Author: Sarbatra Khabar
काँग्रेस-एमाले गठबन्धनमा सहभागी नहुने रास्वपाको निर्णय
काठमाडौं, असार १८ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काँग्रेस-एमाले गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ । मंगलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले काँग्रेस-एमाले गठबन्धनमा सहभागी नहुने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो । उहाँले नयाँ सरकार गठनको प्रक्रिया शुरु भएपछि आफुहरुले सरकारबाट राजीनामा दिने बताउनुभयो ।
पूरा पढ्नुहोस्
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
काठमाडौं, असार १८ आज नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । मंगलबार सुनको मुल्य तोलामा एक सयले बढेर तोलाको १ लाख ४२ हजार ३ सयमा कारोबार भएको छ । यस अघि आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ […]
पूरा पढ्नुहोस्
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
काठमाडौं, असार १८ नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेसले बुधबार बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निजी निवास, बुढानीलकण्ठमा बस्ने गरि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउने […]
पूरा पढ्नुहोस्
एसइईको पुरक परीक्षाको तालिका सार्बजनिक
काठमाडौं, असार १८ परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमीले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को पुरक परीक्षा (ग्रेड वृद्धि) को समय तालिका सार्वजनिक गरेको छ । कार्यालयले आज सूचना जारी गर्दै २०८० चैत्र १५ गतेदेखि सञ्चालन भएको एसइईमा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि समय […]
पूरा पढ्नुहोस्
असार १८ गते मंगलबारको वैदिक राशिफल। तपाईँको दिन शुभ रहोस् ।
आजमिति २०८१ साल असार १८ गते मंगलबार तदअनुसार जुलाई २ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु कृष्ण पक्षको एकादशी तिथी, भरणी नक्षत्र, । घृती योग । चन्द्र राशि मेष । यो शुभ योग हो । अभिजित् मुहूर्त: बिहान ११:४० देखि १२:३५ सम्म, • काठमाण्डौंमा सुर्योदय: बिहान ०५:१२ • सुर्यास्त: बेलुका ०७: ०३ बजे […]
पूरा पढ्नुहोस्
सत्ता गठबन्धन गर्ने कांग्रेस-एमालेबीच सहमति, ओली-देउवा आलोपालो प्रधानमन्त्री बन्ने
काठमाडौं, असार १८ नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यका लागि गठबन्धन गर्ने सहमति भएको छ । एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सत्ता गठबन्धनका लागि सोमबार राति सहमति भएको छ । ओली-देउवाबीच आलोपालो प्रधानमन्त्री बन्ने पनि सहमति जुटेको छ । दुई दलबीच एमाले अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने र […]
पूरा पढ्नुहोस्
बेल्जियमलाई हराउँदै फ्रान्स युरोकपको क्वाटरफाइनलमा, बेल्जियमको युरो यात्रा समाप्त
काठमाडौं, असार १८ फ्रान्स जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ। राउण्ड १६ अन्तर्गतको खेलमा फ्रान्सले बेल्जियमलाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो। फ्रान्सको जितमा खेलको ८५औं मिनेटमा राण्डल कोलो मुआनीले प्रहार गरेको बल बेल्जियमका जान भेर्टोन्गहेनलाई लागेर गोल भएको थियो। यो जितपछि फ्रान्स क्वाटरफाइनलमा पुगेको छ र क्वाटरफाइनलमा पोर्चुगल र स्लोभेनियाबीचको विजेतासँग खेल्ने […]
पूरा पढ्नुहोस्
एसइईको मौका परीक्षा साउन २३ गतेदेखि हुने
काठमाडौं, असार १७ माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुरक परीक्षा आगामी साउन २३ गतेदेखि सञ्चालन गरिने भएको छ । आइतबार शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) को बैठकले उक्त निर्णय गरेको हो । यसपालीको मौका परीक्षामा एसईई परीक्षा अनुत्तीर्ण सबैले सहभागी हुन पाउने छन् । गत विहिबार सर्वजनिक भएको एसइईको […]
पूरा पढ्नुहोस्
असार १७ गते सोमवारको वैदिक राशिफल। तपाईको दिन शुभ रहोस् ।
आजमिति २०८१ साल असार १७ गते सोमवार तदअनुसार जुलाई १ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु कृष्ण पक्षको दशमी तिथी, अश्विनी नक्षत्र, । शुकर्मा योग । चन्द्र राशि मेष । यो शुभ योग हो । अभिजित् मुहूर्त: बिहान ११:४० देखि १२:३५ सम्म, • काठमाण्डौंमा सुर्योदय: बिहान ०५:१२ • सुर्यास्त: बेलुका ०७: ०३ बजे […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौं, असार १७ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया […]
पूरा पढ्नुहोस्




