Thursday, October 29

प्रदेश

विश्वको दोस्रो ठूलो हीरा भेटियो

काठमाडौँ, भाद्र ७ विश्वको दोस्रो ठूलो हीरा बोत्सवानामा फेला परेको छ । बीबीसीका अनुसार क्यानेडियन फर्म लुकारा डायमण्डको कायरोको खानीमा २४९२ क्यारेटको हीरा फेला परेको छ । सन् १९०५ मा दक्षिण अफ्रिकामा फेला परेको ३१०६ क्यारेटको कुलिनन डायमण्डपछि यो अहिलेसम्मकै सबैभन्दा ठूलो हीरा हो । काइरो खानी बोत्सवानाको राजधानी गाबोरोनबाट करिब ५०० किलोमिटर टाढा छ […]

पूरा पढ्नुहोस्

संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ, भाद्र ७ संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।  शुक्रबार दिउँसो ३ बजेर ७ मिनेटमा ३.९ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । गढीडाँडा बजार आसपास केन्द्र भएर भूकम्प गएको केन्द्रले जानकारी दिएको छ ।

पूरा पढ्नुहोस्

टिकटकमाथिको प्रतिबन्ध खुला गर्ने सरकारको निर्णय

काठमाडौँ, भाद्र ७ सरकारले टिकटकमाथि प्रतिबन्ध खुलाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले शर्तसहित टिकटकलाई लगाइएको प्रतिबन्ध खुल्ला गर्ने निर्णय गरेको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् । बैठकले टिकटकलाई तीन महिनाभित्रमा विभिन्न मापदण्ड र प्रक्रिया पूरा गर्न पनि सरकारले निर्देशन गरेको छ । तत्कालिन पुष्पकमल दाहाल प्रचण्ड सरकारले गत वर्षको […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ, भाद्र ७ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही  उत्तर  दिशा तर्फ अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेश र बागमती  प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ भदौ ०७ गते शुक्रबार

आजको राशिफल बि.सं.२०८१ भदौ ०७ गते शुक्रबार ई.सं.२०२४ अगस्त २३ नेपाल सम्बत ११४४ गुंलागा चतुर्थी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, भदौ कृष्ण चतुर्थी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, शूल योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०५: ३८ बजे, सूर्यास्त साँझ ०५: ३३ बजे हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको […]

पूरा पढ्नुहोस्

‘एक्टर: टेक वान’ को फर्स्ट लुकमा प्रदीपका पाँच अवतार

काठमाडौँ, भाद्र ६ फिल्म ‘एक्टर: टेक वान’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका मुख्य कलाकार प्रदीप खड्का फिचर्ड छन् । पोस्टरमा प्रदीपका पाँच तस्बिर छन् । घाइते तस्बिर, नेपाली पोसाकमा रहेको तस्बिर, पाइलटको पोसाकमा रहेको तस्बिर, लामो कपालमा क्याजुल पोसाकमा रहेको तस्बिर र हल्का जाडोमा स्वेटर लगाएका पाँच लुकमा प्रदीप फिचर्ड छन् […]

पूरा पढ्नुहोस्

नेप्सेमा सामान्य वृद्धि, १९ अर्बको कारोबार

काठमाडौँ, भाद्र ६ नेप्से आज सामान्य अङ्कले बढेको छ । विहिबार नेप्से ६.०१ अङ्कले बढेर २९७४.४६ विन्दुमा पुगेको छ । आज कूल ४ करोड ९ लाख ५१ हजार ७२० कित्ता शेयर रु १९ अर्ब १६ करोड ६ लाख ५२ हजार ८५ मूल्यमा खरिद बिक्री भएका छन् । त्यस्तै आज  तारागाउँ रिजेन्सी होटल, नारायणी डेभलपमेन्ट बैंक, […]

पूरा पढ्नुहोस्

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

जनकपुरधाम, भाद्र ६ आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । विहिबार सुन तोलामा ११ सयले घटेर एक लाख ५१ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि बुधबार सुनको मुल्य अहिलेसम्मकै उच्च १ लाख ५३ हजार रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य आज प्रतितोला ५ ले घटेर […]

पूरा पढ्नुहोस्

प्रदेश प्रहरी समायोजनका लागि संघिय प्रहरी कानुन संसोधन गर्दैछौं- गृहमन्त्री लेखक

जनकपुरधाम, भाद्र ६ गृहमन्त्री रमेश लेखकले प्रदेशका प्रहरी समायोजन सहितका समस्या समाधानका लागि संघिय प्रहरी कानुन संसोधन हुने गरि नयाँ कानुननै बनाउन लागिएको बताएका छन् । सिरहा र धनुषामा आयोजना हुन लागेको विभिन्न कार्यक्रमहरुमा सहभागिताका लागि आएका गृहमन्त्री लेखकले जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग  कुराकानी गर्दै नयाँ प्रहरी कानुन बनाउन मन्त्रालयबाट निर्णय गरि अर्थ मन्त्रालयमा पठाइसकिएको र […]

पूरा पढ्नुहोस्

सरकारले चलाएका उद्योगहरु घाटामा जानु हुन्न- प्रधानमन्त्री ओली

काठमाडौँ, भाद्र ६ प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चलाएका कुनै पनि उद्योग र संस्थानहरु घाटामा जान नहुने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायसँग सम्बन्धित विषयमा आज भएको ब्रिफिङमा प्रधानमन्त्री ओलीले उद्योगका लागि सडक बाटो, बिजुलीलगायतका पूर्वाधारका वातावरण तयार भइसकेकाले अब औद्योगिकीकरणमा लाग्न आग्रह गरेका हुन् […]

पूरा पढ्नुहोस्