Wednesday, October 14

समाचार

युवाको उमेर घटाउनेबारे छलफल सुरु : राष्ट्रिय युवा परिषद्

काठमाडौं, चैत्र २८ नेपालमा युवाको उमेर घटाउने बारेमा छलफल भएको छ। सरकारी र सरोकारवाला निकायबीच युवाको उमेर पाँच वर्ष घटाउनेबारे छलफल सुरु भएको हो। अहिले १६ देखि ४० वर्षकालाई युवा मानिँदै आएकोमा अब १६ देखि ३५ वर्ष कायम गर्नेमा छलफल भएको राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी गराउनुभएको हो । ‘संयुक्त राष्ट्रसंघ र […]

पूरा पढ्नुहोस्

एमालेद्वारा कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

कर्णाली, चैत्र २७ नेकपा(एमाले)ले कर्णाली प्रदेश सरकारबाट बाहिरिएसँगै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मासमक्ष आइतबार आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्ल र सामाजिक विकास मन्त्री टेकराज पर्छाइले संयुक्त रूपमा राजीनामा बुझाउनुभएको थियो । आज नेकपा (एमाले)कर्णाली प्रदेशसभा दलका नेता यामलाल […]

पूरा पढ्नुहोस्

‘प्रधानसेनापति ट्रफी–२०७९’ प्रतियोगिता सुरु

काठमाडौं, चैत्र २७ नेपाली सेनाले हरेक वर्ष आयोजना गर्दै आएको ‘प्रधानसेनापति ट्रफी–२०७९’ सुरु भएको छ । प्रतियोगिता सैनिक मुख्यालयभित्रको खेलमैदानमा आज आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गर्नुभयो । आगामी वैशाख १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न नौ खेल समावेश गरिएको छ । जसमा एथ्लेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, भलिबल, बास्केटबल, फुटबल, सुटिङ र आर्चरी […]

पूरा पढ्नुहोस्

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७९’ राष्ट्रियसभाबाट पारित

काठमाडौं, चैत्र २७ ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७९’ राष्ट्रियसभाबाट पारित भएको छ । सोमबार बसेको राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुसालले पेश गर्नु भएको सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिँदै कृषि तथा पशुपंक्षी विकासमन्त्री […]

पूरा पढ्नुहोस्

१२४ जना कोरोना संक्रमित : स्वास्थ्य मन्त्रालय

काठमाडौं, चैत्र २७ पछिल्लो २४ घण्टामा १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआरबाट ७७ जना र एन्टिजेन विधिबाट ४७ जनामा गरि १२४ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोमबार २९ संक्रमणमुक्त भएका छन् । हाल देशभर ४४४ जना सक्रिय संक्रमित रहेका छन् ।

पूरा पढ्नुहोस्

आर्थिक समस्या आउनुमा यो सरकार मात्रै दोषी होइन : महामन्त्री थापा

दाङ, चैत्र २७ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको अर्थतन्त्र सङ्कटग्रस्त अवस्थामा पुग्नुमा अहिलेको सरकार मात्र दोषी नभएको बताउनुभएको छ । नेपाली कांग्रेस दाङले घोराहीमा आयोजना गरेको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “देशमा आर्थिक सङ्कट गहिरिँदै जानुमा अहिलेको सरकार मात्र दोषी छैन, यो अवस्था आउनुमा विगत २० वर्षदेखिको सत्ता साझेदारहरुको भूमिका छ ।” […]

पूरा पढ्नुहोस्

स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौं, चैत्र २७ हाल देशका पहाडी भू-भागहरूमा आँशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । गण्डकी प्रदेशको एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ । राति देशका पहाडी भू–भागमा […]

पूरा पढ्नुहोस्

आमाकै थर र स्थायी ठेगानाबाट बच्चाको जन्मदर्ता

काठमाडौँ, चैत्र २७ राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल महिलाबाट जन्म भएको तर पितृत्वको ठेगान नलागेको शिशुको जन्म दर्ता गर्दा आमाको थर र स्थायी ठेगाना राखी जन्म दर्ता गरिदिन परिपत्र गरेको छ। विभागका महानिर्देशक एवं केन्द्रीय पञ्जिकाधिकारी रुद्रप्रसाद पण्डितले देशभरिका छ हजार ७४३ वडा कार्यालयका स्थानीय पञ्जिकाधिकारीलाई परिपत्रमार्फत जन्म दर्ताका सन्दर्भमा उठेका द्विविधा प्रस्ट पार्नुभएको […]

पूरा पढ्नुहोस्

सोमबार मिटरब्याज पीडित र सरकारीबीचको वार्ता पुुनः हुने

काठमाडौं, चैत्र २६ मिटरब्याज पीडित र सरकारी टोलीबीच सोमबार पुनः वार्ता हुने भएको छ । काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा आइतबार दिउँसो दुई पक्षबीच भएको वार्ता निष्कर्षमा नपुगेपछि सोमबार बिहान १० बजे पुनः वार्तामा बस्ने सहमति भएको हो । वार्तामा संघर्ष समितिले आफ्ना समस्याबारे सरकारलाई जानकारी गराएको थियो भने सरकारी वार्ता टोलीले सो समस्याबारे आफूहरु गम्भिर रहेको […]

पूरा पढ्नुहोस्

लामो समयसम्म सामाजिक सुरक्षा भत्ता बाँड्न सक्दैन : अर्थसचिव राय

काठमाडौं, चैत्र २६ अर्थ मन्त्रालयका सचिव तोयम रायले सरकारले अब लामो समय समाजिक सुरक्षा भत्ता बाँड्न नसक्ने बताउनुभएको छ । आर्थिक पत्रकार संघसँगको भेटमा अर्थसचिव रायले वर्षेनी साधरण खर्च बढ्दै गएको र लामो समय सामाजिक सुरक्षा भत्तामा जाने खर्च धान्न नसक्ने भन्दै राज्यले सामाजिक सुरक्षा भत्ता बाँड्न नसक्ने बताउनुभएको हो । उहाँले रोजगारीमा आवद्ध भएका […]

पूरा पढ्नुहोस्