अन्तराष्ट्रिय
नरेन्द्र मोदी तेस्रो पटक भारतको प्रधानमन्त्री नियुक्त
काठमाडौं, जेठ २६ नरेन्द्र मोदी तेस्रो पटक भारतको प्रधानमन्त्रीमा नियुक्त हुनुभएकाे छ । शुक्रबार राति राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । साथै राष्ट्रपति मुर्मुले मोदीलाई मन्त्रिपरिषद्को गठन गर्न अनुमति दिर्नुभएको छ । राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्रीसहित मन्त्रिपरिषदका अन्य सदस्यको शपथ जुन ९ आइतबार साँझ ७: १५ बजे राष्ट्रपति […]
पूरा पढ्नुहोस्
एनडीएको नेता चुनिए मोदी
काठमाडौँ, जेठ २५ प्रधानमन्त्री नरेन्द्र मोदी राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) संसदीय दलको नेतामा निर्वाचित भएका छन् । एनडीएमा रहेका १३ दलका नेताहरुको बैठकले मोदीलाई संसदीय दलको नेता चयन गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । बैठकमा एनडीएका सबै २९३ लोकसभा सांसद, राज्यसभा सांसदहरू र सबै राज्यका मुख्यमन्त्रीहरू र उपमुख्यमन्त्रीहरू उपस्थित थिए । रक्षामन्त्री राजनाथ सिंहले प्रधानमन्त्रीका […]
पूरा पढ्नुहोस्
किसानविरुद्ध बोलेको भन्दै अभिनेत्री कंगनालाई थप्पड !
काठमाडौँ, जेठ २५ बलिवुड अभिनेत्री कंगना रनौतलाई चण्डीगढ एयरपोर्टमा तैनाथ एक महिला सीआईएसएफ जवानले थप्पड हानेकी छन् । कंगना रनौतले यस विषयमा गुनासो गर्दै महिला जवानलाई जागिरबाट हटाउन र कडा कारबाही गर्न माग गरेकी छिन् । कंगनालाई गर्ने सिपाहीको नाम कुलविन्दर कौर रहेको बताइएको छ । चुनाव जितेपछि कंगना रनौत बीजेपीको बैठकमा सहभागी हुन विस्तारा एयरलाइन्सको […]
पूरा पढ्नुहोस्
मोदीको शपथ ग्रहण समारोहमा जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ, जेठ २४ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नरेन्द्र मोदीले प्रधानमन्त्रीको रुपमा तेस्रो पटक लिने शपथग्रहण समारोह सहभागी हुन जाने तयारी गर्नुभएको छ । नरेन्द्र मोदीले आफ्नो तेस्रो कार्यकालको शपथग्रहण समारोहमा सहभागी हुन निमन्त्रणा पठाउनुभएको हो। मोदीले बुधबार नै प्रचण्डसँग कुराकानी गरेको उल्लेख गर्दै नेपाल भारतको साझेदारीलाई झन् बलियो बनाउने सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । भारतीय […]
पूरा पढ्नुहोस्
चीनको चन्द्रमा मिशन: २ किलो माटो लिएर फर्किदै चाङइ
काठमाडौँ, जेठ २४ चीनले गत महिना मे ३ तारिखमा चाङइ–६ मुन ल्यान्डर प्रक्षेपण गरेको थियो । अब यो मुन ल्यान्डरले चन्द्रमाको अँध्यारो भागबाट माटो निकाल्न सफल भएको छ । यो जानकारी चिनियाँ अन्तरिक्ष मिसनले दिएको हो । चीन यस्तो गर्ने विश्वको पहिलो देश बनेको छ। चन्द्रमाको दक्षिणी भागबाट माटोको नमूनाहरू सङ्कलन गर्न, चन्द्रमा ल्यान्डरमा ड्रिल र […]
पूरा पढ्नुहोस्
आज विश्व वातावरण दिवस, विभिन्न कार्यक्रम गरि मनाइदै
काठमाडौँ, जेठ २३ आज विश्व वातावरण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुन ५ मा मनाइने विश्व वातावरण दिवसअन्तर्गत यस वर्ष जमिनको सुरक्षा र संरक्षणलाई जोड दिइएको छ । ‘जमिनको पुनस्र्थापना, मरुभूमीकरण र खडेरी थेग्न सक्ने क्षमताको विकास’ भन्ने नारासहित बुधबार यो दिवस विश्वभर मनाइँदै छ । जनजीविका र स्वस्थ्य प्राकृतिक […]
पूरा पढ्नुहोस्
अभिनेत्री कंगना रनौत बनिन् लोकसभा सांसद
काठमाडौँ, जेठ २३ बलिवुड अभिनेत्री कंगना रनौत भारतको लोकसभामा विजयी भएकी छन् । हिजो सम्पन्न मत गणनामा कंगनाले भारतीय जनता पार्टीबाट हिमाचल प्रदेशको मंडी सिटबाट विजयी भएकी हुन् । कंगनाले कांग्रेसका विक्रमादित्य सिंहलाई पराजित गरेकी हुन् । कंगनाले ५ लाख ३७ हजार २२ मत प्राप्त गरेकी छन् भने उनका प्रतिद्वन्दी सिंहले ४ लाख ६२ हजार २६७ […]
पूरा पढ्नुहोस्
भारतीय लोकसभा निर्वाचनको आज मतगणना
काठमाडौँ, जेठ २२ भारतको लोकसभा निर्वाचनको मतगणना आज हुदै छ । आज बिहान ८ बजेदेखि मत गणना शुरु हुने भारतीय निर्वाचन आयोगले जनाएको छ । सात चरणमा सम्पन्न भएको २८ राज्य र ८ केन्द्र शासित प्रदेशका ५४२ सिटमा लगभग ६५.१४ प्रतिशत मतदान भएको आयोगले जनाएको छ । भारतमा लोकसभाको निर्वाचन १९ अप्रिल देखि १ जुनसम्म गरि सात […]
पूरा पढ्नुहोस्
मेक्सिकोमा पहिलो पटक महिला राष्ट्रपति बन्दै, क्लाउडिया विजयी
काठमाडौँ, जेठ २१ क्लाउडिया क्लाउडिया शेनबाउम मेक्सिकोको पहिलो महिला राष्ट्रपतिमा निर्वाचित भएकी छन् । मेक्सिकोको निर्वाचन आयोगका अनुसार ६१ वर्षीया क्लाउडियाले ५८ देखि ६० प्रतिशत मत प्राप्त गरी विजयी भएको जनाएको छ । मेक्सिकोमा आइतबार निर्वाचन भएको थियो । यी चुनावमा क्लाउडियाको अगाडि एक महिला उम्मेदवार शोरचिल गल्वेसे थिए । क्लाउडिया स्कोर्चिलभन्दा ३० प्रतिशत बढी मत ल्याएर […]
पूरा पढ्नुहोस्
जारी टी-२० विश्वकपमा ११.२५ मिलियन डलर पुरस्कार रकम वितरण गरिने
काठमाडौँ, जेठ २१ आइसीसीले जारी टी-२० विश्वकपमा ११.२५ मिलियन डलर पुरस्कार रकम वितरण गर्ने घोषणा गरेको छ । यो अहिलेसम्मका आइसीसी प्रतियोगिताकै सर्बाधिक पुरस्कार रकम भएको आइसीसीले जनाएको छ । आमेरिका र ववेस्ट इन्डिजमा जारी विश्वकपमा २० देशले खेलिरहेका छन् । यस विश्वकपको विजेताले २.४५ मिलियन डलर पुरस्कार पाउने छ भने उपविजेताले १.२८ मिलियन डलर पाउने […]
पूरा पढ्नुहोस्




