Saturday, October 10

अन्तराष्ट्रिय

बंगलादेशको अन्तरिम सरकारलाई राष्ट्रसंघको स्वागत

ढाका, साउन २९ संयुक्त राष्ट्र संघले बंगलादेशको अन्तरिम सरकारको स्वागत गरेको छ  । राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले बंगलादेशमा अन्तरिम सरकारको समर्थन गर्दै शान्ति पुनर्स्थापना र संसदीय चुनाव आयोजना गर्ने प्रयासको स्वागत गरेको ढाका टि्ब्युनले लेखेकाे छ । महासचिवका उपप्रवक्ता फरहान हकका अनुसार अन्तरिम सरकारले तत्कालै निर्वाचन प्रक्रियामार्फत राजनीतिक दललाई सत्ता हस्तान्तरण गर्नेमा राष्ट्र संघ विश्वस्त […]

पूरा पढ्नुहोस्

मंगल ग्रहको जमिनमुनी भेटियो पानीको ताल

काठमाडौं, साउन २९  नासा मिसनबाट प्राप्त डाटाले मंगल ग्रहको सतह मुनि गहिरो पानीको भूमिगत भण्डारको प्रमाण फेला परेको छ । नयाँ अनुसन्धान पछि नासाका वैज्ञानिकहरूको टोलीले ग्रहको सतहमा महासागर रहेको अनुमान गरिएको छ । मंगल ग्रहको क्रस्टको बीचमा रहेको चट्टानको सानो दरार र छिद्र अध्ययन गर्दा पर्याप्त पानी रहेको अनुमान गरिएको छ। मंगलग्रहको जमिनमुनिको पानी […]

पूरा पढ्नुहोस्

देखिन थाले सडकमा डयुटी छाडेर हिडेका बंगलादेशका ट्राफिक प्रहरी

ढाका, साउन २८ हसिना सरकारको पतन पछिको असुरक्षाका कारण डयुटीबाहिर रहेका ट्राफिक प्रहरी फर्किन थालेका छन । करिब एक साता काम छाडेपछि ट्राफिक प्रहरीले सोमबार बिहानैदेखि राजधानीका विभिन्न सडकमा ड्युटी गर्न थालेको ढाका ट्रिब्युनले जनाएको छ राजधानीका विभिन्न सडकमा ट्राफिक प्रहरीको उपस्थिति रहेको थियो । उसका अनुसार धानमण्डी, शाहबाग, फार्मगेट, खमरबारी, कारवान बजार, शान्तिनगर, मालीबागलगायत क्षेत्रमा […]

पूरा पढ्नुहोस्

‘तनु वेड्स मनु–३’ बनाउने सोचमा निर्देशक, कंगना हुने नहुने छै टुंगो

मुम्बई, साउन २५ प्रायः जब कुनै फिल्मको सिक्वेल वा दोस्रो भाग आउँछ, दर्शकको ध्यान आकर्षित गर्न असफल हुन्छ। तर, २०११ मा रिलिज भएको ‘तनु वेड्स मनु’ ती फिल्म मध्येको एक हो, जसको सिक्वेलले पनि फ्यानहरुको मन जितेको थियो । त्यसैबेला दर्शकको ध्यान तेस्रो भाग आउँछ कि आउँदैन भन्नेमा केन्द्रित भयो । आनन्द एल द्वारा निर्देशित यस […]

पूरा पढ्नुहोस्

जापानमा ७.१ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी

काठमाडौँ, साउन २४ जापानमा ७.१ रेक्टर स्केलको भूकम्प गएको छ ।  भूकम्पको केन्द्रविन्दु जापानको क्युसु सहरको जमिनबाट करिब ८.८ किलोमिटर तल रहेको जापान टाइम्सले उल्लेख गरेको छ । बिहीबार दिउँसो दक्षिणी क्युसुमा गएको भूकम्पपछि क्युशुको पूर्वी र दक्षिणी तट र शिकोकुको दक्षिणी तटमा सुनामीको चेतावनी दिएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ । भूकम्पको क्षति […]

पूरा पढ्नुहोस्

नोबेल पुरस्कार विजेता युनुस बंगलादेशको अन्तरिम सरकार प्रमुख नियुक्त

काठमाडौँ, साउन २३ बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा डा. मोहम्मद युनुस नियुक्त भएका छन् नोबेल पुरस्कार विजेता युनुसलाई राष्ट्रपति मोहम्मद शहाबुद्दीनले अन्तरिम सरकार प्रमुख नियुक्तिको घोषणा गरेका हुन् । मङ्गलबार राति राष्ट्रपति र आरक्षण विरोधी विद्यार्थी आन्दोलनका संयोजकहरुबीचको बैठकपछि युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने निर्णय भएको ढाका ट्रीबुनले उल्लेख गरेको छ । यस अघि मंगलबार […]

पूरा पढ्नुहोस्

पेरिस ओलम्पिकमा ७३ देशले जिते पदक, चीन शिर्ष स्थानमा

काठमाडौँ, साउन २२ जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ७३ देशले पदक जितेका छन् । आइतबार सम्पन्न खेलपछि ४५ देशले स्वर्ण पदक जितेका छन् भने कुल ७३ देशले पदक जितेका छन् । जसमा चीन २१ स्वर्ण, १८ रजत र १४ काश्य पदक जितेर शिर्ष स्थानमा रहेको छ भने अमेरिका २० स्वर्ण, ३० रजत र २८ काश्य पदक […]

पूरा पढ्नुहोस्

बंगलादेशमा चर्कियो प्रदर्शन, पछिल्लो २४ घण्टामा ९७ भन्दा बढीको मृत्यु

काठमाडौँ, साउन २१ बंगलादेशमा आरक्षणको विरोधमा विद्यार्थीको प्रदर्शन फेरी चर्किएको छ । प्रदर्शन चर्किएपछि बंगलादेश सरकारले आइतबारदेखि पूरै बंगलादेशमा कर्फ्यूको घोषणा गरेको छ । बंगलादेशमा जारी हिंसामा आइतबार मात्र ९७ जनाको मृत्यु भएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् । प्रदर्शनका क्रममा ५०० भन्दा बढी प्रदर्शनकारी घाइते भएको बताइएको छ । आरक्षण विरोधी प्रदर्शनमा अहिलेसम्म ३०० […]

पूरा पढ्नुहोस्

ह्यारिसलाई उम्मेदवार बन्न बहुमत डेमोक्रेट प्रतिनिधिको सर्मथन

काठमाडौं, साउन १९ अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने पक्का भएको छ । उनले पार्टीका प्रतिनिधिबाट सबैभन्दा बढी मत प्राप्त गरेका छन् । ह्यारिसले यही महिनाको अन्त्यमा सिकागोमा हुने डेमोक्रेटिक राष्ट्रिय महाधिवेशनअघि सम्भावित उम्मेदवारका रूपमा छनोट हुन पाउँदा आफूलाई सम्मानित भएको बताएकी छन् । डेमोक्रेट पार्टीको प्रतिनिधिहरुले मतदान मार्फत ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवारका […]

पूरा पढ्नुहोस्

भारतको केरलामा भूस्खलन, १२३ जनाको मृत्यु

काठमाडौँ, साउन १६ भारतको केरलाको वायनाडस्थित मेपाडी नजिक पहिरोमा परी मृत्यु हुनेको संख्या १२३ पुगेको छ । यसबाहेक एक सयभन्दा बढी घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ । केरलाका मुख्यमन्त्री पिनाराई विजयनले दुर्घटनामा बेपत्ता हुनेको संख्या पनि ९० पुगेको जानकारी दिएका छन् । पहिरोमा ठूलो संख्यामा मानिसहरु फसेको आशंका छ । मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको […]

पूरा पढ्नुहोस्