Thursday, October 29

प्रदेश

सुनकोसीमा खसेको गाडी निकालियो, बेपत्ता तीन जनाको खोजी जारी

काठमाडौँ, भाद्र ९ सिन्धुलीमा भएको दुर्घटनामा सुनकोसी नदीमा खसेको गाडी निकालिएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश खुर्कोटको गोताखोर टोलीले गाडीलाई नदी किनारमा निकालेको छ । शनिबार साँझ करिब साढे ५: ३० बजे हाइलक्स गाडी सुनकोसीमा खस्दा ३ जना बेपत्ता भएका थिए । भक्तपुरको सूर्यविनायक नगरपालिका ४ बाट हलेसी तीर्थयात्रा गएर फर्किने […]

पूरा पढ्नुहोस्

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ, भाद्र ९ आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुन तोलामा एक हजारले बढेर एक लाख ५२ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि शुक्रबार सुनको मुल्य १ लाख ५१ हजार ४ सय रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेर १८५० मा […]

पूरा पढ्नुहोस्

साफ यू-२० च्याम्पियनसिप: पहिलो सेमिफाइनलमा आज नेपाल र भुटान भिड्दै

काठमाडौँ, भाद्र ९ काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलका खेल आजदेखि शुरु हुदै छन् । सेमिफाइनलको पहिलो खेलमा आज नेपालले भुटानको सामना गर्दै छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुने छ । यस प्रतियोगितामा नेपाल समुह ए का दुवै खेल जितेर समुह विजेता हुदै सेमिफाइनल खेल्दै छ । नेपालले […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ, भाद्र ९ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वतिर सरदर स्थानको केही  उत्तर  दिशा तर्फ अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भैरहेको छ। आज दिउँसो देशभर आंशिक देखि […]

पूरा पढ्नुहोस्

सुनकोसी नदीमा हाईलक्स गाडी खस्दा तीन जना बेपत्ता, खोजी कार्य जारी

काठमाडौँ, भाद्र ९ सिन्धुलीस्थित सुनकोसी नदीमा हाईलक्स गाडी खसेको छ । शनिबार साँझ साढे ५ बजेको समयमा सिन्धुलीको कुँडुले भन्ने ठाउँबाट हाइलक्स गाडी सुनकोसीमा खसेको थियो । उक्त गाडीमा ४ जना सवार रहेका थिए । प्रहरीका अनुसार एक जना हामफालेर बाहिर निस्किएका छन् भने तीन जना अझै बेपत्ता रहेका छन् । प्रहरीको गोताखोर टोलीले बेपत्ताको […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ भदौ ०९ गते आइतबार

आजको राशिफल बि.सं.२०८१ भदौ ०९ गते आइतबार ई.सं.२०२४ अगस्त २५ नेपाल सम्बत ११४४ गुंलागा षष्ठी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, भदौ कृष्ण षष्ठी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, ध्रुव योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०५: ३९ बजे, सूर्यास्त साँझ ०५: ३१ बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको […]

पूरा पढ्नुहोस्

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८१ भदौँ ९ गतेदेखी भदौँ १५ गते सम्म

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आईतबार र सोमबार व्यापार व्यवसायका दृष्टिबाट सकारात्मक रहने देखिन्छ । सन्तानबाट काम मा सहयोग प्राप्त हुनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । तपाईको कलात्मक एवं सिर्जनात्मक क्षमता उच्च रहने देखिन्छ । आफ्ना साथीभाईबाट महत्वपुर्ण सहयोग प्राप्त हुनेछ । बिरोधीहरु पराजित […]

पूरा पढ्नुहोस्

भदौ १० मा टुडिखेलमा प्रसंसा संरक्षण समूहले गौरा विशेष कार्यक्रम आयोजना गर्दै

काठमाडौँ, भाद्र ९ काठमाडौंको टुडिखेलमा यही भदौ १० गते गौरा विशेष कार्यक्रम हुने भएको छ। प्रसंसा संरक्षण समूहले विगत २७ वर्षदेखि गर्दै आएको गौरा विशेष कार्यक्रम यस वर्ष पनि आयोजना गरिने सांस्कृतिक विभाग प्रमुख एवं निर्तमान अध्यक्ष यज्ञराज उपाध्यायले बताए। कार्यक्रममा देउडा खेल,  छलिया, पुतला, गौरा, ठको खेल, छलो, भुवोलगायत सांस्कृतिक प्रस्तुति रहने उपाध्याय जनाए। […]

पूरा पढ्नुहोस्

शिखर धवनको अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौँ, भाद्र ८ भारतीय क्रिकेटर शिखर धवनले अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । उनले शनिबार बिहान सामाजिक सञ्जाल वेबसाइट एक्समा पोस्ट गर्दै यो जानकारी दिएका हुन् । शिखर धवनले ३४ टेस्ट र १६७ ओडीआई खेलेका छन् । उनले एकदिवसीय खेलमा ६७९३ रन बनाएका छन् भने टेष्टमा ५८ इनिङ्समा २३१५ रन बनाएका छन् […]

पूरा पढ्नुहोस्

आँबुखैरेनी बस दुर्घटना: अस्पताल पुगेर गृहमन्त्रीले लिए घाइतेको उपचार बारे जानकारी

काठमाडौँ, भाद्र ८ गृहमन्त्री रमेश लेखकले त्रिवि शिक्षण अस्पतालमा पुगेर बस दुर्घटनामा परी घाइते भएकाहरुको स्वाथ्य अवस्थाबारे जानकारी लिएका छन् । शुक्रबार पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहराबाट बस मर्स्याङ्दी नदीमा दुर्घटनामा २७ जनाले ज्यान गुमाएका थिए भने १६ जना घाइते भएका छन् । घाइते भएकाहरुको अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । सोही घटनापछि […]

पूरा पढ्नुहोस्