आर्थिक
नेप्सेमा दोहोरो अंकको गिरावट
काठमाडौं, असार ५ हिजो मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । हिजो नेप्से १८.७६ अंकले घटेर २०७६.४९ विन्दुमा कायम भएको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स १ अंकले घटेर ३६७.२० विन्दुमा रोकिएको छ । हिजो ३१८ कम्पनीका ९५ लाख ४४ हजार ७३४ कित्ता सेयर ४ अर्ब ५ करोड ५७ लाख ३७ हजार ८८४ रुपैयाँमा खरिदबिक्री […]
पूरा पढ्नुहोस्
सुनको मूल्य तोलामा ६ सयले घट्यो
काठमाडौं, असार ३ नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन तोलामा १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घटेको […]
पूरा पढ्नुहोस्
भरतपुर महानगरपालिको दियो ४ हजार ५२४ जनालाई निःशुल्क तालिम
चितवन, असार २ भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०८०-०८१ मा ४ हजार ५२४ जनालाई निःशुल्क तालिम दिएको छ । उत्पादनलाई प्राथमिकता दिदै आइरहेको महानगरले वडा र महानगरस्तरीय गरी यस आर्थिक वर्षमा विभिन्न प्रकारको स्वरोजगार सम्बन्धी तालिम दिएको हो । महानगरको रोजगारी शाखाका अनुसार ब्युटी पार्लर, बालबालिकाको क्षमता वृद्धि, महिलाहरुको आन्तरिक क्षमता वृद्धि, बुटिक र पोते बनाउने, […]
पूरा पढ्नुहोस्
आजदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलियो
काठमाडौं, असार १ आजदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिएका छन् । पशुपतिनाथ मन्दिरमा दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ आजदेखि बिहान ४ बजेदेखि नै पशुपतिनाथको चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यसअघि पशुपतिनाथ मन्दिरमा भट्टहरु प्रवेश गरेपछि बिहान ८: ३० बजेपछि […]
पूरा पढ्नुहोस्
बन्दीपुर केबलकार जेठ ३१ गतेबाट व्यावसायिक सञ्चालनमा आउने
दमौली, जेठ ३० तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माण सम्पन्न भएको बन्दीपुर केबलकार यही जेठ ३१गतेबाट व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ । वैशाख १ गतेबाट विधिवत् रूपमा शुभ मुहूर्त तथा वास्तु पूजा गरी आंशिक रूपमा सञ्चालन हुँदै आएको केबलकार ३१ गते बिहावीरदेखि कमर्शियल अपरेसनमा ल्याइने भएको हो । कम्पनीलाई कमर्शियल अप्रेसन टियुभी प्रमाणपत्र प्राप्त भएसँगै […]
पूरा पढ्नुहोस्
रियल ड्रिम्स चितवनले असार १ गते एड्मिसन डे’ गर्दै, विद्यार्थीलाई अफरै अफर
चितवन, जेठ ३० रियल ड्रिम्स एजुकेशन कन्सन्टेन्सी चितवनले जुन १५ अर्थात असार १ गते शनिबार एड्मिसन डे’ गर्ने भएको छ । अध्ययनका लागि युके जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै रियल ड्रिम्सले एड्मिसन डे’ गर्ने भएको हो । एड्मिसन डे भरतपुरस्थित सिजी ल्याण्डमार्कमा रहेको भिभन्ता होटलमा हुने रियल ड्रिम्स चितवनका ब्रान्च म्यानेजर रामबाबु अधिकारीले जानकारी दिनुभयो […]
पूरा पढ्नुहोस्
प्रभु बैंकले राख्यो ६९ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं, जेठ ३० प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको एक लाख ६९ हजार ५३९ कित्ता शेयर बिक्रीमा राखेको हो। यस शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण वा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले १५ दिनभित्र बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।
पूरा पढ्नुहोस्
१२औं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा १० देशका २८ चलचित्र चयन
काठमाडौं, जेठ २९ यही ७ असारबाट ९ असारसम्म काठमाडौंमा आयोजना हुने ‘१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२४’ मा नेपाल सहित १० देशका २८ वटा चलचित्र, बृत्तचित्र तथा लघु चलचित्र चयन भएका छन् । यो महोत्सब बिगत १३ वर्षदेखि आयोजना हुँदै आएको छ । कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र […]
पूरा पढ्नुहोस्
सुनको मूल्य आज पनि स्थिर
काठमाडौं, जेठ २९ नेपाली बजारमा सुनको मूल्य आज पनि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भयेको हो । यस अघि सोमबार पनि सुनको मूल्य १ लाख ४१ हजार रुपैयाँ नै थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० […]
पूरा पढ्नुहोस्
१० महिनामा चालु खाता १९३ अर्ब २५ करोडले बचतमा
काठमाडौं, जेठ २९ चालु आर्थिक बर्षको १० महिनामा चालु खाता १९३ अर्ब २५ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको १० महिनाको आर्थिक तथा वित्तीय स्थितिमा चालु खातामा एक खर्ब ९३ अर्ब २५ करोड रहेको उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.६३ अर्ब ७४ करोडले घाटामा रहेको थियो । […]
पूरा पढ्नुहोस्




