Thursday, October 15

आर्थिक

न्यूरोडको फुटपाथ विस्तारमा स्थानीयको अवरोध

काठमाडौं, साउन ४ अदालतको आदेशपछि शुरु भएको काठमाडौँको न्यूरोडको फुटपाथ विस्तारको काममा स्थानीयले विरोध गरेका छन् । महानगरपालिकाले फुटपाथ फराकिलो गरिरहेको बेला शुक्रबार बिहानदेखि स्थानीयले विरोध गरेर काममा अवरोध गरेका छन् । यसअघि पाटन उच्च अदालतको आदेशपछि महानगरले बुधबार बिहानदेखि फुटपाथ विस्तारको काम अगाडी बढाएको थियो । त्यस्तै यसअघि फुटपाथ विस्तारको काममा डिभिजन सडक कार्यालय, काठमाडौँले […]

पूरा पढ्नुहोस्

फिल्म ‘मोदीबेनी’ को ट्रेलर सार्वजनिक

काठमाडौं, साउन ४ साउन १८ गते रिलिज हुने फिल्म ‘मोदीबेनी’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा वर्षा शिवाकोटी, अमर प्रताप श्रेष्ठ र प्रवीण खतिवडा लगायतका कलाकारको अभिनय रहेको छ । ट्रेलर त्रिकोणात्मक प्रेम कथावरिपरि घुमेको छ । यो पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित छ । यस फिल्ममार्फत अमरले डेब्यु गर्दैछन् […]

पूरा पढ्नुहोस्

नयाँ बानेश्वर चोकमा गुडिरहेको बसबाट धुवाँको मुस्लो

काठमाडौं, साउन ४ नयाँ बानेश्वर चोकमा गुडिरहेको बसबाट धुवाँको मुस्लो निस्केको छ । भक्तपुरबाट काठमाडौँतर्फ आइरहेको प्रदेश ३ ०१  ००५ -ख ९५५४ नम्बरको सार्वजनिक यात्रु बस बानेश्वर चोकमा गुडिरहेको अवस्थामा बसबाट धुवाँको मुस्लो निस्केको हो । धुवाँ निस्केको देखेपछि यात्रुहरू सबै झारेर आगो निभाइएको प्रहरीले जनाएको छ । समयमै इन्जनमा आगो निभाएपछि सम्भावित ठुलो दुर्घटनाबाट […]

पूरा पढ्नुहोस्

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२५ जनाको मृत्यु

काठमाडौं, साउन ३ अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बिहीबार दिउँसोसम्म १ सय २५ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा २० जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी […]

पूरा पढ्नुहोस्

चन्द्रागिरी केवलकारमा फसेका सबै यात्रुको सकुशल उद्धार

काठमाडौं, साउन २ चन्द्रागिरी केवलकारमा अड्किएका सबै यात्रुको सकुसल उद्धार गरिएको छ । बुधबार दिउँसो करिब साढे १२ बजेतिर अचानक विद्युत सेवा अवरुद्ध भएपछि झण्डै ७० जनाजति यात्रु केवलकारमा अड्किएका थिए । स्टेसन नजिक रहेका ८ जना यात्रुको भर्‍याङ लगाएर उद्धार गरिएको र अन्यको केवलकारबाटै उद्धार गरिएको प्रहरीले जनाएको छ ।

पूरा पढ्नुहोस्

रेलमार्गको सर्भे टोलीको गाडीमा चितवनका स्‍थानीयले गरे आगजनी

चितवन, साउन २ चितवनमा रेलमार्गको सर्भे गर्न पुगेको टोलीको गाडीमा स्‍थानीयले आगजनी गरेका छन् । बुधबार भरतपुर महानगर- ७ मा पुगेको आरएच कन्सल्टेन्सीको गाडीलाई स्‍थानीयले नियन्त्रणमा लिएर प्रहरीकै अगाडि आगजनी गरेका थिए । गाडीमा लागेको आगो भरतपुर महानगरपालिकाको दमकलले निभाएको थियो । उनीहरुले रेलमार्गको गुगल म्याप सर्भे गर्न आएको स्थानीयलाई बताएको रेल मार्ग पीडित संघर्ष […]

पूरा पढ्नुहोस्

नेप्सेमा ५४ अंकको उच्च बृद्धि, १२ अर्बको कारोबार

काठमाडौं, साउन २ नेप्सेमा उच्च वृद्धि भएको छ । बुधबार नेप्से ५४.०४ अंकले बढेर २३६४.६३ अङ्कमा पुगेको हो । आज ३०६ कम्पनीको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता शेयर एक लाख ४९ हजार ६८१ पटक खरिदबिक्री हुँदा १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार ११३ बराबरको कारोबार भएको छ। आज सेन्ट्रल फाइनान्सको […]

पूरा पढ्नुहोस्

अक्षयकुमारको सरफिरा बक्स अफिसमा असफल

काठमाडौं, साउन १  बलिवुडका सुपरस्टार अभिनेता अक्षय कुमारका फिल्मले पछिल्लो समयमा बक्स अफिसमा सफलता पाउन सकेका छैनन् । अहिले रिलिज भएको फिल्म सरफिरा बक्स अफिसमा असफल भएपछि अक्षयको समस्या बढेको छ । हरेक बर्ष कम्तिमा चार फिल्म रिलिज गर्ने अक्षय कुमारका पछिल्ला फिल्म लगतार असफल भएको समयमा सरफिराबाट उनले विशेष आशा राखेका थिए । तर […]

पूरा पढ्नुहोस्

के पृथ्वीको भित्री भाग विपरीत दिशामा घुम्न थालेको छ ?

काठमाडौं, साउन १  पछिल्ला केही वर्षहरूमा पृथ्वीको सतह र अन्तरिक्षका बारेमा धेरै अनुसन्धानहरू भएका छन् । प्रविधिको यो आधुनिक युगमा चन्द्रमा र मंगल ग्रहमा मानिस बस्ने कुरा त भइरहन्छ तर पृथ्वीको मूल (भित्री भाग) बारे धेरै कुराहरू विज्ञानको नसुल्झिएको रहस्य नै रहेको छ । यो किनभने पृथ्वीको केन्द्र बिन्दु लगभग ५ हजार किमी छ । […]

पूरा पढ्नुहोस्

नेप्सेमा हरियाली, ७० अंकले बढ्यो

काठमाडौं, साउन १  नेप्सेमा आज हरियाली छाएको छ । आज एकैदिन नेप्से ७०.१८ अंकले बढेर २३१०.५९ अङ्कमा रोकिएको हो । नयाँ अर्थमन्त्री विष्णु पौडेलले पदभार सम्हालेको दिन सोमबार घटेको नेप्सेले मंगलबार भने ठुलो अंकले बढेको छ । आज ३१५ कम्पनीको दुई करोड ५८ लाख ३६ हजार २८५ कित्ता शेयर एक लाख १९ हजार ११ पटक […]

पूरा पढ्नुहोस्