समाचार
सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला
चितवन, साउन १ नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको छ । उनीहरु दुवैको शव घट्ना स्थलभन्दा १०३ किलोमिटर तल गण्डक ब्यारेज पुलमा फेला परेको हो । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार, दुई जनाको शवको सनाखत मंगलबार उनीहरुका परिवारले गरेका हुन् । […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौं, साउन १ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहि कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भैरहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ […]
पूरा पढ्नुहोस्
२२ सदस्यीय मन्त्रिपरिषद्मा दलित र मुस्लिम शून्य, महिला दुई मात्रै
काठमाडौं, असार ३१ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा सोमबार गठन भएको २२ सदस्यीय मन्त्रिपरिषद्मा दलित समुदायका भने कोही पनि मन्त्रीमा समेटिएनन् । सरकारमा चार दल सहभागी छन् । कसैले पनि उक्त समूदायका सांसदलाई मन्त्रीको रुपमा पठाएनन् । एमालेको भागमा प्रधाममन्त्रीबाहेक ८ मन्त्रालयमा परेको छ । कांग्रेसको भागमा १० मन्त्रालय परेका छन् । यी दुवै दलले […]
पूरा पढ्नुहोस्
आयल निगमले बढायो इन्धनको मुल्य
काठमाडौं, असार ३१ नेपाल आयल निगमले इन्धनको मुल्य बढाएको छ । निगमको सोमबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् । बढेको मुल्य सोमबार राति १२ बजेदेखि लागु हुने छ । मुल्य बढेपछि अब काठमाडौँ उपत्यकामा पेट्रोल […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं, असार ३१ प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । प्रधानमन्त्रीको ओलीको नियुक्ति बदरको माग गर्दै खगेन्द्र चापागाईं, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले आज सर्वोच्चमा रिट दायर गरेका हुन् । राष्ट्रपतिले संबिधानको प्रावधानको विपरित ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको भन्दै रिट दायर गरिएको छ । रिटमा संबिधानको धारा ७६ को उपधारा […]
पूरा पढ्नुहोस्
२० करोडको कोकिनसहित ठमेलबाट विदेशी महिला पक्राउ
काठमाडौं, असार ३१ काठमाडौँको ठमेलबाट करिब ६ किलो कोकिनसहित विदेशी नागरिक पक्राउ परेका छन् । प्रहरीले काठमाडौँको ठमेलस्थित होटलमा खानतलासी गर्दा प्रतिबन्धित लागूऔषध कोकिन जस्तो देखिने ५ केजी ८२० ग्रामसहित मलेसियाकी महिलालाई पक्राउ गरेको हो । सो लागूऔषध करिब २० करोड ३७ लाख बराबरको रहेको प्रहरीले बताएको छ ।
पूरा पढ्नुहोस्
स्पेनले जित्यो युरोकपको उपाधि
काठमाडौं, असार ३१ स्पेनले युरोकपको उपाधि जितेको छ । आइतबार राति सम्पन्न फाइनल खेलमा स्पेनले इङल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो । स्पेनको जितमा निको विलियम्स र मिकेल ओयारजाबालले एक एक गोल गरेका थिए । विलियम्सले खेलको ४७औ मिनेट र मिकेलले ८६औँ मिनेटमा गोल गरेका थिए । त्यस्तै इङल्याण्डका लागि एक गोल कोल पाल्मरले […]
पूरा पढ्नुहोस्
गृहसचिव र महानिरीक्षकले गरे सिमलताल क्षेत्रको स्थलगत अवलोकन
काठमाडौं, असार ३१ गृहसचिव एकनारायण अर्यालय, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले सिमलतालमा गएको पहिरोले दुई बस बगाएको क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । स्थलगत अवलोकनमा गृहसचिव अर्याल, महानिरीक्षक कुँवरज्यू लगायत सुरक्षा निकायका प्रमुखहरू, राष्ट्रिय विपद् न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका पदाधिकारीज्यूहरू, विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका सह-सचिवज्यू तथा वरिष्ठ प्रहरी अधिकृतज्यूहरूको उपस्थित रहेका थिए । शुक्रबार बिहान […]
पूरा पढ्नुहोस्
काँग्रेस र एमालेबीच टुंगियो मन्त्रालयको भागबन्डा
काठमाडौं, असार ३१ नेपाली काँग्रेस र नेकपा एमालेले दुई दलबीच मन्त्रालयको भागबण्डा टुंगाएका छन् । स्रोतका अनुसार नेपाली काँग्रेसले गृह मन्त्रालय, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, स्वास्थ्य, पर्यटन तथा नागरिक उड्डयन, कानुन, न्याय तथा संसदीय व्यवस्था, कृषि र बन मन्त्रालय पाउने भएको छ । त्यस्तै नेकपा एमालेले अर्थ मन्त्रालय, रक्षा, भौतिक पूर्वाधार, संघीय […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौं, असार ३१ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने […]
पूरा पढ्नुहोस्




