Thursday, October 15

आर्थिक

रौतहटमा पाँच लाख बढीको अबैध सामान बरामद

रौतहट, असार २५ रौतहट जिल्लाको बिभिन्न स्थानबाट प्रहरीले ५ लाख रुपैयाँ भन्दा बढीको अबैध भारतीय सामानहरू बरामद गरेको छ। तस्करहरुले भारतीय बजारबाट खरीद गरी चोटिलुकी भन्सार छलेर बिभिन्न नाका हुँदै भित्र्याएको उक्त सामानहरू बरामद गरेको हो। जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीका अनुसार १ लाख ९६ हजार बराबरको चाँदीको गहनाहरू,१ लाख ५५ हजार ८ सय […]

पूरा पढ्नुहोस्

राष्ट्रपति पौडेलद्वारा लगानी सहजीकरण सम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं, असार २५ राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएको उक्त विधेयक प्रमाणीकरण गरेका हुन् । राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण भएको बताएकी छन् […]

पूरा पढ्नुहोस्

जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु

काठमाडौं, असार २५ अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी सोमबार दिउँसोसम्म ७४ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा १८ जना, मधेश प्रदेशमा ३ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २२ जना, लुम्बिनी प्रदेशमा १८ […]

पूरा पढ्नुहोस्

गौतमबुद्ध क्रिकेट रंगशालालाई थपियो बजेट

हेटौंडा, असार २५ बागमती प्रदेश सरकारले भरतपुरस्थित निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालालाई करिब २ करोड रुपैयाँ बजेट थपेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्माणाधीन रंगशालाका लागि १ करोड ८० लाख रुपैयाँ रकमान्तर गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठका अनुसार चालु आर्थिक वर्षको लागि उक्त रकम […]

पूरा पढ्नुहोस्

दियालो बंगला दरबार सर्वसाधारणको लागि खुला

चितवन, असार २४ भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा ऐतिहासिक दियालो बंगला दरबार आईतबारदेखि सर्वसाधारणको लागि खुला गरिएको छ । एक कार्यक्रमकाबीच नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक पर्यटनमन्त्री हितबहादुर तामाङले रिबन काटेर सर्वसाधारणको लागि खुला गर्नुभयो ।  विस २०१९ निर्माण भएको यो दरबार नेपाल ट्रष्ट र भरतपुर महानगरको पहलमा सर्वसाधारणको लागि अवलोकन गर्ने व्यवस्था […]

पूरा पढ्नुहोस्

सहकारी ठगिको संसदीय छानबिन विशेष समितिमा गृहसचिव र महानिरीक्षकसँग छलफल

काठमाडौं, असार २२ सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा ‘संसदीय छानबिन विशेष समिति’ ले गृहसचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई छलफलका लागि बोलाएको छ । शुक्रबार बसेको समितिको दशौँ बैठकले गृहसचिव र प्रहरी महानिरीक्षकसँग सहकारीमा भएको बचत ठगि, अहिलेसम्मका अनुसन्धान र कारवाहीको विषयमा छलफल गरेको हो । यस अघि समितिले विहिबार हालेखापरिक्षक तोयम […]

पूरा पढ्नुहोस्

राष्ट्रियसभाबाट पनि पारित भयो बजेट

काठमाडौं, असार २१  राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । शुक्रबार राष्ट्रियसभामा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८१ पारित गरियोस् भनी राखेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संसद्‌मा पेस गरेको बजेट प्रतिनिधिसभामा भने असार ११ नै पारित भएको थियो ।

पूरा पढ्नुहोस्

कृषि विकास बैंक नारायणपुरको सहयोगमा दाङको गढीटाकुरा मन्दिरको पुनःनिर्माण

काठमाडौं, असार २१  कृषि विकास बैंक लि. शाखा कार्यालय नारायणपुर दाङको आयोजनामा घोराही उपमहानगरपालिका वडा नं. १२ स्थित गढी टाकुरा देवस्थल मन्दिर हापुर नारेवाङलाई मन्दिरको पुनः निर्माण एवं पुरातात्विक बस्तुको संरक्षणका लागि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न भएको छ । गढी टाकुरा देवस्थल प्रबन्धक समितिका अध्यक्ष घनश्याम अधिकारीको अध्यक्षता तथा कृषि विकास बैंक लि. का […]

पूरा पढ्नुहोस्

तीस दिनभित्र दोहोरो पद छोड्न सहकारीका सञ्चालकलाई विभागको निर्देशन

काठमाडौं, असार २० सहकारी विभागले एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको सञ्चालक हुन नपाउने भन्दै निर्देशन जारी रहेको छ । विभागले ३० दिनको समय दिएर कोही दोहोरो पदमा रहेको भए त्यसलाई त्यागेर एकल पद कायम गर्न सबै सहकारी संस्थालाई बुधबार निर्देशन दिएको हो । सहकारी ऐन २०७४ को दफा ४१ (५) मा कुनै […]

पूरा पढ्नुहोस्

राजनीतिक दलहरूसँग सुझाव माग्ने सहकारी छानबिन समितिको निर्णय

काठमाडौं, असार १९ सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलहरूलाई समस्या समाधानका लागि सुझावहरू लिखित रूपमा उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको छ । मंगलबार सहकारी छानबिन विशेष समितिले राष्ट्रिय सहकारी महासंघ, बचत तथा ऋण केन्द्रीय सहकारी संघ र राष्ट्रिय सहकारी बैंक लिमिटेडका पदाधिकारीसँगको छलफलपछि यस्तो निर्णय […]

पूरा पढ्नुहोस्