Monday, October 12

राजनीति

जनताको मुद्दा बोक्न प्रहरीहरुलाई गृहमन्त्री लेखकको निर्देशन

काठमाडौँ, भाद्र १० गृहमन्त्री रमेश लेखकले जनताको मुद्दा बोक्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरुको समुद्घाटन समारोहमा गृहमन्त्री लेखकले जनताको मुद्दा बोक्दा प्रहरीहरुको मुद्दा पनि सँगै आउने बताए । ‘प्रहरी साथीहरुलाई आत्मविश्वास काम गर्न आग्रह गर्दछु । जनताको मुद्दा बोक्नुपर्यो । जनताको मुद्दा बोक्दा आफ्नो मुद्दापनि […]

पूरा पढ्नुहोस्

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शुरु

काठमाडौँ, भाद्र ९ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक शुरु भएको छ  । पार्टीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारी रिक्त रहेकाले त्यसलाई यस बैठकले पूर्णता दिने बताइएको छ बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंकेटमा शुरु भएको हो । पार्टीमा ३४४ सदस्यीय केन्द्रीय रहेकामा २५१ केन्द्रीय सदस्यको शपथ ग्रहण गर्न बाँकी रहेकाले सो […]

पूरा पढ्नुहोस्

आँबुखैरेनी बस दुर्घटना: अस्पताल पुगेर गृहमन्त्रीले लिए घाइतेको उपचार बारे जानकारी

काठमाडौँ, भाद्र ८ गृहमन्त्री रमेश लेखकले त्रिवि शिक्षण अस्पतालमा पुगेर बस दुर्घटनामा परी घाइते भएकाहरुको स्वाथ्य अवस्थाबारे जानकारी लिएका छन् । शुक्रबार पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहराबाट बस मर्स्याङ्दी नदीमा दुर्घटनामा २७ जनाले ज्यान गुमाएका थिए भने १६ जना घाइते भएका छन् । घाइते भएकाहरुको अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । सोही घटनापछि […]

पूरा पढ्नुहोस्

संसदीय समितिमा रवि लामिछानेको बयान (फोटो फिचर)

काठमाडौँ, भाद्र ८ पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी संस्था बचत रकम दुरुपयोगबारे बयान दिन संसदीय छानबिन विशेष समितिमा पुगेका बयान दिएका छन् । गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका पूर्वगृहमन्त्री लामिछानेलाई समितिले हिजो सोधपुछका लागि बोलाएको थियो । समितिका सभापति सुर्य थापाले विभिन्न सहकारी र  कम्पनीको रकम दुरुपयोगमा संलग्नको रूपमा आरोपित व्यक्तिहरूमध्ये गोरखा मिडिया […]

पूरा पढ्नुहोस्

परराष्ट्रमन्त्री राणासँग राष्ट्रसंघकी नेपाल प्रतिनिधि योकोसुकाद्वारा ओहोदाको प्रमाण पत्र पेश

काठमाडौँ, भाद्र ७ परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग संयुक्त राष्ट्रसंघकी नवनियुक्त आवासीय प्रतिनिधि क्योको योकोसुकाले भेटवार्ता गरेकी छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा राष्ट्रसंघकी नेपाल प्रतिनिधि योकोसुकाले परराष्ट्रमन्त्री राणासँग ओहोदा प्रमाण पत्र पेश गरेकी हुन् । भेटमा उनीहरुबीच नेपाल र राष्ट्रसंघबीचको आपसी सहयोगका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

पूरा पढ्नुहोस्

टिकटकमाथिको प्रतिबन्ध खुला गर्ने सरकारको निर्णय

काठमाडौँ, भाद्र ७ सरकारले टिकटकमाथि प्रतिबन्ध खुलाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले शर्तसहित टिकटकलाई लगाइएको प्रतिबन्ध खुल्ला गर्ने निर्णय गरेको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् । बैठकले टिकटकलाई तीन महिनाभित्रमा विभिन्न मापदण्ड र प्रक्रिया पूरा गर्न पनि सरकारले निर्देशन गरेको छ । तत्कालिन पुष्पकमल दाहाल प्रचण्ड सरकारले गत वर्षको […]

पूरा पढ्नुहोस्

प्रदेश प्रहरी समायोजनका लागि संघिय प्रहरी कानुन संसोधन गर्दैछौं- गृहमन्त्री लेखक

जनकपुरधाम, भाद्र ६ गृहमन्त्री रमेश लेखकले प्रदेशका प्रहरी समायोजन सहितका समस्या समाधानका लागि संघिय प्रहरी कानुन संसोधन हुने गरि नयाँ कानुननै बनाउन लागिएको बताएका छन् । सिरहा र धनुषामा आयोजना हुन लागेको विभिन्न कार्यक्रमहरुमा सहभागिताका लागि आएका गृहमन्त्री लेखकले जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग  कुराकानी गर्दै नयाँ प्रहरी कानुन बनाउन मन्त्रालयबाट निर्णय गरि अर्थ मन्त्रालयमा पठाइसकिएको र […]

पूरा पढ्नुहोस्

सरकारले चलाएका उद्योगहरु घाटामा जानु हुन्न- प्रधानमन्त्री ओली

काठमाडौँ, भाद्र ६ प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चलाएका कुनै पनि उद्योग र संस्थानहरु घाटामा जान नहुने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायसँग सम्बन्धित विषयमा आज भएको ब्रिफिङमा प्रधानमन्त्री ओलीले उद्योगका लागि सडक बाटो, बिजुलीलगायतका पूर्वाधारका वातावरण तयार भइसकेकाले अब औद्योगिकीकरणमा लाग्न आग्रह गरेका हुन् […]

पूरा पढ्नुहोस्

आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ, भाद्र ६ आज प्रतिनिधि सभाको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज अपराहन्न १ बजे वैठक बस्न लागेको हो । आजको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम रहेको छ भने रास्वपा सांसद डा. तोसिमा कार्कीले हैजा महामारीका बारेमा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण प्रस्ताव राख्ने कार्यक्रम रहेको छ । यस बाहेक आजको बैठकमा संसदमा विभिन्न विधेयक […]

पूरा पढ्नुहोस्

रास्वपाले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने

काठमाडौँ, भाद्र ५ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको आगामी उपनिर्वाचनमा भाग लिने भएको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले आगामी मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय गरेको हो । आगामी मंसिरमा देशभर रिक्त रहेको ३४ स्थानीय तह उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न ३४ पदमा आगामी […]

पूरा पढ्नुहोस्