Author: Sarbatra Khabar
देशलाई कमिसन र भ्रष्टाचारले बर्बाद बनायो : गृहमन्त्री श्रेष्ठ
काठमाडौं, साउन १३ उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले सुशासनलाई पहिलो शर्त बनाएको दाबी गर्नुभएकाे छ । शनिबार गोकर्णेश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबर्द्धनलाई पहिलो शर्त बनाएर सरकारले काम गरिरहेकाे दाबी गर्नुभयाे । मुलुकमा सुशासन कायम गर्न सरकारले चालेको भ्रष्टाचार विरुद्धको अभियानमा सबैको साथ चाहिने उहाँले बताउनुभयाे ।
पूरा पढ्नुहोस्
नेपाल बाघको संरक्षणमा अग्रणी मुलुक : प्रधानमन्त्री दाहाल
काठमाडौं, साउन १३ प्रधानमन्त्री पुष्पकमल दाहालले बाघलगायत दुर्लभ वन्यजन्तुका प्रजाति संरक्षणमा नेपालले अग्रणी राष्ट्रका रूपमा विश्वभर पहिचान राख्न सफल भएको बताउनु भएको छ । विश्व बाघ दिवसका अवसरमा शनिबार शुभकामना दिँदै उहाँले नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य लिएकामा सो लक्ष्य निर्धारित अवधि अगावै पूरा भएकामा सबैप्रति बधाई ज्ञापन गर्नुभएको हाे । […]
पूरा पढ्नुहोस्
अङ्कुरम् एकेडेमी र एसजीआइएसबीचको ‘इन्डो-नेपा कल्चरल एक्स्चेन्ज प्रोग्राम’ सम्पन्न
चितवन, साउन १२ चितवनको भरतपुर-७ स्थित अङ्कुरम् एकेडेमी र संजय गोदावत् इन्टरनेशनल स्कूल भारतबीच `इन्डो-नेपा कल्चरल एक्स्चेन्ज प्रोग्राम’ सम्पन्न भएको छ । भारतको महाराष्ट्रमा दश दिनसम्म चलेको साँस्कृतिक सहकार्य साझेदारी कार्यक्रम अन्तर्गत नेपाल र भारतका साँस्कृतिक विविधता झल्कने भेषभूषा, गायन, नृत्य तथा आ-आफ्नो माटो चिनाउने सांगीतिक प्रस्तुतिहरु बेजोड रुपमा प्रस्तुत गरिएको प्राचार्य सुमन पौडेलले जानकारी […]
पूरा पढ्नुहोस्
अर्थ मन्त्रालयले बनायो लघुवित्त पीडितसँग वार्ता गर्न वार्ता समिति
काठमाडौं, साउन १२ सरकारले आन्दोलनरत लघुवित्त पीडितहरुसँग छलफल गर्न वार्ता समिति गठन गरेको छ । अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख सहसचिव भुपाल बरालको संयोजकत्वमा बिहीबार वार्ता समिति गठन गरेको हो । वार्ता समितिमा गृह मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा नेपाल राष्ट्र बैंकका प्रतिनिधि रहेको अर्थमन्त्रालयले जनाएको छ […]
पूरा पढ्नुहोस्
मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पुनः पारित
काडमाडौं, साउन १२ राष्ट्रिय सभाबाट मिटरब्याज सम्बन्धी ‘मुलुकी संहीता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रिय सभाबाट पुनः पारित भएको छ । हिजो बिहीवार बसेको राष्ट्रिय सभाको बैठकले सभाका सचिव डा. सुरेन्द्र अर्यालले टेबुल गरेको विधेयक सर्वसम्मत पारित भएको हो । सो विधेयक राष्ट्रियसभामै उत्पत्ति र पारित भएको थियो भने प्रतिनिधि सभाले […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कनुहुँदै
काठमाडौं, साउन १२ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटालीको भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कँदै हुनुहुन्छ । संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ यही साउन ६ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले ‘फुड सिस्टम समिट’लाई सम्बोधन गर्दै […]
पूरा पढ्नुहोस्
मौसम पूर्वानुमान : पाँच प्रदेशमा आज भारी वर्षाको सम्भावना
काठमाडौँ, साउन १२ हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी र बागमती प्रदेशका थोरै स्थानहरूका साथै गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै, मौसम पूर्वानुमान महाशाखा अनुसार शुक्रबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, गण्डकी, लुम्बिनी […]
पूरा पढ्नुहोस्
यही साउन १३ गते ‘प्रथम गैंडाकोट साईकिलिङ्ग प्रतियोगिता २०८०’ हुने
गैंडाकोट, साउन ११ लियो क्लव अफ गैंडाकोट मौलाकालिका एवं नगर युवा सञ्जाल गैंडाकोटको आयोजनामा ‘प्रथम गैंडाकोट साईकिलिङ्ग प्रतियोगिता २०८०’ हुने भएको छ । आज विहिवार गैंडाकोट नगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । क्लवका पूर्व अध्यक्ष प्रदिप सापकोटाले समाजलाई अग्रगतिमा लैजान युवाहरुको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । प्रतियोगिताले युवाहरूको शक्ति समाजमा खर्चिन उर्जा […]
पूरा पढ्नुहोस्
आगामी असोज २ मा कांग्रेस केन्द्रीय समितिको अर्को बैठक बस्ने
काठमाडौं, साउन ११ नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको अर्को बैठक आगामी असोज २ गते बस्ने भएको छ। पार्टी सभापति शेरबहादुर देउवाले साउन २ देखि जारी केन्द्रीय समिति बैठकका निर्णय पारित गर्दै अर्को बैठक असोज २ गते बस्ने जानकारी दिए। कांग्रेसको विधानमा बैठक २ महिनामा बस्नुपर्ने व्यवस्था छ।
पूरा पढ्नुहोस्
चितवनमा ‘एक्सपर्ट फुटसल फेस्टा–२०२३’ हुने
चितवन, साउन ११ युवा विद्यार्थीहरुलाई लक्षित गर्दै चितवनको भरतपुरमा अन्तर माध्यमिक विद्यालय (९–१२) स्तरीय ‘एक्सपर्ट फुटसल फेस्टा–२०२३’ हुने भएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लि.चितवनको सहकार्यमा चितवन जिल्ला फुटबल संघको आयोजनामा दुई दिने प्रतियोगिता आयोजना हुन लागेको हो । चितवन जिल्ला फुटबल संघले हिजो (बुधबार) प्रेस विज्ञप्ती जारी गर्दै यही साउन २० र […]
पूरा पढ्नुहोस्




