Saturday, October 31

समाचार

उपसभामुखले मार्ग प्रशस्त गर्नुपर्ने काँग्रेसको निष्कर्ष

काठमाडौँ, भाद्र २६ नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानाले मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले उपसभामुखले संसदीय मर्यादाविपरीत काम गरेकाले राजीनामा दिनुपर्ने निष्कर्ष निकाले कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिएका हुन् । उपसभामुख रानाले कूटनीतिक नियोगलाई पत्र लेखेर […]

पूरा पढ्नुहोस्

संबैधानिक परिषदको बैठक बोलाइयो, नयाँ प्रधानन्यायाधीश बारे छलफल हुने

काठमाडौँ, भाद्र २६ संवैधानिक परिषदको बैठक बोलाइएको छ । परिषदका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे बस्नेगरि परिषदको बैठक बोलाएका हुन् । बैठकको एक मात्र एजेण्डा नयाँ प्रधानन्यायाधीश सिफारिस बारे छलफल गर्ने रहेको छ । परिषदका सदस्यहरूलाई पठाइएको पत्रमा प्रधानन्यायाधीश सिफारिसको एउटामात्रै एजेण्डा उल्लेख गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले असोज […]

पूरा पढ्नुहोस्

सुनको मुल्य अहिलेसम्मकै उच्च

काठमाडौँ, भाद्र २६ नेपाली बजारमा सुनको मूल्य बढेर अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ । आज सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ५३ हजार ४०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यस अघि मंगलबार सुन तोलाको १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार […]

पूरा पढ्नुहोस्

ओलीलाई बालेनको कटाक्ष- उहिलै मरिन् सासु, अहिले आए आँशु !

काठमाडौँ, भाद्र २६ काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सर्वोच्च अदालतले नदी किनारको मापदण्ड थप २० मिटर कायम गर्नबारे दिएको आदेशमा प्रधानमन्त्री केपी शर्मा ओलीले अवसरवादी चरित्र देखाएको कटाक्ष गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै बालेनले ५ वर्ष अघि नै सर्वोच्चले गरेको आदेशमा अहिले आएर प्रधानमन्त्रीसहितका व्यक्तिहरूले असहमति जनाउनु र सर्वोच्चको आदेश पालना नगर्ने भनेर […]

पूरा पढ्नुहोस्

उपसभामुख रानालाई हटाउने तयारी, सांसदहरुको हस्ताक्षर संकलन

काठमाडौँ, भाद्र २६ सत्तारूढ दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी गरेका छन् । उपसभामुख रानामगर काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्रलाई आधार बनाएर सत्तारुध दलहरुले हटाउने तयारी गरेका हुन् । मंगलबारको संसद बैठकमा पनि उपसभामुख रानाको पक्ष विपक्षमा सांसदहरुले आ-आफ्नो धारणा राखेका थिए । सोमबार अपराह्न बालुवाटारमा बसेको सत्ता […]

पूरा पढ्नुहोस्

ह्यारिस र ट्रम्प पहिलो बहसमा आमने सामने

काठमाडौँ, भाद्र २६ अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प राष्ट्रपतिको टेलिभिजन बहसमा आमनेसामने भएका छन् । यी दुईबीचको यो पहिलो राष्ट्रपति बहस हो । बहस सुरु गर्दै कमला ह्यारिसले ट्रम्पको आर्थिक नीतिलाई निशाना बनाएकी थिइन् । ट्रम्पले कमला ह्यारिसलाई सोधे, ‘के तपाईलाई लाग्छ अमेरिका चार वर्ष पहिलेको […]

पूरा पढ्नुहोस्

देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौँ, भाद्र २६ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक बोलाएका छन् । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले राजीनामा दिएर मार्ग प्रशस्त नगरेको खण्डमा उनलाई हटाउने तयारी भइरहेको अवस्थामा सोही विषयमा छलफलका लागि देउवाले बैठक बोलाएको बताइएको छ । बैठक आज बिहान देउवा निवास बुढानीलकण्ठमा बस्दै छ । सत्तारुढ दलको बैठकले […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ, भाद्र २६ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका एक-दुई  स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली […]

पूरा पढ्नुहोस्

भरतपुरमा आत्महत्या रोकथाम सम्बन्धी संचारकर्मीको भूमिका विषयक एकदिने अन्तरक्रिया

चितवन, भाद्र २५ चितवनमा आत्महत्या रोकथाम सम्बन्धी संचारकर्मीको भूमिका विषयक एकदिने अन्तरक्रिया कार्यक्रम गरिएको छ । विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा आज (मंगलबार) नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बागमती प्रदेश हेटौंडाको आयोजनमा आत्महत्या रोकथाम सम्बन्धी संचारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा आत्महत्या बढ्नुको कारण र यस्तो अवस्थामा देखिने समस्या, आत्महत्याको व्यवहारमा […]

पूरा पढ्नुहोस्

चितवन मेडिकल कलेजमा धेरै मानसिक रोगका बिरामीको उपचार

चितवन, भाद्र २५ चितवन मेडिकल कलेजले उपत्यका बाहिर सबैभन्दा धेरै मनोरोगका बिरामीको उपचार गरेको दावी गरेको छ । कलेजले  विश्व आत्महत्या रोगथाम दिवसको दिन आज मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी गत आर्थिक वार्षिमा १६ हजार ८३४ जना मनोरोगका बिरामीको उपचार भएको जनाएको छ । त्यसमध्ये ५०९ जनाले भर्ना भएर सेवा लिएका हुन् । कलेज (सिएसी)मा […]

पूरा पढ्नुहोस्