समाचार
रुसमा गयो ७.० म्याग्निच्युडको भूकम्प, भयानक ज्वालामुखी बिष्फोटको धुवाँँ ८ किमी माथीसम्म
मस्को, भाद्र २ रुसको पूर्वी तटीय क्षेत्रमा आइतबार बिहान ७.० म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण सो क्षेत्रमा रहेको शिवेलुच नामक ज्वालामुखी विस्फोट भएको थियो । रुसी समाचार एजेन्सी टासको रिपोर्टका अनुसार ज्वालामुखी विष्फोटपछि उठेको धुवाँको मुस्लो तटीय क्षेत्रबाट ८ किलोमिटर उचाइसम्म देखिएको थियो । यो ज्वालामुखी रुसी तटीय सहर पेट्रोपाभलोभस्ककमचात्स्कीबाट ४५० किलोमिटर टाढा छ। […]
पूरा पढ्नुहोस्
“दोश्रो तीज विशेष उद्यमशिल एक्स्पो तथा व्यापार मेला–२०८१” को तयारी तीब्र
भरतपुर, भाद्र २ महिला उद्यमशिलताको प्रबद्र्धन गर्न र आर्थिक गतिविधिहरुलाई चलायमान बनाउने उद्देश्यका साथ भरतपुर भ्रमण वर्ष २०२४ अन्तर्गत आयोजित “दोश्रो तीज विशेष उद्यमशिल एक्स्पो तथा व्यापार मेला–२०८१” को तयारी तीब्र रुपमा अगाडि बढेको छ । उद्यमशिल महिलाहरुलाई एकै छानामुनी जमघट गराएर अनुभव साटासाट गर्ने र दिगो उद्यमशिलतालाई टेवा पु¥याउने उद्देश्यका साथ चितवन उद्योग संघ, […]
पूरा पढ्नुहोस्
सुनको मुल्य अहिलेसम्मकै उच्च
काठमाडौँ, भाद्र २ आज नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । आइतबार सुन तोलामा ३ हजारले बढेर एक लाख ५२ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि शुक्रबार सुनको मुल्य तोलाको १ लाख ४९ हजार ६ सय रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि […]
पूरा पढ्नुहोस्
अर्थ मन्त्रालयमा सहसचिवहरुको जिम्मेवारी हेरफेर
काठमाडौँ, भाद्र २ मन्त्रिपरिषद्को निर्णय अनुसार सरुवा भइ अर्थ मन्त्रालय आएका सहसचिवहरुको जिम्मेवरी तोकिनुका साथै केही सहसचिवको जिम्मेवारी हेरफेर गरिएको छ । दीपक लामिछानेलाई विरगञ्ज भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासक, कविता रेग्मीलाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक, गोपीकृष्ण कोइरालालाई आन्तरिक राजस्व विभाग उपमहानिर्देशक, रमेश अर्याललाई ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासक, पार्वती शर्मालाई मध्यमस्तरीय करदाता कार्यालयको […]
पूरा पढ्नुहोस्
एनआरएन नेपाल डेभलपमेन्ट फण्डलाई कार्यान्वयनमा ल्याउने तयारी
काठमाडौँ, भाद्र २ एनआरएन नेपाल डेभलभमेन्ट फण्डलाई कार्यान्वयनमा ल्याउने तयारी भएको छ । यसैक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी, संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो लगायतबीच अर्थ मन्त्रालयमा छलफल भएको छ । सो अवसरमा २०८१ साल भदौको तेस्रो हप्ताभित्र डेभलपमेन्ट फण्डलाई सञ्चालनमा ल्याउन आवश्यक पर्ने प्रकृया पूरा गर्ने सहमति भएको […]
पूरा पढ्नुहोस्
परराष्ट्रमन्त्री राणा भारत प्रस्थान
काठमाडौँ, भाद्र २ परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन् । उनी भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा पाँच दिने भारत भ्रमणमा गएकी हुन् । भारत भ्रमणका क्रममा उनले भारतीय समकक्षी जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन् । दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुने बताइएको छ । परराष्ट्रमन्त्रीको भ्रमण नेपाल र […]
पूरा पढ्नुहोस्
साफ यू-२० च्याम्पियनसीप आजदेखि, उद्घाटन खेलमा नेपाल र श्रीलंका खेल्दै
काठमाडौँ, भाद्र २ आजदेखि साफ यू-२० च्याम्पियनसीप शुरु हुदै छ । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू-२० च्याम्पियनसीपको समुह चरणका सबै खेल एन्फा कम्प्लेक्समा हुने बताएको छ । यस अघि दशरथ रंगशाला र च्यासलस्थित स्टेडियममा हुने भनिएपनि अब समुह चरणका सबै खेल एन्फा कम्प्लेक्समा हुने भएको हो । आज प्रतियोगिताको उद्घाटन खेलमा […]
पूरा पढ्नुहोस्
बार्सिलोनाको जितमा लेवानडोस्कीको दुई गोल
काठमाडौँ, भाद्र २ स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले नयाँ सिजनमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले भलेन्सियालाई २-१ गोल अन्तरले पराजित गर्दै नयाँ सिजनमा विजयी शुरुवात गरेको हो । बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले दुवै गोल गरेका थिए । १-० ले पछि परेको अवस्थामा बार्सिलोनाले कमब्याक गर्दै जित हासिल गरेको छ । लेवानडोस्कीले […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, भाद्र २ देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम […]
पूरा पढ्नुहोस्
सरकारले शिक्षकमाथि दमनचक्र लगाउँदैन- प्रधानमन्त्री ओली
काठमाडौँ, भाद्र २ प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक र कुनै पनि जनतामाथि सरकारले दमनचक्र नलाद्ने स्पष्ट गरेका छन् । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको २३ औँ राष्ट्रिय परिषद् बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शिक्षकहरुले पढाउने दायित्वका साथै राजनीतिक र सामाजिक परिवर्तनको आन्दोलनमा महत्वपूर्ण योगदान गरेकाले उनीहरुका कुनै समस्या भए आपसी संवादबाट समाधान गर्नुपर्नेमा जोड दिएका हुन् […]
पूरा पढ्नुहोस्




