समाचार
संकटा र आर्मी तथा मछिन्द्र र एपीएफ भिड्दै : ‘ए’ डिभिजन लिग
काठमाडौं, बैशाख २४ शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आइतबार दुई खेल हुँदैछ । एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुने खेलमा संकटा क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । संकटा पाँचौं तथा आर्मी छैटौं जितको योजनामा हुनेछ । यसैगरी, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा मछिन्द्र फुटबल क्लब र अर्काे विभागीय टोली एपीएफ क्लबबीच […]
पूरा पढ्नुहोस्
राष्ट्रपति पौडेलले आज नागरिकता विधेयकका सम्बन्धमा कानूनविदहरुसँग छलफल गर्दै
काठमाडौं, बैशाख २४ राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता बिधेयकका सम्बन्धमा आईतबार कानूबिद्हरुसँग छलफल गर्ने हुनुभएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार पूर्व राष्ट्रपति भण्डारीद्वारा राष्ट्रपति कार्यालयमा रोकिएको नागरिकता विधेयकको अवस्था के हुन्छ भनेर राष्ट्रपति पौडेलले आज दिउसो कानूनविद्हरूसंग छलफल गर्न लाग्नु भएको हो । पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीले संघीय संसद्का दुबै सदन(राष्ट्रिय र प्रतिनिधि सभा) पास भएर […]
पूरा पढ्नुहोस्
संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरू
काठमाडौं, बैशाख २४ आज (आइतबार) बाट संघीय संसद्को बजेट अधिवेशन सुरू हुँदैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा संसद्का दुवै सदनको बैठक आइतबार दिउँसो ४ बजे बस्ने गरी बोलाइएको छ । संसद सचिवालयका अनुसार अधिवेशनको पहिलो दिन आइतबार मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पेश हुनेछ । यसैगरी, अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौँ, बैशाख २३ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो । मुलुकको पछिल्लो समसामयिक विषयमा उहाँहरूबीच छलफल भएको उहाँले बताउनुभयो । नक्कली शरणार्थी प्रकरणमा पार्टीका उच्च नेता […]
पूरा पढ्नुहोस्
संघीय संसदको बजेट अधिवेशन भोलिदेखि
काठमाडौं, बैशाख २३ संघीय संसद्को बजेट अधिवेशन भोलि (आइतबार) देखि सुरु हुँदैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार दिउँसो ४ बजेका लागि बजेट अधिवेशन आव्हान गर्नुभएको छ । राष्ट्रपति पौडेलले संसदको अधिवेशन आह्वान गरेअनुसार दुवै सदनको बैठक बस्न लागेको संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिनुभयो । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको उहाँले […]
पूरा पढ्नुहोस्
कांग्रेस केन्द्रीय सदस्यमा डा. मिनेन्द्र रिजाल मनोनीत
काठमाडौं, बैशाख २३ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा. मिनेन्द्र रिजाललाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गर्नुभएको छ । सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ उपधारा १० बमोजिम रिजाललाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनीत गर्नुभएको हो । कांग्रेसको महाधिवेशनमा शेखर कोइराला प्यानलबाट महामन्त्री उठनुभएका रिजाल पराजित हुनुभएको थियो ।
पूरा पढ्नुहोस्
सरकारमा नजाने‚ समर्थन फिर्ता लिने : रास्वपा बैठकको निर्णय
काठमाडौं, बैशाख २३ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । हिजो शुक्रबार पार्टी केन्द्रिय कार्यालय बसुन्धारामा बसेको केन्द्रिय समिति र संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको र प्रतिपक्षमा बस्ने जानकारी दिनुभयो । उहाँले संयुक्त बैठकबाट यो […]
पूरा पढ्नुहोस्
यही बैशाख २६ गते एमालेको सचिवालय बैठक बस्दै
काठमाडौं, बैशाख २२ नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । एमाले यही बैशाख २६ गते सचिवालय बैठक बोलाइएको हो। बैठक ललितपुरस्थित पार्टी मुख्यालयमा बस्ने र सचिवालय बैठकले आगामी केन्द्रीय कमिटीको बैठकको एजेन्डा तय गर्ने छ । एमालेको केन्द्रीय कमिटी बैठक यही बैशाख २९, ३० र ३१ गते झापामा बस्दै छ ।
पूरा पढ्नुहोस्
खुमलटार र जावलाखेल तथा पुलिस र हिमालयन भिड्दै : ‘ए’ डिभिजन लिग
काठमाडौं, बैशाख २२ शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछ । एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुने खेलमा जावलाखेल युथ क्लबले एफसी खुमलटारसँग खेल्नेछ । जावलाखेल आठौं तथा खुमलटार पाँचौं जितको योजनामा हुनेछ । जावलाखेल २४ अंक जोडेर शीर्ष स्थानमा रहँदा खुमलटार १४ अंक जोडेर पुछारमा रहेको छ । यसैगरी, त्रिपुरेश्वरस्थित […]
पूरा पढ्नुहोस्
सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा बस्दै
काठमाडौँ, बैशाख २२ नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने बैठकले सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटका बारेमा छलफल गर्नेछ । बैठक अपरान्ह बस्नेछ । गत बुधबार पनि बसेको सत्तारुढ दलको बैठकले सरकारको नीति तथा कार्यक्रम र बजेटका बारेमा प्रारम्भिक छलफल गरेको थियो ।
पूरा पढ्नुहोस्




