समाचार
मनसुनी वायुको आंशिक प्रभाव
काठमाडौं, साउन ५ हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। शुक्रबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्य बदली रहेको छ। साथै गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा […]
पूरा पढ्नुहोस्
अर्थसम्बन्धि तीन वटा विधेयक राष्ट्रपतिद्वारा प्रमाणिकरण
काठमाडौं, साउन ५ राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न तीन वटा विधेयक प्रमाणिकरण गर्नुभएको छ । हिजो बिहीबार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउँदै राष्ट्रपति पौडेलले गत असार ३१ गते ‘विनियोजन विधेयक, २०८०’, ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ प्रमाणिकरण गर्नु भएको बताउनुभएको हो । संघीय संसदको दुवै […]
पूरा पढ्नुहोस्
सर्वोच्चमा सांसद विकास कोष खारेजीको माग गर्दै रिट
काठमाडौं, साउन ४ आर्थिक वर्ष २०८०/८१ को बजेटमा समावेश संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेजीको माग गर्दै सार्वोच्च अदालतमा बुधबार रिट परेको छ । अधिवक्ता अनिल आचार्यसमेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, अर्थ मन्त्रालयसमेतलाई विपक्षी बनाई दायर गरेको रिटमा बिहीबारका लागि पेशी तोकिएको छ । संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको नाममा प्रति निर्वाचन क्षेत्र ५ करोडका […]
पूरा पढ्नुहोस्
आगामी भदौ १३ देखि ३१ गतेसम्म हुने एशिया कप क्रिकेटको खेल तालिका सार्वजनिक
काठमाडौँ, साउन ४ आगामी भदौ १३ देखि ३१ गतेसम्म हुने एसिसी एशिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो उद्घाटन खेलमा पाकिस्तानको सामना गर्ने भएको छ । एशियन क्रिकेट काउन्सिल (एसिसी) ले सार्वजनिक गरेको खेलतालिका अनुसार उद्घाटन खेलमा नेपालले घरेलु टोली पाकिस्तानको सामना गर्ने भएको हो । आगामी भदौ १३ गते हुने उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट […]
पूरा पढ्नुहोस्
एसीसी इमर्जिङ टिम्स कप : नेपाल तीन विकेटले विजयी
काठमाडौं, साउन ४ एसीसी इमर्जिङ टिम्स एसिया कपमा आफ्नो अन्तिम खेलमा नेपाल विजयी भएको छ । कुशल भुर्तेलले ६ विकेट तथा सानदार अर्धशतकको सहयोगमा नेपालले प्रतियोगिताको आफ्नो अन्तिम खेल युएई ए लाई ३ विकेटले पराजित गरेको हो । पि सारा ओभल कोलोम्बोमा भएको खेलमा युएईले दिएको १ सय ५८ रनको लक्ष्य नेपालले २३ ओभरमा ७ […]
पूरा पढ्नुहोस्
केन्द्रिय समितिको बैठक लाइभ हुनुले जनतामा भ्रम पैदा हुँदैन : अर्थमन्त्री महत
काठमाडौं, साउन ४ अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस केन्द्रिय समितिको बैठक लाइभ हुनुले जनतामा भ्रम पैदा नहुने बताउनुभएको छ । हिजो बुधबार समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अर्थमन्त्रीले यस्तो बताउनुभएको हो । उहाँले पार्टी सभापति शेरबहादुर देउवाले बैठकको लाइभ गरेर जनतालाई यथार्थ कुरा बुझाउनुभएको बताउनुभयो । अर्थमन्त्रीले विगतमा भित्र एउटा र […]
पूरा पढ्नुहोस्
केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने : कांग्रेस केन्द्रीय समिति बैठक
काठमाडौं, साउन ४ नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । ललितपुरस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट बैठक सुरु हुने बताइएको छ । मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा हिजोबाट केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सुरु भएको थियो।
पूरा पढ्नुहोस्
राष्ट्रियसभा बैठक आज बस्दै
काठमाडौं, साउन ४ राष्ट्रिय सभा बैठक बिहीबार बस्दैछ । बिहीबारको बैठकको सम्भावित कार्यसूची अनुसार राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धि पत्रको ब्यहोरा जानकारी गराउने सङ्घीय संसद् सचिवालयले जनाएको छ । राष्ट्रिय सभा बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बोलाइएको छ । यसका साथै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री […]
पूरा पढ्नुहोस्
एमाले अध्यक्ष ओली निर्वाचन पर्यवेक्षणका लागि कम्बोडिया प्रस्थान
काठमाडाैं, साउन ३ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गर्नुभएको छ । कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षकका रुपमा अध्यक्ष ओलीसहितको छ सदस्यीय टोली गए राति कम्बोडिया प्रस्थान गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । टोलीमा अध्यक्ष ओलीसँगै उहाँका पत्नी राधिका शाक्य, पार्टीका उपमहासचिव विष्णु रिमाल, अध्यक्ष ओलीका स्वकीय सचिव राजेश […]
पूरा पढ्नुहोस्
आजदेखि कांग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने
काठमाडौं, साउन ३ नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा बुधबारदेखि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सुरू हुने भएको छ । मंगलबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा बुधबारबाट केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने छन् । प्रत्येक सदस्यलाई ७ मिनेटको समय दिइएको छ । बैठक केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेदेखि सुरु हुनेछ । एक वर्षपछि मंगलबारदेखि सुरू […]
पूरा पढ्नुहोस्




