Monday, October 12

राजनीति

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रसङ्घको महासभामा भाग लिने विषयमा सदनलाई जानकारी

काठमाडौँ, भाद्र ३१ प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै आफूले भाग लिने विषयमा आज प्रतिनिधिसभालाई जानकारी गराएका छन् । महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्वसहित प्रधानमन्त्री ओली नेतृत्वको टोली आगामी असोज ४ गते संयुक्त राज्य अमेरिका जाने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घमा आफूले उठाउने विषयमा पनि […]

पूरा पढ्नुहोस्

प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ, भाद्र ३१ प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संघीय संसद सचिवालयका अनुसार अपराहन्न १ बजेदेखि बैठक बस्दै छ । यस अघि आइतबारको बैठक माओवादी केन्द्रले संसदको अवरोध गर्ने अडान नछोडेपछि बस्दै नबसी स्थगित भएको थियो । गत बुधबार बसेको बैठक माओवादी केन्द्रले अवरुद्ध गरेपछि स्थगित भएको थियो । संसदमा माओवादी जनयुद्धलाई लक्षित गर्दै […]

पूरा पढ्नुहोस्

संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य हुदै

काठमाडौँ, भाद्र ३१ संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य हुदै छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले संसदको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न शिफारिस गर्ने निर्णय गरेको हो । यो संसदको यो अधिवेशन बैशाख २४ गतेदेखि  शुरु भएको थियो ।

पूरा पढ्नुहोस्

प्रधानमन्त्रीसँग उपनिर्वाचनको मिति तोक्न आयोगको परामर्श

काठमाडौँ, भाद्र ३१ प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार  थपलियासहितका पदाधिकारीले  भेट गरी आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न नेपाल सरकारलाई परामर्श दिएका छन् । स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको  बाँकी कार्यकालका लागि उपनिर्वाचनको तयारी भएको हो । भेटमा प्रधानमन्त्री ओलीले प्रस्ताव […]

पूरा पढ्नुहोस्

संसद अधिवेशन अन्य गर्न सिफारिश गर्ने सरकारको निर्णय

काठमाडौँ, भाद्र ३१ सरकारले जारी संसद अधिवेशन अन्य गर्न सिफारिश गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सोमबारको वैठक बसेर राति १२ बजेबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष शिफारिस गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् । माओवादीले ‘हिंसा’ शब्द प्रति आपत्ति जनाउदै संसदको अवरोध जारी राखेपछि सरकारले संसद अधिवेशन […]

पूरा पढ्नुहोस्

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत परियारको सरुवा

काठमाडौँ, भाद्र ३० सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारलाई सरुवा गरेको छ । सरकारले गरेका ४० जना सहसचिवको सरुवामा काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत परियारको पनि सरुवा भएको हो । गत भदौ २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो । परियारलाई सञ्चार तथा सूचना […]

पूरा पढ्नुहोस्

बालेनलाई ओलीले दिए ‘मनपरी बोल्ने केटो’ को संज्ञा

काठमाडौँ, भाद्र ३० प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) बारे टिप्पणी गर्दै ‘मनपरी बोल्ने केटो’ भनेका छन् । शनिबार काठमाडौंमा आयोजित एमालेको ‘स्थानीय तहमा जनसङ्गठन सुदृढीकरण’ विषयक राष्ट्रिय कार्यशाला बोल्दै प्रधानमन्त्री ओलीले बालेनको नाम नलिएरै ‘मनपरी बोल्ने केटो’ को संज्ञा दिएका हुन् । ओलीले भने- ‘अहिले कहाँ एउटा केटो निस्कियो, त्यल्ले […]

पूरा पढ्नुहोस्

संबैधानिक परिषदको बैठक अनिर्णित

काठमाडौँ, भाद्र २९ संबैधानिक परिषदको बैठक अनिर्णित भएको छ । प्रधानन्यायाधीश सिफारिश गर्न बसेको संबैधानिक परिषदको बैठक निर्णयमा पुग्न नसकेको र अर्को बैठक सोमबार बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष हुने संबैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल र उपसभामुख […]

पूरा पढ्नुहोस्

रास्वपाको राष्ट्रिय भेलामा देशभरबाट १५ सय प्रतिनिधि सहभागी हुने

काठमाडौँ, भाद्र २८ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेला आगामी असोज १ र २ गते हुने भएको छ । रास्वपाले बिहीबार पत्रकार सम्मेलन गरी राष्ट्रिय भेलाबारे जानकारी गराएको हो । सह–महामन्त्री कविन्द्र बुर्लाकोटीले पत्रकार सम्मेलनमा राष्ट्रिय भेलामा देशभरबाट १ हजार ५ सयभन्दा बढी प्रतिनिधिहरु आउने जानकारी दिएका छन् । राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले […]

पूरा पढ्नुहोस्

मन्त्रिपरिषद्को बैठक आज बस्दै

काठमाडौँ, भाद्र २७ आज मन्त्रिपरिषद्को बैठक बस्दै छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । सिंहदरवारमा साँझ ६: ३० बजे बस्ने बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

पूरा पढ्नुहोस्