलेट बाढीमा बग्दै गर्दा लिक भएको पाइएको छ । ग्याँस चुहिँदै बुलेट बगेको देखिएपछि स्थानीयहरु त्रसित बनेका छन् । उनिहौर्ले अहिले यस क्षेत्रमा ग्याँसको कडा गन्ध आइरहेको बताएका छन् ।  बगेको बुलेट अहिले च्यासलस्थित एमाले पार्टी कार्यालय नजिकैको पुलमा अड्किएको […]

पूरा पढ्नुहोस्

नारायणगढ-मुग्लिङ्गको भाँसिएको सडक मर्मत

चितवन, असोज १२ नारायणगढ-मुग्लिङ्ग सडक खण्ड अन्तर्गत ९ किलोमा भाँसिएको सडकको मर्मतपछि एकतर्फी खुलेको छ । भाँसिएको सडक डिभिजन कार्यालय भरतपुरले मर्मत गरेपछि एकतर्फी खुलेको र दुई तर्फी खुल्न केहि समय लाग्ने जानकारी दिएको छ । सडक भाँसिएको ठाउमा एउटा गाडी समेत पल्टिएको थियो । लगातारको बर्षाको कारणले गएराती यस सडकमा यातायातमा रोक लगाइएको थियो […]

पूरा पढ्नुहोस्

नारायणगढ-मुग्लिङ्ग सडकको ९ किलोमा सडक भाँसियो

चितवन, असोज १२ नारायणगढ-मुग्लिङ्ग सडक खण्ड अन्तर्गत ९ किलोमा सडक भाँसिएको छ । सडक दबेको कारण ठूला सवारीसाधन आवागमन पूर्णरूपमा अवरोध भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ । सडक भाँसिएको ठाउमा एउटा गाडी पल्टिएको छ । भाँसिएको ठाउँमा ग्रावेल फिलिङ्ग गरी  मर्मतको कार्य हुँदै गरेकोले, उक्त सडक खण्डमा आवश्यक सावधानीका साथ सजकता अपनाई […]

पूरा पढ्नुहोस्

आजको मौसम: बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा भारी बर्षा

काठमाडौँ, असोज १२ देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।साथै  भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा रहेको छ । हाल देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहेको छ।देशभरका अधिकांश स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहने […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ असोज १२ गते शनिबार

आजको राशिफल बि.सं.२०८१ असोज १२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर २८ नेपाल सम्बत ११४४ ञंलागा एकादशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज कृष्ण एकादशी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, सिद्ध योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०५ः५५ बजे, सूर्यास्त साँझ ०५ः५३ बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । […]

पूरा पढ्नुहोस्

रास्वपाले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं, असोज ११ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पत्रकार सम्मेलन गर्दै छ । दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्न लागेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा चिन भ्रमण तथा समसामयिक राजनीतिक घटनाक्रमबारे जानकारी गराइने जनाइएको छ । सहकारी प्रकरणमा जोडिएका सभापति रवि लामिछानेका साझेदार छविलाल […]

पूरा पढ्नुहोस्