Monday, October 19

Author: Sarbatra Khabar

आज सुनको भाउ दुई सय रुपैयाँले बढ्यो

काठमाडौं, कार्तिक १७  आज सुनको भाउ  दुई सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा एक लाख १५ हजार ९ सय रुपैयाँमा पुगेको छ । हिजो तोलामा एक लाख १५ हजार सात सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने १५ रुपैयाँले घटेको छ ।चाँदी आज तोलामा एक हजार तीन सय ९० रुपैयाँमा कारोबार […]

पूरा पढ्नुहोस्

दश वर्षपछि नेपाल टी-२० विश्वकपमा छनोट

काठमाडौं, कार्तिक १७ नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी मेन्स टी–२० विश्वकपमा छनोट भएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (युएई)लाई आठ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा छनोट भएको हो । यूएईले दिएको एक सय ३५ रनका लक्ष्य नेपालले १७ दशमलव एक ओभरमा २ विकेटको क्षतिमा पूरा ग¥यो […]

पूरा पढ्नुहोस्

नेपालको अर्थतन्त्र सकारात्मक बाटोमा : अर्थमन्त्री महत

काठमाडौं, कार्तिक १७ अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको अर्थतन्त्र सकारात्मक बाटोतर्फ गइरहेको बताउनुभएको छ । हिजो बिहीवार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अर्थमन्त्री महतले अर्थतन्त्र सकारात्मक बाटोतर्फ गइरहेको बताउनुभएको हो। उहाँले अर्थतन्त्र धराशायी भयो भन्ने प्रचार सही नभएको बताउनुभयो । उहाँले अब ब्याजदर घट्ने बताउनुभयो । त्यस्तै जग्गाको कारोबार बढिरहेको, पर्यटक र रेमिट्यान्स पनि बढिरहेको बताउनुभयो […]

पूरा पढ्नुहोस्

नेपालले आज युएईसँग खेल्दै : टि–ट्वेन्टी विश्वकप क्रिकेट

काठमाडौं, कार्तिक १७ विश्वकप प्रवेशका लागि नेपालले आज युएईसँग खेल्दैछ। खेल मुलपानी मैदानमा बिहान ११ बजे हुनेछ। यो खेलको विजेताले अर्को वर्ष अमेरिका र वेष्टइण्डिजमा हुने ट्वेन्टी ट्वेन्टी विश्वकपमा स्थान बनाउने छ। आइसीसी टी ट्वेन्टी विश्वकप छनोटको सबैभन्दा महत्वपूर्ण खेलअघि नेपाल बिहिबार ओमानसँग पराजित भयो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल ओमानलाई हराउँदै सेमिफाइनलमा सहज प्रतिद्वन्द्वी […]

पूरा पढ्नुहोस्

यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना

काठमाडौं, कार्तिक १७ मौसम पुर्वानुमान महाशाखाले पहाडी भू–भागमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको अनुमान गरेको हो। बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा छ। कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति देशको पहाडी भूभागमा आंशिक बदली […]

पूरा पढ्नुहोस्

आजबाट चालु संसदको अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

काठमाडौं, कार्तिक १६ सरकारले बिहीवार राति १२ बजेबाट चालु संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मन्त्रीपरिषद्को बैठकले आज राति १२ बजेबाट चालु संसदको अधिवेशन अन्त्य गर्ने नर्णय गरेको बताउनु भयो ।

पूरा पढ्नुहोस्

भरतपुर भ्रमण वर्ष २०२४ सफल बनाउन पत्रकारसँग छलफल

चितवन, कार्तिक १६ भरतपुर महानगरपालिकाले भ्रमण वर्ष २०२४ लाई सफल बनाउन पत्रकारहरुसँग छलफल गरेको छ । महानगर कार्यालयमा  एक कार्यक्रमको आयोजना गरी छलफल गरिएको हो । सो अवसरमा महानगर प्रमुख रेनु दाहालले भ्रमण वर्षको तयारी अघि बढेको जानकारी दिनुभयो । प्रमुखको संयोजकत्वमा २ हजार २४ सदस्यीय मूल समिति बन्दै गरेको सो अवसरमा जानकारी गराईएको थियो […]

पूरा पढ्नुहोस्

सरकारी कार्यालय आजदेखि माघ १५ गते ४ बजेसम्म मात्रै खुल्ने

काठमाडौं, कार्तिक १६ देशभरका सबै सरकारी कार्यालय आजदेखि अपरान्ह ४ बजे नै बन्द हुने भएका छन्। सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार कात्तिक १६ अर्थात् आजदेखि माघ १५ गतेसम्म नेपाल राज्यभरका सबै सरकारी कार्यालय बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्रै खुल्नेछन्। यो अवधिमा शुक्रबारको दिन भने ३ बजे नै कार्यालय बन्द हुने गृह मन्त्रालयले […]

पूरा पढ्नुहोस्

टि–ट्वेन्टी विश्वकप छनौट क्रिकेट : नेपालले आज ओमानसँग खेल्दै

काठमाडौं, कार्तिक १६ आईसीसी टी-२० विश्वकप छनोटमा नेपालले आज ओमानसँग खेल्दै छ। खेल बिहान ९ बजे टीयू क्रिकेट मैदानमा सुरु हुनेछ। समूह एमा रहेका दुवै टिम सेमिफाइनल प्रवेश गरिसकेका छन्। यो खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ। समूहका अघिल्ला खेलमा दुबै टोलीले सिंगापुर र मसेसियालाई पराजित गरेका थिए। टी-२० आईमा नेपाल र ओमानबीच चार […]

पूरा पढ्नुहोस्

आजको मौसम यस्तो रहनेछ

काठमाडौं, कार्तिक १६ अहिले बिहान पहाडी भू–भागमा आंशिक बदली छ। बाँकी भू–भागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित सामान्य वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना समेत छ। […]

पूरा पढ्नुहोस्