प्रदेश
बागमती प्रदेशसभाको बैठक असोज ६ मा बस्दै
हेटौडा, असोज १ बागमती प्रदेशसभाको बैठक यही असोज ६ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालयमा दर्ता भएको तीनवटा विधेयकलाई पारित गर्न असोज ६ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको सभामुख भुवनकुमार पाठकले जानकारी दिएका हुन् । यही असोज ६ गते बस्ने प्रदेशसभा बैठकको कार्यसूची तय गर्न असोज ५ गते दिउँसो ३ बजे प्रदेशसभा […]
पूरा पढ्नुहोस्
परराष्ट्रमन्त्री राणा क्यानाडा प्रस्थान
काठमाडौँ, असोज १ परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सोमबार साँझ क्यानाडा प्रस्थान गरेकी छिन्। क्यानाडाको टोरन्टोमा यही सेप्टेम्बर १९ र २० मा आयोजना गरिएको महिला परराष्ट्रमन्त्रीहरुको बैठकमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल र मन्त्रालयका वरिष्ठ अधिकारीहरूले विदाइ गरेका थिए । क्यानाडा र जमैकाद्वारा आयोजित […]
पूरा पढ्नुहोस्
प्रदेश हटाउन सकिदैन, प्रभावकारी बनाउने हो- देउवा
काठमाडौँ, असोज १ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रजातन्त्रको विरुद्ध नहुने स्पष्ट गरेका छन् । काठमाडौंमा मंगलबार कांग्रेसको कानुन विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले संविधानमा सुधार हुने कुराहरू संशोधन गर्ने बताएका हुन् । संबिधान संशोधनलाई सकारात्मक रुपमा बुझ्न आग्रह गर्दै सभापति देउवाले भने- ‘ओलीजी प्रधानमन्त्री हुने बेला संविधान संशोधन गर्ने कुरामा सहमति […]
पूरा पढ्नुहोस्
आज विश्वकर्मा पूजा
काठमाडौँ, असोज १ आज विश्वकर्मा पूजा भगवान विश्वकर्माको पूजा गरेर मनाइँदैछ । कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा एकैसाथ मनाइरहेका छन् । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर […]
पूरा पढ्नुहोस्
सहकारी बारे संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई सभामुखको रुलिङ
काठमाडौँ, असोज १ सभामुख देवराज घिमिरेले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले संसदमा पेश गरेको प्रतिवेदनले दिएका सुझाव कार्यान्यवन गर्न सरकारलाई रुलिङ गरेका छन् । सोमबार बसेको बैठकमा समितिका सभापति सुर्य थापाले समितको प्रतिवेदन पेश गरेका थिए । एमाले सांसद सुर्य थापाको नेतृत्वमा जेठ १५ गते गठन भएको संसदीय छानबिन समितिले […]
पूरा पढ्नुहोस्
प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा सिफारिश
काठमाडौँ, असोज १ प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा सिफारिश भएका छन् । हिजो बसेको संबैधानिक परिषदको बैठकले वरिष्ठताका आधारमा वरिष्ठ न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा शिफारिस गरेको हो । सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ देखि अवकाशमा जाँदै छन् । संविधानको धारा २८४ (३) बमोजिम अवकाशमा जानुभन्दा एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीश नियुक्तिका […]
पूरा पढ्नुहोस्
क्यानडासँग नेपालको लज्जास्पद हार
काठमाडौँ, असोज १ नेपालले आइसीसी विश्वकप लिग-२ अन्तर्गत क्यानडासँग लज्जास्पद हार बेहोरेको छ । गएराती सम्पन्न खेलमा नेपाल क्यानडासँग १०३ रनको फराकिलो हार बेहोरेको हो । क्यानडाले दिएको २५४ रनको लक्ष्य पछाएको नेपालले ४०.१ ओभरमा १५० रन बनाएर अल आउट भएको थियो । नेपालका लागि करण केसीले सर्बाधिक २७ रन बनाएका थिए भने सन्दीप लामिछानेले […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, असोज १ मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव संगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ। हाल देशभर आंशिक देखी साधारणतया बदली रहेको छ।कोशी र बाग्मती प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक दुइ स्थानमा […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ असोज ०१ गते मंगलबार
आजको राशिफल बि.सं.२०८१ असोज ०१ गते मंगलबार ई.सं.२०२४ सेप्टेम्बर १७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्दशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, भदौ शुक्ल चतुर्दशी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, धृति योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०५: ५० बजे, सूर्यास्त साँझ ०६: ०५ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको […]
पूरा पढ्नुहोस्
आइसीसी लिग-२: नामिबियामाथि अमेरिका ६ विकेटले विजयी
काठमाडौँ, असोज १ अमेरिकाले आइसीसी विश्वकप डिभिजन लिग-२ अन्तर्गत नामिबियालाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा अमेरिकाले नामिबियालाई ६ विकेटले पराजित गरेको हो । नामिबियाले दिएको २०० रनको लक्ष्य पछाएको अमेरिकाले ४१.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नामिवियाले ५० ओभरमा ९ विकेट गुमाउदै […]
पूरा पढ्नुहोस्




