Friday, October 16

वाग्मती

आज प्रतिनिधिसभाबाट ‘राष्ट्र ऋण उठाउने विधेयक २०८०’ पारित

काठमाडौंं, असार १७ प्रतिनिधिसभाबाट ‘राष्ट्र ऋण उठाउने विधेयक २०८०’ पारित भएको छ । आईतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सो विधेयक पारित गरियोस् भनि राख्नु भएको प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा सो प्रस्तावलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्नु भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असार २० गते बुधबार […]

पूरा पढ्नुहोस्

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० असार १७ गतेदेखी असार २३ गते सम्म

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्य कमजोर हुने, खर्च बढ्ने एवं अनावश्यक विवाद आईलाग्न सक्नेछ । आफ्ना बिरोधीहरुले समस्या उत्त्पन्न गर्न सक्छन् । व्यापार व्यवसायमा विभिन्न उतारचढावहरु देखिन सक्नेछ । तर मंगलबार देखि भने दिनहरु शुभ रहनेछन् । प्रेम तथा पारिवारिक जीवन सकारात्मक रहनेछ । […]

पूरा पढ्नुहोस्

हुनेखाने वर्गलाई हेरेर केही वस्तु तथा सेवामा कर वृद्धि : अर्थमन्त्री महत

काठमाडौं, असार १७ अर्थमन्त्री प्रकाशशरण महतले सरकारले हुनेखाने वर्गलाई हेरेर केही वस्तु तथा सेवामा कर वृद्धि गरिएको बताउनुभएको छ । आइतवार प्रतिनिधि सभामा छलफलको लागि पेस भएको आर्थिक विधेयक, २०८०’मा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा.महतले यस्तो बताउनुभएको हो । मन्त्री महतले सांसदहरुले सरकारले ल्याएको बजेट र कर वृद्धि गरिबमैत्री नभएको बताएपनि सरकारले गरिबीको […]

पूरा पढ्नुहोस्

आम जनताको पहुच पुग्ने गरी बजेट ल्याइएको छ : अर्थमन्त्री महत

काठमाडौं, असार १६ अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट मुलुकको आर्थिक वृद्धि गर्ने र त्यसमा आम नागरिकको पहुँच पुर्‍याउने गरी ल्याइएको दावी गर्नु भएको छ । शुक्रबार राष्ट्रियसभाको दोस्रो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । […]

पूरा पढ्नुहोस्

हल्का देखि मध्यम वर्षाको सम्भावना : मौसम पूर्वानुमान महाशाखा

काठमाडौं, असार १६ हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। शनिबार बिहान देशभर आँशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका […]

पूरा पढ्नुहोस्

रोजगारीको अवसरका लागि विदेशिनुभन्दा नेपालमा नै अवसर : अध्यक्ष ओली

काठमाडौं, असार १६ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शिक्षा हासिल गरिसकेपछि रोजगारीको अवसरका लागि विदेशिनुभन्दा नेपालमा नै अवसर भएको बताउनुभएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा हिजो शुक्रबार आयोजना गरिएको ‘कृषि उद्यमबाट समृद्धि’ विषयक कार्यक्रममा उहाँले नेपालमा केही हुँदैन भनेर विदेश जानुभन्दा कृषि कर्मबाट अवसर खोज्न सकिने बताउनुभयो । विद्यार्थी र ओलीबीच प्रश्नोत्तर […]

पूरा पढ्नुहोस्

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन : नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

चितवन, असार १६ नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसेको हो । सोही स्थानमा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो । पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको […]

पूरा पढ्नुहोस्

मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा : एसिसी इस्ट जोन यू–१६ कप क्रिकेट

काठमाडौँ, असार १५ मलेसियामा जारी एसिसी इस्ट जोन यू–१६ कप क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपाल घरेलु टोली मलेसियालाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले मलेसियालाई ८४ रनले पराजित गर्दै सेमिफाइनलका लागि यात्रा तय गरेको हो । यस जितसँगै नेपाल समुुह ए को विजेतासमेत बन्यो […]

पूरा पढ्नुहोस्

विभिन्न कार्यक्रमका साथ आज राष्ट्रिय धान दिवस मनाइँदै

काठमाडौं, असार १५ आज असार १५ गते, देशैभर २०औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव मनाइँदै छ । शुक्रबार ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि : धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । तर, यस वर्ष अझैसम्म पर्याप्त पानी नपर्दा देशैभर रोपाईं प्रभावित भएको छ । उपत्यका, उच्च पहाडी भेग […]

पूरा पढ्नुहोस्

इन्सेक : चितवनमा पचास वटा गम्भीर प्रकृतिका मुद्धादर्ता

चितवन, असार १५ जिल्लामा सन् २०२३ को जनावरी देखि जुन सम्म ५० वटा गम्भीर प्रकृतिका मानब अधिकार उल्ंघनका मुद्धा दर्ता भएका छन् । आठवटा शिर्षकमा ती मुद्धा दर्ता भएका हुन । यस वर्ष सबैभन्दा धेरै जवरजस्ती करणीका मुद्धा दर्ता भएको अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जनाएको छ । अर्धबार्षिक पुस्तक समिक्षा कार्यक्रममा दिईएको जानकारी अनुसार […]

पूरा पढ्नुहोस्