Author: Sarbatra Khabar
दसैंको मुख्य दिन आज विजयादशमी, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइँदै
काठमाडौं, कार्तिक ७ आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले […]
पूरा पढ्नुहोस्
नेता झलनाथ खनाल स्वदेश फिर्ता
काठमाडौं, कार्तिक ७ पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल स्वदेश फर्कनुभएको छ । चीनले बेइजिङमा आयोजना गरेको अन्तर्राष्ट्रिय सहकार्यका लागि तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) मा सहभागी भएर उहाँ आज स्वदेश फर्कनुभएको नेकपा एकीकृत समाजवादीको केन्द्रीय विदेश विभाग सचिव डा शङ्कर खतिवडाले जानकारी दिनुभयो । गत हप्ता चीन जानुभएका पूर्व प्रधानमन्त्री […]
पूरा पढ्नुहोस्
टि २० अन्तर्राष्टिय क्रिकेट प्रतियोगिता : नेपाल ५ विकेटले विजयी
काठमाडौं, कार्तिक ७ काठमाडौंमा जारी त्रिकोणात्मक टि२० अन्तर्राष्टिय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) पाँच विकेटले पराजित गरेको छ । युएईले जितका लागि दिएको १६५ रनको लक्ष्य नेपालले १९ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्यो ।
पूरा पढ्नुहोस्
आज राष्ट्रपति पौडेलले विशिष्टदेखि सर्वसाधारणलाई टीका लगाइदिने
काठमाडौं, कार्तिक ७ राष्ट्रपति रामचन्द्र पौडेलले आज सर्वसाधारणलाई दशैंको टीका लगाइदिनु हुने भएको छ । आज कात्तिक ७ गते मंगलवार विजया दशमीका दिन राष्ट्रपति पौडेलले विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिने राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयले विशिष्ट र सर्वसाधारणका लागि छुट्टाछुट्टै समयको व्यवस्थापन गरेर टीका प्रसाद ग्रहणको व्यवस्था मिलाएको छ। राष्ट्रपति कार्यालयका अनुसार […]
पूरा पढ्नुहोस्
आज मौसम समान्यतया सफा रहने : मौसम पूर्वानुमान
काठमाडौं, कार्तिक ६ जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी वायुको आंशिक प्रभाव रहेको भए पनि सामान्यतया मौसम सफा रहने जनाएको छ । आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागमा एक/दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ […]
पूरा पढ्नुहोस्
देशभरका बालबालिकालाई कार्तिक १७ र १८ गते “भिटामिन ए”खुवाइदै
काठमाडौं, कार्तिक ६ यो वर्षको राष्ट्रिय “भिटामिन ए” कार्यक्रम आगामी कार्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ। मन्त्रालयले उक्त दिन नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकाहरुलाई भिटामिन ए र १ वर्ष देखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई जुकाको औषधी खुवाउने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या […]
पूरा पढ्नुहोस्
त्रिकोणात्मक टी–२० क्रिकेट : आज नेपाल र यूएई खेल्दै
काठमाडौं, कार्तिक ६ त्रिकोणात्मक टी-ट्वान्टी आई सिरिजमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल बिहान ११ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ। जारी सिरिजमा अपराजित नेपाल एक खेल अगावै फाइनल पुगिसकेको छ। नेपालले आफ्नो पहिलो खेलमा यूएईलाई ७ विकेटले पराजित गरेको थियो भने हङकङलाई क्रमशः ६ विकेट र ७९ रनले पराजित गरेको थियो।
पूरा पढ्नुहोस्
काठमाडौं उपत्यकाका महत्वपूर्ण शक्तिपीठहरुको राष्ट्रपतिद्वारा दर्शन
काठमाडौं, कार्तिक ५ राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं उपत्यकाका महत्वपूर्ण शक्तिपीठहरुको दर्शन गर्नुभएको छ । आइतबार राष्ट्रपति पौडेलले काठमाडौंको नक्शाल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, संकटा, नरदेवी पुगेर पूजा आराधना र दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गर्नुभएको हो । दशैंका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखको हैसियतमा उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रही […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० कार्तिक ५ गतेदेखी कार्तिक ११ गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । ईमान्दारिता तथा लगनशिलताको उच्च मुल्याङकन हुनेछ । पढाइ लेखाइमा मन जाने तथा नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो हुनेछ […]
पूरा पढ्नुहोस्
प्रहरीमा इन्पेक्टर र असईमा जागिर खुल्यो
काठमाडौं, कार्तिक ५ नेपाल प्रहरीमा ३ सय ५६ जनाका लागि जागिर खुलेको छ। नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्सपेक्टर) मा ९६ जना र प्रहरी सहायक निरीक्षक (असई) पदमा २ सय ६० जनाका लागि भर्ना खुलेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। कात्तिक १९ गतेदेखि मंसिर २९ गतेसम्म दरखास्त फारम भर्न सकिने सूचनामा उल्लेख छ। प्रहरी निरीक्षक पदका […]
पूरा पढ्नुहोस्




