Monday, October 12

आर्थिक

११४ अङ्कले बढ्यो नेप्से, ७ अर्ब ६१ करोडको कारोबार

काठमाडौँ, असोज १५ नेप्सेमा आज ११४ अङ्कको वृद्धि भएको छ । मंगलबार नेप्से ११४.७० अङ्कले बढेर २६२३.५६ विन्दुमा रोकिएको हो । आज ३०७ कम्पनिको कारोबार हुदा एक करोड ७५ लाख ७ हजार ५५५ कित्ता शेयर ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार २५८ को खरिद बिक्री भएको छ । नेप्सेका अनुसार आज १८ कम्पनिको […]

पूरा पढ्नुहोस्

दाउन्ने सडक आजराती बन्द हुने

काठमाडौँ, असोज १५ नारायणघाट बुटवल सडक खण्ड अन्तर्गत दाउन्ने सडक आजराती बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले एक सूचना जारी गर्दै सोमबार भासिएको सडक मर्मत गर्न आजराती १० बजेदेखि भोलि बिहान ५ बजेसम्म बन्द हुने जानकारी दिएको हो । प्रशासनले भनेको छ- ‘दाउन्ने जंगलको खुर्साने खोलास्थित पूर्व-पश्चिम राजमार्गको […]

पूरा पढ्नुहोस्

नेप्सेमा ४४ अङ्कको वृद्धि, ३ अर्ब ७१ करोडको कारोबार

काठमाडौँ, असोज १४ नेप्सेमा आज ४४ अङ्कको वृद्धि भएको छ । सोमबार नेप्से ४४.४५ अङ्कले बढेर २५०८.८६ विन्दुमा रोकिएको हो । आज ३१९ कम्पनिको कारोबार हुदा ९७ लाख १७ हजार ९५९ कित्ता शेयर ३ अर्ब ७१ करोड ५३ लाख ५९ हजार ९३५ को खरिद बिक्री भएको छ । नेप्सेका अनुसार आज सिइडीबी हाइड्रोको शेयर मुल्यमा […]

पूरा पढ्नुहोस्

निगमले इन्धनको मुल्य घटायो

काठमाडौँ, असोज १४ नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टीतेल तथा हवाई इन्धनको मूल्य घटाइएको हो । सोमबार राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा एक, डिजेल र मट्टीतेलमा २-२, हवाई इन्धनमा आन्तरिकमा ६ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५, मट्टीतेलमा दुई रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ । […]

पूरा पढ्नुहोस्

काडा अटो एक्स्पो २०८१ को तयारी अन्तिम चरणमा

चितवन, असोज १४ चितवनमा पहिलोपटक हुन लागेको ‘काडा अटो शो’को तयारी अन्तिम चरणमा पुगेको छ । चितवन उद्योग संघले आयोजना गर्न लागेको पर्व मेला २०८१ अन्तर्गत चितवन अटोमोबाइल डिलर्स एशोसियसनको सहकार्यमा हुन लागेको ‘काडा अटो शो २०८१’ को तयारी अन्तिम चरणमा पुगेको आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको छ । असोज १६ गतेदेखि […]

पूरा पढ्नुहोस्

सुनिता र बुचलाई फिर्ता ल्याउन ‘ड्रागन’ अन्तरिक्षमा पुग्यो, फेब्रुअरीमा फर्किने

काठमाडौँ, असोज १४ अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा फसेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई फिर्ता ल्याउने अन्तरिक्ष यान आईएसएस पुगेको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले स्पेसएक्सको रकेटले ड्र्यागन अन्तरिक्ष यानलाई आईएसएसमा पुर्‍याउन मद्दत गरेको र त्यससँग सफलतापूर्वक जडान भएको पुष्टि गरेको छ । यस अन्तरिक्ष यानबाट दुई अन्तरिक्ष यात्री आईएसएस पुगेका छन्, […]

पूरा पढ्नुहोस्

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ, असोज १४ बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको छ । आइतबारदेखि गृह मन्त्रालयको अनुरोधमा नेपाली सेनाको हेलिकप्टरले काभ्रेपलाञ्चोकको बढी प्रभावित क्षेत्र रोशी गाउँपालिका लगायत विभिन्न प्रभावित क्षेत्रमा उद्दारका लागि हेलिकप्टर परिचालित रहेको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले जानकारी दिए […]

पूरा पढ्नुहोस्

घर गुमाएका परिवारलाई अस्थायी आवासका लागि तत्काल पहिलो किस्ता अनुदान दिइने

काठमाडौँ, असोज १४ सरकारले विषद्मा घरबास गुमाएका परिवारहरूको अस्थायी आवास निर्माणका लागि तत्काल पहिलो किस्ता अनुदान रकम उपलब्ध गराउने भएको छ । गृहमन्त्री रमेश लेखकको नेतृत्वमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठकले सात दिनभित्र लाभग्राही पहिचान गरी तीन दिनभित्र अस्थायी आवास निर्माण अनुदान सम्बन्धी मापदण्ड, २०८१ बमोजिमको अनुदान रकमको पहिलो किस्ता उपलब्ध गराउने […]

पूरा पढ्नुहोस्

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ, असोज १४ सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि आइतबार सुनको मूल्य एक लाख ६० हजार ६ सयमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । […]

पूरा पढ्नुहोस्

कोशी ब्यारेजमा ६ लाख क्युसेक जलसतह मापन, पुलमा यातायात बन्द

सुनसरी, असोज १२ सप्तकोशी नदीको जलसतह बढेसँगै कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ । शनिबार राति साढे ९ बजेको अपडेट अनुसार सप्तकोशीमा ६ लाख क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको छ । पानीको सतहले पुललाई नाघेपछि सतर्कता अपनाउदै सबै सवारी साधनलाई समेत पुलबाट हिड्न रोकिएको छ । अहिले पनि पानीको सतह बढिरहेको र यो […]

पूरा पढ्नुहोस्