Author: Sarbatra Khabar
आजको राशिफल: २०८१ भदौ ०८ गते शनिबार
आजको राशिफल बि.सं.२०८१ भदौ ०८ गते शनिबार ई.सं.२०२४ अगस्त २४ नेपाल सम्बत ११४४ गुंलागा पञ्चमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, भदौ कृष्ण पञ्चमी, चन्द्रमा मेष राशिमा, अश्विनी नक्षत्र, गण्ड योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०५: ३९ बजे, सूर्यास्त साँझ ०५: ३२ बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको […]
पूरा पढ्नुहोस्
परराष्ट्रमन्त्री राणासँग राष्ट्रसंघकी नेपाल प्रतिनिधि योकोसुकाद्वारा ओहोदाको प्रमाण पत्र पेश
काठमाडौँ, भाद्र ७ परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग संयुक्त राष्ट्रसंघकी नवनियुक्त आवासीय प्रतिनिधि क्योको योकोसुकाले भेटवार्ता गरेकी छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा राष्ट्रसंघकी नेपाल प्रतिनिधि योकोसुकाले परराष्ट्रमन्त्री राणासँग ओहोदा प्रमाण पत्र पेश गरेकी हुन् । भेटमा उनीहरुबीच नेपाल र राष्ट्रसंघबीचको आपसी सहयोगका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
पूरा पढ्नुहोस्
आँबुखैरेनी बस दुर्घटना: २१ जनाको उद्धार, १२ जनालाई टिचिङ अस्पताल पुर्याइयो
दमौली, भाद्र ७ पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १८ पुगेको छ । शुक्रबार आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खसेको थियो । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको र बसमा भारतीय पर्यटकहरु सवार रहेका थिए […]
पूरा पढ्नुहोस्
विश्वको दोस्रो ठूलो हीरा भेटियो
काठमाडौँ, भाद्र ७ विश्वको दोस्रो ठूलो हीरा बोत्सवानामा फेला परेको छ । बीबीसीका अनुसार क्यानेडियन फर्म लुकारा डायमण्डको कायरोको खानीमा २४९२ क्यारेटको हीरा फेला परेको छ । सन् १९०५ मा दक्षिण अफ्रिकामा फेला परेको ३१०६ क्यारेटको कुलिनन डायमण्डपछि यो अहिलेसम्मकै सबैभन्दा ठूलो हीरा हो । काइरो खानी बोत्सवानाको राजधानी गाबोरोनबाट करिब ५०० किलोमिटर टाढा छ […]
पूरा पढ्नुहोस्
संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प
काठमाडौँ, भाद्र ७ संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । शुक्रबार दिउँसो ३ बजेर ७ मिनेटमा ३.९ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । गढीडाँडा बजार आसपास केन्द्र भएर भूकम्प गएको केन्द्रले जानकारी दिएको छ ।
पूरा पढ्नुहोस्
टिकटकमाथिको प्रतिबन्ध खुला गर्ने सरकारको निर्णय
काठमाडौँ, भाद्र ७ सरकारले टिकटकमाथि प्रतिबन्ध खुलाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले शर्तसहित टिकटकलाई लगाइएको प्रतिबन्ध खुल्ला गर्ने निर्णय गरेको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् । बैठकले टिकटकलाई तीन महिनाभित्रमा विभिन्न मापदण्ड र प्रक्रिया पूरा गर्न पनि सरकारले निर्देशन गरेको छ । तत्कालिन पुष्पकमल दाहाल प्रचण्ड सरकारले गत वर्षको […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, भाद्र ७ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ भदौ ०७ गते शुक्रबार
आजको राशिफल बि.सं.२०८१ भदौ ०७ गते शुक्रबार ई.सं.२०२४ अगस्त २३ नेपाल सम्बत ११४४ गुंलागा चतुर्थी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, भदौ कृष्ण चतुर्थी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, शूल योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०५: ३८ बजे, सूर्यास्त साँझ ०५: ३३ बजे हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको […]
पूरा पढ्नुहोस्
‘एक्टर: टेक वान’ को फर्स्ट लुकमा प्रदीपका पाँच अवतार
काठमाडौँ, भाद्र ६ फिल्म ‘एक्टर: टेक वान’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका मुख्य कलाकार प्रदीप खड्का फिचर्ड छन् । पोस्टरमा प्रदीपका पाँच तस्बिर छन् । घाइते तस्बिर, नेपाली पोसाकमा रहेको तस्बिर, पाइलटको पोसाकमा रहेको तस्बिर, लामो कपालमा क्याजुल पोसाकमा रहेको तस्बिर र हल्का जाडोमा स्वेटर लगाएका पाँच लुकमा प्रदीप फिचर्ड छन् […]
पूरा पढ्नुहोस्
नेप्सेमा सामान्य वृद्धि, १९ अर्बको कारोबार
काठमाडौँ, भाद्र ६ नेप्से आज सामान्य अङ्कले बढेको छ । विहिबार नेप्से ६.०१ अङ्कले बढेर २९७४.४६ विन्दुमा पुगेको छ । आज कूल ४ करोड ९ लाख ५१ हजार ७२० कित्ता शेयर रु १९ अर्ब १६ करोड ६ लाख ५२ हजार ८५ मूल्यमा खरिद बिक्री भएका छन् । त्यस्तै आज तारागाउँ रिजेन्सी होटल, नारायणी डेभलपमेन्ट बैंक, […]
पूरा पढ्नुहोस्




