Author: Sarbatra Khabar
उपमेयर सुनिताले गरिन् बालेनको कार्यशैलीको आलोचना
काठमाडौँ, भाद्र १९ काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले मेयर बालेन शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाएकी छिन् । मंगलबार बसेको कार्यपालिकाको बैठकमा उपमेयर डंगोलले बालेनले एकलौटी निर्णय गर्ने गरेको र सिंगो महानगरनै विवादमा परिरहेको भन्दै उनको कार्यशैलीप्रति उनकै अगाडी असन्तुष्टि जनाएकी हुन्। कार्यपालिका बैठकमा डंगोलले भनिन्, ‘महानगरले जारी गरेको सूचनामा प्रमुख स्तरीय निर्णय अनुसार सूचना प्रकाशित गरिएको […]
पूरा पढ्नुहोस्
विश्व टेस्ट च्याम्पियनसिप फाइनलको मिति तय
काठमाडौँ, भाद्र १९ आइसीसीले विश्व टेस्ट च्याम्पियनसिप फाइनलको मिति तय र खेल हुने स्थान तय गरेको छ । आइसीसीले जारी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल २०२५ को जुन ११ देखि १५ सम्म ईङल्याण्डको लर्ड्स मैदानमा हुने भएको छ । त्यस्तै आवश्यक परेमा जुन १६ लाई रिजर्भ डे को रुपमा प्रयोग गर्न सकिने आइसीसीले जनाएको छ […]
पूरा पढ्नुहोस्
अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार
काठमाडौँ, भाद्र १९ अमेरिकामा नेपाली युवती मुना पाण्डेलाई गोली हानेर हत्या गरेको आरोपमा पक्राउ परेका बबिसिंह शाहलाई अदालतले जमानत दिन अस्वीकार गरेको छ । शाहलाई सेप्टेम्बर ३ मा अदालतमा प्रस्तुत गरिएको थियो । अदालतले शाहविरुद्ध हत्याको यथेष्ट प्रमाण रहेको भन्दै जमानत दिन अस्वीकार गरेको अमेरिकामा नेपाली पत्रकारहरुले संचालन गरेको पोर्टल नेप्योर्कले उल्लेख गरेको छ । […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, भाद्र १९ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर साधारणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ भदौ १९ गते बुधबार
आजको राशिफल बि.सं.२०८१ भदौ १९ गते बुधबार ई.सं.२०२४ सेप्टेम्बर ०४ नेपाल सम्बत ११४४ ञंलाथ्व पारु, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, भदौ शुक्ल प्रतिपदा, चन्द्रमा सिंह राशिमा, उत्तर फाल्गुनी नक्षत्र, साध्य योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०५: ४४ बजे, सूर्यास्त साँझ ०५: २० बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह […]
पूरा पढ्नुहोस्
नेपाल बारको आन्दोलन तत्काललाई स्थगित
काठमाडौँ, भाद्र १८ न्याय परिषद् नियमावली संशोधनको विपक्षमा रहेको नेपाल बार एसोसिएसन र सर्वोच्च अदालतको बार बेञ्च समन्वय समितिबीच वार्ता भएको छ । प्रधान्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको संयोजकत्व्मा रहेको समन्व्य समितिसँगकोवार्तामा नेपाल बारका तर्फबाट अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अन्जिता खनाल सहभागी भएका थिए । वार्तापछि निकासका लागि पाँच सदस्यीय कार्यदल गठन भएको छ । […]
पूरा पढ्नुहोस्
नेपाली क्रिकेट टिमले आज श्रीलंकामा पहिलो अभ्यास खेल खेल्दै
काठमाडौँ, भाद्र १८ नेपाली राष्ट्रिय क्रिकेटले श्रीलंकामा आज पहिलो अभ्यास खेल खेल्दै छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टिमले श्रीलंकामा श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग खेल्ने तीन एकदिवसीय खेल अन्तर्गत पहिलो खेल आज हुदै छ । यो खेल आज बिहान १०: १५ बजेदेखि शुरु हुदै छ । नेपालले आइसीसी क्रिकेट विश्वकपको लिग – २ […]
पूरा पढ्नुहोस्
सहकारीको बचत ठगि छानबिन गर्न गठित संसदीय छानबिन समितिको म्याद थपिँदै
काठमाडौँ, भाद्र १८ सहकारीको बचत ठगिको विषयमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको म्याद थपिने भएको छ । आज बस्ने प्रतिनिधिसभाको बैठकबाट समितिको समय थप्न लागिएको हो । संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीमा सहकारी छानबिन समितिको म्याद थपसम्बन्धी प्रस्ताव राखिएको छ । समितिले आफ्नो काम पूरा गर्न अझै केही समय लाग्ने देखिएपछि समय […]
पूरा पढ्नुहोस्
आजको मौसम : दिउँसोदेखि रातिसम्म नै वर्षाको सम्भावना
काठमाडौँ, भाद्र १८ देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको […]
पूरा पढ्नुहोस्
स्त्री-२ ५०० करोड क्लबमा
काठमाडौँ, भाद्र १८ बलिवुड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । फिल्म रिलिजको तेस्रो सातामा ५०० करोड क्लबमा पुगेको छ । फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले अहिलेसम्म फिल्मले अहिलेसम्म ५०२ करोड ३५ लाख कमाई गरेको छ । फिल्मले आइतबार मात्र २२ करोड १० लाख कमाई गरेको थियो । फिल्मले रिलिजको […]
पूरा पढ्नुहोस्




