प्रदेश
विश्वभरका नेपाली स्वास्थ्यकर्मीको संलग्नतामा ‘नेपाल हेल्थ समिट’ गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय
काठमाडौँ, भाद्र ११ नेपालको स्वास्थ्य क्षेत्रमा सुधारका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यका क्षेत्रमा विश्वभर क्रियाशिल नेपाली विज्ञहरुको सहभागीतामा नेपाल हेल्थ समिट आयोजना गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मंगलबार यससम्बन्धी निर्णय गरेका हुन् । गत साउन २७ गते उनले सार्वजनिक गरेको योजना तथा […]
पूरा पढ्नुहोस्
कडाइका साथ राजश्व चुहावट नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ, भाद्र ११ प्रधानमन्त्री केपी शर्मा ओलीले कडाइका साथ राजश्व चुहावट नियन्त्रण गर्न निर्देशन दिएक छन् । सिंहदरबारमा आज सम्बन्धित मन्त्रालय र निकायका प्रतिनिधिको छलफलमा प्रधानमन्त्री ओलीले चोरी पैठारी, भन्सार छली, भन्सार छुट वा न्यून बीजक गर्ने जस्ता गलत कार्यलाई रोक्न निर्देशन दिएका हुन् । उनले रु १५ खर्बसम्म राजश्व संकलन हुने अर्थतन्त्रको क्षमता भएकोले लक्ष्यअनुसार […]
पूरा पढ्नुहोस्
बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म २०८ जनाको मृत्यु
काठमाडौँ, भाद्र ११ अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी मंगलबार दिउँसोसम्म २ सय ८ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २९ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ४५ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी […]
पूरा पढ्नुहोस्
महामन्त्रीद्वयको प्रस्तावले कांग्रेसमा हलचल, सभापति देउवाले बोलाए बैठक
काठमाडौँ, भाद्र ११ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासँग आज बुढानीलकण्ठस्थित आफ्नो निवासमा छलफल गर्दै छन् । पार्टीको केन्द्रीय समिति बैठक जारी रहेको र महामन्त्रीद्वयको प्रस्तावमाथि छलफल भइरहेको अवस्थामा देउवाले दुवै महामन्त्रीलाई आफ्नो निवास बोलाएर छलफल गर्न लागेका हुन् । बैठकमा सभापति देउवाले उपसभापति पूर्ण बहादुर खड्का र धनराज गुरुङलाई […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ भदौ ११ गते मंगलबार
आजको राशिफल बि.सं.२०८१ भदौ ११ गते मंगलबार ई.सं.२०२४ अगस्त २७ नेपाल सम्बत ११४४ गुंलागा नवमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, भदौ कृष्ण अष्टमी, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, हर्षण योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०५: ४० बजे, सूर्यास्त साँझ ०५: २९ बजे हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको […]
पूरा पढ्नुहोस्
अस्ट्रेलियामा कार्यालय समयपछि फोन र म्यासेजको जवाफ दिन नपर्ने कानुन लागु
काठमाडौँ, भाद्र ११ अष्ट्रेलियामा ‘राइट टु डिस्कनेक्ट’ को नयाँ नियम लागू भएको छ, जसमा अफिस समयपछि घरमा पुगिसकेपछि कम्पनीको कल र म्यासेजको जवाफ दिन बाध्य महसुस गर्नेहरूलाई राहत दिइएको छ । नयाँ कानूनले कर्मचारीहरूलाई ड्युटी घण्टा पछि कुनै पनि सन्देशलाई मालिकको हप्काउने डर बिना बेवास्ता गर्ने स्वतन्त्रता दिएको छ । गत वर्ष प्रकाशित एक सर्वेक्षणमा […]
पूरा पढ्नुहोस्
भारतलाई हराउदै बंगलादेश साफ यू-२० च्याम्पियनसिपको फाइनलमा
काठमाडौँ, भाद्र ११ बंगलादेश काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न दोस्रो सेमिफाइनलमा पेनाल्टी सुट आउटमा डिफेन्डिङ च्याम्पियन भारतलाई ४-३ गोल अन्तरले पराजित गर्दै बंगलादेश फाइनलमा पुगेको हो । यस अघि निर्धारित ९० मिनेटको खेलमा दुवै देशले १-१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट गरिएको थियो । अब […]
पूरा पढ्नुहोस्
एकीकृत समाजवादीले पदाधिकारी चयन निर्वाचनबाट गर्ने
काठमाडौँ, भाद्र ११ नेकपा (एकीकृत समाजवादी) को पदाधिकारी निर्वाचनद्वारा चयन हुने भएको छ । पदाधिकारी चयनका लागि आइतबारदेखि जारी बैठकमा सहमति जुट्न नसकेपछि निर्वाचन गर्न लागिएको हो । गत असारमा सम्पन्न एकीकृत समाजवादीको १०औं महाधिवेशनले पार्टी अध्यक्षमा माधव कुमार नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाललाई चयन गरेको थियो । बाँकी १८ जना […]
पूरा पढ्नुहोस्
जनताको मुद्दा बोक्न प्रहरीहरुलाई गृहमन्त्री लेखकको निर्देशन
काठमाडौँ, भाद्र १० गृहमन्त्री रमेश लेखकले जनताको मुद्दा बोक्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरुको समुद्घाटन समारोहमा गृहमन्त्री लेखकले जनताको मुद्दा बोक्दा प्रहरीहरुको मुद्दा पनि सँगै आउने बताए । ‘प्रहरी साथीहरुलाई आत्मविश्वास काम गर्न आग्रह गर्दछु । जनताको मुद्दा बोक्नुपर्यो । जनताको मुद्दा बोक्दा आफ्नो मुद्दापनि […]
पूरा पढ्नुहोस्
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
काठमाडौँ, भाद्र १० आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सोमबार सुन तोलामा एक सयले घटेर एक लाख ५२ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि आइतबार सुनको मुल्य १ लाख ५२ हजार ४ सय रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १८४० मा […]
पूरा पढ्नुहोस्




