समाचार
आजदेखि सोह्र श्राद्ध आरम्भ
काठमाडौँ, असोज २ प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारी दिएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध […]
पूरा पढ्नुहोस्
विश्वकप लिग-२ मा आज नेपालले ओमानको सामना गर्दै
काठमाडौँ, असोज २ नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिज अन्तर्गत आज ओमानको सामना गर्दै छ । यो खेल नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुदै छ । सिरिजको पहिलो खेलमा क्यानडाविरुद्ध खराब प्रदर्शन गर्दै १०३ रनको हार बेहोरेको नेपाली टिम यो खेलमा दबाबमा खेल्ने छ । […]
पूरा पढ्नुहोस्
सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार
काठमाडौँ, असोज २ देशका सातै प्रदेशमा अब क्यान्सर उपचार सेवा विस्तार भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्री भएलगत्तै गत असार ३१ गते गरेको पहिलो निर्णय उनी मन्त्री भएको दुई महिनाभित्र पूर्ण कार्यान्वयनमा आएको हो । पहिलो निर्णयका रुपमा उनले क्यान्सर नियन्त्रण रणनीति २०३० स्वीकृत गरेका थिए । सोमबार गण्डकी प्रदेशको पोखरा […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, असोज २ मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव संगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ। हाल देशभर आंशिक देखी साधारणतया बदली रहेको छ।कोशी र बाग्मती प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक दुइ स्थानमा […]
पूरा पढ्नुहोस्
भरतपुरमा आजदेखि बडादशैं जुत्ताचप्पल व्यापार मेला –२०८१ शुरु
चितवन, असोज १ पर्व मेला २०८१ अन्तर्गत चितवन उद्योग संघको आयोजना र वेश ग्लोबल प्रा.लि.को सह–आयोजनामा वडा दशैं स्वदेशी जुत्ता चप्पल व्यापार मेलाको एक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ । चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपानेले स्वागत गर्नुभएको मेलामा बागमती प्रदेश सरकार, उद्योग, वाणिज्य, भूमी व्यवस्था तथा प्रशासन मन्त्री सुकमाया तामाङ्ग प्रमुख अतिथि रहनुभएको […]
पूरा पढ्नुहोस्
बागमती प्रदेशसभाको बैठक असोज ६ मा बस्दै
हेटौडा, असोज १ बागमती प्रदेशसभाको बैठक यही असोज ६ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालयमा दर्ता भएको तीनवटा विधेयकलाई पारित गर्न असोज ६ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको सभामुख भुवनकुमार पाठकले जानकारी दिएका हुन् । यही असोज ६ गते बस्ने प्रदेशसभा बैठकको कार्यसूची तय गर्न असोज ५ गते दिउँसो ३ बजे प्रदेशसभा […]
पूरा पढ्नुहोस्
परराष्ट्रमन्त्री राणा क्यानाडा प्रस्थान
काठमाडौँ, असोज १ परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सोमबार साँझ क्यानाडा प्रस्थान गरेकी छिन्। क्यानाडाको टोरन्टोमा यही सेप्टेम्बर १९ र २० मा आयोजना गरिएको महिला परराष्ट्रमन्त्रीहरुको बैठकमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल र मन्त्रालयका वरिष्ठ अधिकारीहरूले विदाइ गरेका थिए । क्यानाडा र जमैकाद्वारा आयोजित […]
पूरा पढ्नुहोस्
प्रदेश हटाउन सकिदैन, प्रभावकारी बनाउने हो- देउवा
काठमाडौँ, असोज १ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रजातन्त्रको विरुद्ध नहुने स्पष्ट गरेका छन् । काठमाडौंमा मंगलबार कांग्रेसको कानुन विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले संविधानमा सुधार हुने कुराहरू संशोधन गर्ने बताएका हुन् । संबिधान संशोधनलाई सकारात्मक रुपमा बुझ्न आग्रह गर्दै सभापति देउवाले भने- ‘ओलीजी प्रधानमन्त्री हुने बेला संविधान संशोधन गर्ने कुरामा सहमति […]
पूरा पढ्नुहोस्
आज विश्वकर्मा पूजा
काठमाडौँ, असोज १ आज विश्वकर्मा पूजा भगवान विश्वकर्माको पूजा गरेर मनाइँदैछ । कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा एकैसाथ मनाइरहेका छन् । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर […]
पूरा पढ्नुहोस्
सहकारी बारे संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई सभामुखको रुलिङ
काठमाडौँ, असोज १ सभामुख देवराज घिमिरेले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले संसदमा पेश गरेको प्रतिवेदनले दिएका सुझाव कार्यान्यवन गर्न सरकारलाई रुलिङ गरेका छन् । सोमबार बसेको बैठकमा समितिका सभापति सुर्य थापाले समितको प्रतिवेदन पेश गरेका थिए । एमाले सांसद सुर्य थापाको नेतृत्वमा जेठ १५ गते गठन भएको संसदीय छानबिन समितिले […]
पूरा पढ्नुहोस्




