राजनीति
टीआरसी विधेयकमा भएको सहमतिले नेपालको प्रगतिको बाटोमा कोशेढुंगाको काम गर्नेछ- प्रचण्ड
काठमाडौँ, साउन २४ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा भएको सहमतिले नेपालको शान्ति, स्थायित्व र प्रगतिको बाटोमा महत्त्वपूर्ण कोशेढुंगाको काम गर्ने बताएका छन् । प्रचण्डले राजनीतिक सहमति कानुनी वैधतामा रूपान्तरण भएपश्चात् द्वन्द्वसँग सम्वन्धित विषयहरू, राहत, परिपूरण जस्ता कुराहरू […]
पूरा पढ्नुहोस्
हेलिकप्टर दुर्घटनाको छानविन गर्न समिति गठन
काठमाडौँ, साउन २४ सरकारले हेलिकप्टर दुर्घटना छानविनका लागि नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । बुधबार नुवाकोटको शिवपुरी गाउँपालिका– ७ मा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट थापाको संयोजकत्वमा जाँचबुझ आयोग गठन […]
पूरा पढ्नुहोस्
पानीजहाज र रेलमार्ग विस्तारमा प्रधानमन्त्री ओलीको चासो
काठमाडौँ, साउन २० प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई पानीजहाज र रेल यातायातको युगमा रुपान्तरित गर्न प्राथमिकता दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको आब २०८०÷०८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीको समापनपत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतीय सीमाना हनुमानगरदेखि त्रिवेणी र देवघाटसम्म पानीजहाज सञ्चालनको योजना ल्याउन भनेका छन् । नेपालमा २०२७ सालमै पानीजहाजको […]
पूरा पढ्नुहोस्
ह्यारिसलाई उम्मेदवार बन्न बहुमत डेमोक्रेट प्रतिनिधिको सर्मथन
काठमाडौं, साउन १९ अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने पक्का भएको छ । उनले पार्टीका प्रतिनिधिबाट सबैभन्दा बढी मत प्राप्त गरेका छन् । ह्यारिसले यही महिनाको अन्त्यमा सिकागोमा हुने डेमोक्रेटिक राष्ट्रिय महाधिवेशनअघि सम्भावित उम्मेदवारका रूपमा छनोट हुन पाउँदा आफूलाई सम्मानित भएको बताएकी छन् । डेमोक्रेट पार्टीको प्रतिनिधिहरुले मतदान मार्फत ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवारका […]
पूरा पढ्नुहोस्
एकीकृत समाजवादीले बनायो ३४४ जनाको केन्द्रीय कमिटी
काठमाडौं, साउन १९ नेकपा एकीकृत समाजवादीले ३४४ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ । शुक्रवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकले आकांक्षीहरुलाई सम्बोधन हुने गरी ठुलो आकारको केन्द्रीय कमिटी बनाएको हो । पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाललाई चयन गर्दै ९३ जना केन्द्रीय सदस्यहरूको घोषणा गरेको थियो […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्रीसमक्ष तीन राज्यमन्त्रीको शपथ
काठमाडौं, साउन १८ प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित समारोहमा प्रधानमन्त्री ओलीसमक्ष तीन राज्यमन्त्रीले शपथ लिनुभएको हो । शपथ लिनुहुनेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी, वन तथा वातावरण राज्यमन्त्री रुपा विक र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री […]
पूरा पढ्नुहोस्
एमालेले तोक्यो सातै प्रदेशमा इन्चार्ज
काठमाडौं, साउन १७ नेकपा एमालेले सातै प्रदेशमा इन्चार्ज तोकेको छ । एमालेको आज काठमाडौंको बसेरा होटलमा बसेको सचिवालय बैठकले सातै प्रदेशमा इन्चार्ज तोकेको हो । एमालेले कोशी प्रदेशमा शेरधन राई, मधेसमा लीलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराईलाई इन्चार्ज बनाएको छ । त्यस्तै, गण्डकी प्रदेशमा किरण गुरूङ, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखराज भट्ट […]
पूरा पढ्नुहोस्
सरकारका सचिवलाई प्रधानमन्त्री ओलीको २६ बुँदे निर्देशन
काठमाडौँ, साउन १५ प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सचिवहरूलाई विभिन्न २६ बुँदे निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाएर उनले सचिवहरूलाई विभिन्न विषयमा निर्देशन दिएका हुन् । ओलीले दिएको निर्देशन- १) सवारी साधन, राहदानी, नागरिकता, राष्ट्रिय परिचयपत्र लगायत सेवा लिने ठाउँमा उभिन नसक्ने ज्येष्ठ नागरिक पनि लाइन लाग्नुपर्ने स्थिति दुःखद् हो। […]
पूरा पढ्नुहोस्
उच्चशिक्षाका लागि विद्यार्थी विदेशिने क्रमलाई स्वदेशमै सृजना गर्न प्रधानमन्त्रीको आग्रह
काठमाडौँ, साउन १५ प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको पुनः संरचना र पाठ्यक्रममा समयानुकूल परिमार्जन गर्दै उच्चशिक्षाका लागि नेपाली विद्यार्थी विदेशिने क्रमलाई देशमा नै अवसर प्रदान गर्नुपर्ने बताएका छन् । सो विश्वविद्यालयको साधारणसभा बैठक (सिनेट) मा आज अध्यक्षता र सम्बोधन गर्दै कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले समयको माग अनुसार अध्ययन अध्यापनलाई अनुसन्धानमूलक एवं प्रविधिमैत्री बनाउँदै ठुलो […]
पूरा पढ्नुहोस्
तीन प्रदेशका प्रदेश प्रमुख हटाएर नयाँ सिफारिस
काठमाडौँ, साउन १५ सरकारले तीन प्रदेशका प्रदेश प्रमुख हटाउने सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संविधानको धारा १६५ को उपधारा १ बमोजिम बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन र कर्णाली प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्न सिफारिस गरेको हो । साथै मन्त्रिपरिषदको बैठकले तीनै प्रदेशमा नयाँ प्रदेश प्रमुख सिफारिस गरेको […]
पूरा पढ्नुहोस्




