Thursday, October 29

समाचार

दाउन्ने सडक आजराती बन्द हुने

काठमाडौँ, असोज १५ नारायणघाट बुटवल सडक खण्ड अन्तर्गत दाउन्ने सडक आजराती बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले एक सूचना जारी गर्दै सोमबार भासिएको सडक मर्मत गर्न आजराती १० बजेदेखि भोलि बिहान ५ बजेसम्म बन्द हुने जानकारी दिएको हो । प्रशासनले भनेको छ- ‘दाउन्ने जंगलको खुर्साने खोलास्थित पूर्व-पश्चिम राजमार्गको […]

पूरा पढ्नुहोस्

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

धनकुटा, असोज १५ २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शहिदभूमी गाउँपालिका-४ बस्ने ३६ वर्षीय बिर्ख बहादुर भन्ने बिर्खलाल राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राईले ती महिलालाई आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी आखिसल्लाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको […]

पूरा पढ्नुहोस्

एभरेष्ट महिला भलिबल लिग: चितवनको विजयी शुरुवात

काठमाडौँ, असोज १५ एभरेष्ट महिला भलिबल लिग अन्तर्गत गएराती सम्पन्न खेलमा चितवन शक्तिले गण्डकी थण्डर्सलाई पराजित गरेको छ । राति सम्पन्न खेलमा चितवनले गण्डकीलाई ३-१ को सेटले पराजित गरेको हो । चितवनले पहिलो सेट २५-२२ ले जितेको थियो भने गण्डकीले दोस्रो सेट २५-१९ ले जितेको थियो । त्यसपछि चितवनले शानदार कमब्याक गर्दै तेस्रो सेट २५-२३ […]

पूरा पढ्नुहोस्

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौँ, असोज १५ नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै सचिवालय बैठक बोलाएका हुन् । बिहान ११ बजे बस्ने बैठकमा देशभर बाढीपहिरोले गरेको क्षति, उद्धार र राहतका सम्बन्धमा छलफल हुने बताइएको छ ।

पूरा पढ्नुहोस्

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ, असोज १५ सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । कांग्रेसले आज संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक आज बस्न लागेको जनाएको हो । संसदीय दलको कार्यसमितिको बैठक दिउँसो १ बजे र संसदीय दलको बैठक दिउँसो २ बजे बस्ने बताइएको छ। दुवै बैठक सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्ने कांग्रेस संसदीय […]

पूरा पढ्नुहोस्

रोनाल्डो र मानेको गोलमा अल नासर विजयी

काठमाडौँ, असोज १५ अल नासरले एशियन च्याम्पियन्स लिग अन्तर्गतको खेलमा कतारी क्लब अल रियान पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल रियानलाई २-१ गोल अन्तरले पराजित गरेको हो । अल नासरको जितमा साडियो माने र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए । रोनाल्डोले यो गोल आफ्नो पिताको नाममा समर्पित गरेका थिए […]

पूरा पढ्नुहोस्

विदेशी खेलाडीका लागि आइपिएलले बनायो कडा नियम

काठमाडौँ, असोज १५ भारतीय क्रिकेट कन्ट्रोल बोर्डले आईपीएलमा विदेशी खेलाडीका लागि कडा नियम ल्याएको छ । आइपिएलले हालै सबै विदेशी खेलाडी मेगा अक्सनमा अनिवार्य दर्ता हुनुपर्ने नियम ल्याएको छ । साथै मेगा अक्सनमा दर्ता नभएका खेलाडीले पछि हुने मिनी लिलामीमा प्रवेश नपाउने भएका छन् । साथै, लिलामीमा बिक्री भएपछि कुनै खेलाडी प्रतियोगिताबाट पछि हटेमा उसलाई […]

पूरा पढ्नुहोस्

कस्तो छ आज र भोलीको मौसम पूर्वानुमान ?

काठमाडौँ, असोज १५ देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रही कोशी, बाग्मती र लुम्बिनी प्रदेशका एक दुइ स्थानमा हल्का बर्षा भइरहेको छ। आज दिउँसो कोशी प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी […]

पूरा पढ्नुहोस्

नेप्सेमा ४४ अङ्कको वृद्धि, ३ अर्ब ७१ करोडको कारोबार

काठमाडौँ, असोज १४ नेप्सेमा आज ४४ अङ्कको वृद्धि भएको छ । सोमबार नेप्से ४४.४५ अङ्कले बढेर २५०८.८६ विन्दुमा रोकिएको हो । आज ३१९ कम्पनिको कारोबार हुदा ९७ लाख १७ हजार ९५९ कित्ता शेयर ३ अर्ब ७१ करोड ५३ लाख ५९ हजार ९३५ को खरिद बिक्री भएको छ । नेप्सेका अनुसार आज सिइडीबी हाइड्रोको शेयर मुल्यमा […]

पूरा पढ्नुहोस्

निगमले इन्धनको मुल्य घटायो

काठमाडौँ, असोज १४ नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टीतेल तथा हवाई इन्धनको मूल्य घटाइएको हो । सोमबार राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा एक, डिजेल र मट्टीतेलमा २-२, हवाई इन्धनमा आन्तरिकमा ६ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५, मट्टीतेलमा दुई रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ । […]

पूरा पढ्नुहोस्