Wednesday, October 28

प्रदेश

क्यानडासँग नेपाल फेरी पराजित

काठमाडौँ, असोज १६ नेपाल आज त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत क्यानडासँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा क्यानडाले नेपाललाई ४ विकेटले पराजित गरेको हो । नेपालले दिएको १४० रनको लक्ष्य पछाएको क्यानडाले १९.३ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । त्यस अघि नेपालले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर […]

पूरा पढ्नुहोस्

यस्तो छ आज र भोलिको मौसम पूर्वानुमान

काठमाडौँ, असोज १६ देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर-पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।कोशी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ असोज १६ गते बुधबार

आजको राशिफल बि.सं.२०८१ असोज १६ गते बुधबार ई.सं.२०२४ अक्टोबर ०२ नेपाल सम्बत ११४४ ञंलागा आमै, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज कृष्ण औंसी, चन्द्रमा कन्या राशिमा, उत्तर फाल्गुनी नक्षत्र, ब्रद्म योग, चतुष्पद करण । आज नेपालमा सूर्योदय बिहान ०५: ५७ बजे, सूर्यास्त साँझ ०५: ४८ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या […]

पूरा पढ्नुहोस्

शिगेरु जापानको नयाँ प्रधानमन्त्री चयन

काठमाडौँ, असोज १५ शिगेरु इशिबा जापानको नयाँ प्रधानमन्त्री बनेका छन् । सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का अध्यक्ष निर्वाचित भएका शिगेरु प्रधानमन्त्रीमा चयन भएका हुन् । संसदको दुवै सदनमा एलडिपीको बहुमत भएकाले शिगेरु सजिलै प्रधानमन्त्रीमा चयन भएको जापानी मिडिया एनएचके न्युजले उल्लेख गरेको छ । ६७ बर्षिय शिगेरु जापानको १०२औ प्रधानमन्त्री बनेका छन् । शिगेरुले […]

पूरा पढ्नुहोस्

उद्धार र राहतसँगै अवरुद्ध सडक तत्काल सुचारु गर्न सरकारसँग कांग्रेसको माग

काठमाडौँ, असोज १५ नेपाली कांग्रेस संसदीय दलले बाढी पहिरोमा परेका नागरिकको खोज उद्धार र राहतसँगै अवरुद्ध सडकमार्ग तत्काल सुचारु गर्न सरकारसँग माग गरेको छ । मंगलवार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले बाढी पहिरोमा बेपत्ता भएकाको उद्धार खोजि गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिएका छन् । कांग्रेसले प्राकृतिक प्रकोपको […]

पूरा पढ्नुहोस्

सकियो १५ दिने तमू भाषा प्रशिक्षण : ‘पहिचानका लागि भाषा सिक्न आवश्यक’

भरतपुर, असोज १५ तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद् चितवनले आयोजना गरेको दुईहप्ते ‘तमू भाषा प्रशिक्षण’ कार्यक्रम सकिएको छ । आइतबार तमू ह्युल छोंज धींका केन्द्रीय सल्लाहकार वेलबहादुर गुरूङको उपस्थितिमा तालिमको समापन गरिएको हो । समापन समारोहमा बोल्दै कमलदेवी बोर्डिङ स्कुलका प्रिन्सिपलसमेत रहेका गुरूङले चितवन जिल्लामा बसोवास गर्ने तमू समुदायलाई भाषाको ज्ञान छर्ने जिम्मा […]

पूरा पढ्नुहोस्

सरकारको पूर्वतयारी भन्दा ठूलो विपद् आउदा केही कमजोरी भयो- प्रधानमन्त्री ओली 

काठमाडौँ, असोज १५ प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको पूर्व तयारी भन्दा ठूलो मात्रामा विपद् आएकाले उद्धार र खोजमा कमिकमजोरी भएको बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलमा प्रधानमन्त्री ओलीले ठुलो विपद भएकाले कमि कमजोरी भएको हुनसक्ने बताउदै आगामी दिनमा त्यस्ता कुराहरुलाई सच्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले यो बेलामा जनताले […]

पूरा पढ्नुहोस्

दुर्गा प्रसाईलाई धरौटीमा छोड्न अदालतको आदेश

काठमाडौँ, असोज १५ साइबर अपराधमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलको इजलासले प्रसाईलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । साईविरुद्ध सामाजिक सञ्जालमा एक महिलाको चरित्रहत्या गरेको आरोपमा एउटा मुद्दा दायर भएको छ बहने सामाजिक सञ्जालमार्फत चरित्रहत्यासँग सम्बन्धित अर्को मुद्दा […]

पूरा पढ्नुहोस्

११४ अङ्कले बढ्यो नेप्से, ७ अर्ब ६१ करोडको कारोबार

काठमाडौँ, असोज १५ नेप्सेमा आज ११४ अङ्कको वृद्धि भएको छ । मंगलबार नेप्से ११४.७० अङ्कले बढेर २६२३.५६ विन्दुमा रोकिएको हो । आज ३०७ कम्पनिको कारोबार हुदा एक करोड ७५ लाख ७ हजार ५५५ कित्ता शेयर ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार २५८ को खरिद बिक्री भएको छ । नेप्सेका अनुसार आज १८ कम्पनिको […]

पूरा पढ्नुहोस्

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

काठमाडौँ, असोज १५ दक्षिण सुडानस्थित संयुक्त राष्ट्र संघिय शान्ति मिसनमा तैनाथ तारादल गण (शान्ति सेना) तेह्रौँ डफ्फालाई बदली गर्न खटिएको श्रीनाथ गण (शान्ति सेना) चौधौँ डफ्फाका १७५ जना शान्ति सैनिकहरूको अन्तिम टोली सेनानी पूर्ण बहादुर चन्दको नेतृत्वमा संयुक्त राष्ट्र संघको चार्टर्ड विमानद्वारा मिसन इलाकातर्फ प्रस्थान गरेका छन् । गणपति, प्रमुख सेनानी सुरेश देवकोटाको कमाण्डमा रहेको […]

पूरा पढ्नुहोस्