Thursday, October 15

आर्थिक

अमेरिकी डलरकाे भाउ घट्याे, कुन मुद्रा कतिमा हुँदैछ काराेबार

काठमाडौं, साउन ११ नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । शुक्रबार अमेरिकी डलरको भाउ ०४ पैसाले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी १ डलरको खरिददर […]

पूरा पढ्नुहोस्

मौद्रिक नीति सार्बजनिक (पूर्णपाठ)

काठमाडौं, साउन ११ नेपाल राष्ट्रबैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्बजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्बजनिक गरेका हुन् । त्यसअघि राष्ट्रबैंकको संचालक समितिले मौद्रिक नीति स्वीकृत गरेको थियो । गभर्नर अधिकारीले अर्थतन्त्रमा विदेशी मुद्राको संचिति बढेको र वित्तीय संस्थाहरुमा तरलता बढेकाले ब्याजदर घटदोक्रममा रहेको बताएका छन् । उनले देशको वर्तमान […]

पूरा पढ्नुहोस्

नेप्से ३२ अंकले बढ्यो

काठमाडौं, साउन १० नेप्से परिसूचक ३२ अंकले बढेको छ । विहिबार नेप्से ३२ अंकले बढेर २५६८.११ को विन्दुमा पुगेको छ । नेप्सेका अनुसार विहिबार १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार ४९ रुपैयाँको कारोबार भएको छ । आज ३२० कम्पनीको ३ करोड ५५ लाख ९४ हजार ८६८ कित्ता शेयर एक लाख ५९ हजार ७५७ […]

पूरा पढ्नुहोस्

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १३४ जनाको मृत्यु

काठमाडौं, साउन १० अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बिहीबार दिउँसोसम्म १ सय ३४ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २५ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी […]

पूरा पढ्नुहोस्

भरतपुरको बोस्टन कलेजमा ‘बिएचएम’ कोर्स सुरु

चितवन, साउन १० भरतपुरको बोस्टन इन्टरनेसनल कलेजले ब्याचलर अफ होटेल म्यानेजमेन्ट (बिएचएम) कोर्स सुरु गरेको छ ।बिबिए, बिबिए–फाइनान्स, बिसिएस आइटी र एमबिएमा गोल्डमेडलिस्टसहितको उत्कृष्ट नजिता दिँदै आएको बोस्टन इन्टरनेसनल कलेजले बिएचएम कोर्स पनि सुरु गरेको हो । पोखरा विश्वविद्यालयमा सम्बन्धनप्राप्त बोस्टनले १५ वर्षदेखि अध्यापन गराउँदै आएको छ । बोस्टन कलेजका अध्यक्ष आनन्दबहादुर चन्दले अर्थतन्त्रको मुख्य आधार पर्यटनलाई सघाउ पुर्‍याउने […]

पूरा पढ्नुहोस्

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

काठमाडौं, साउन ९ नेपालको राहदानीको विश्व वरियतामा सुधार आएको छ । विश्वका राहदानी र्‍याङ्किङ संस्था हेन्ले एन्ड पार्टनर्सले जारी गरेको २०२४ को विश्वको सबैभन्दा शक्तिशाली राहदानीको वरीयता सूचीमा नेपालको राहादानी ९८औं स्थानमा रहेको छ । यसअघि नेपालको राहदानी ३८ अंक सहित १०३ स्थानमा रहेको थियो । यस बर्ष नेपाल ३९ (अर्थात ३९ देशमा अग्रिम भिसा लिनु […]

पूरा पढ्नुहोस्

मदन पुरस्कारका लागि पाँच कृति छनौट

काठमाडौं, साउन ९ मदन पुरस्कार २०८० को लागि पाँच कृतिको छनौट गरिएको छ । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८०’ का लागि भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको नुन-तेल,  भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि, मोहन मैनालीको मुकाम रणमैदान र  रोशन थापा ‘नीरव’ को सन्त्रासका साठी दिन कृतिहरू छनौट गरेको जानकारी दिएको छ । यी मध्ये […]

पूरा पढ्नुहोस्

बुटवल–पाल्पा सडकखण्ड भासिएपछि राति बन्द गरेर निर्माण गरिदै

बुटवल, साउन ९ बुटवल–पाल्पा सडकखण्डको हिउँदे खोला नजिकै सडक भासिएपछि बुधबार राति बन्द गरेर मर्मत गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले तिनाउ गाउँपालिका ५ हिउँदेखोलामा निरन्तरको वर्षाले सडक भासिएपछि बुधबार राती ९ बजेदेखि अर्कोदिन बिहान ६ बजेसम्म सडक बन्द गरेर मर्मत गरिने भएको छ । उक्त स्थानमा झन्डै ६० मिटर सडक भासिएको छ […]

पूरा पढ्नुहोस्

६ वटा उद्योगको विद्युत लाइन जोडिदिने प्राधिकरणको निर्णय

काठमाडौं, साउन ९ डेडिकेटेड र ट्रंक लाइन विवादमा ६ वटा उद्योगमा काटिएको बिजुली नेपाल विद्युत् प्राधिकरणले जोडिदिने भएको छ । बिजुली महसुल विवादमा प्राधिकरणले २५ असारदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ उद्योगको लाइन काटेको थियो । मंगलबार बसेको विद्युत् प्राधिकरणको बोर्ड बैठकले ती उद्योगहरूमा […]

पूरा पढ्नुहोस्

बागमतीको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त

काठमाडौं, साउन ८ बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख यादव चन्द्र शर्माले लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । लामाले आज नै बागमतीको मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । उनलाई कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ जना सांसदको समर्थन रहेको छ । मुख्यमन्त्री लामाले भोलि बिहान ११ बजे पद […]

पूरा पढ्नुहोस्