Thursday, October 29

प्रदेश

सर्वेक्षणमा ट्रम्पलाई पछि पार्दै ह्यारिस अगाडी

काठमाडौँ, भाद्र ३ अमेरिकी राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले पछिल्लो पोलमा ट्रम्पलाई पछाडी पारेकी छन् । सीबीएस न्यूजले गरेको राष्ट्रव्यापी पोलमा डेमोक्रेटिक उम्मेदवार ह्यारिसको पक्षमा ५१ प्रतिशत मत देखिएको छ भने रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको पक्षमा ४८ प्रतिशत मत देखिएको छ । सोमबारदेखि शुरु हुन लागेको डेमोक्रेट पार्टीको नेशनल कन्भेन्सन अघि सार्बजनिक भएको यो पोलको […]

पूरा पढ्नुहोस्

आज जनै पूर्णिमा: कस्तो छ शास्त्रीय मान्यता ?

काठमाडौँ, भाद्र ३ प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा […]

पूरा पढ्नुहोस्

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १८२ जनाको मृत्यु

काठमाडौँ, भाद्र ३ अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी आइतबार दिउँसोसम्म १ सय ८२ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा ५५ जना, लुम्बिनी […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ, भाद्र ३ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ भदौ ०३ गते सोमबार

आजको राशिफल बि.सं.२०८१ भदौ ०३ गते सोमबार ई.सं.२०२४ अगस्त १९ नेपाल सम्बत ११४४ गुंलाथ्व पुन्हि, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, श्रावण शुक्ल पूर्णिमा, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, शोभन योग, विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ०५: ३६ बजे, सूर्यास्त साँझ ०५: ३७ बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको […]

पूरा पढ्नुहोस्

साफ यू-२० च्याम्पियनसिपमा नेपालको विजयी शुरुवात

काठमाडौँ, भाद्र २ नेपालले साफ यू-२० च्याम्पियनसिपमा विजयी शुरुवात गरेको छ । आजदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो । नेपालको जितमा खेलको २४औं मिनेटमा निराजन धामीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समुह ए […]

पूरा पढ्नुहोस्

रुसमा गयो ७.० म्याग्निच्युडको भूकम्प, भयानक ज्वालामुखी बिष्फोटको धुवाँँ ८ किमी माथीसम्म

मस्को, भाद्र २ रुसको पूर्वी तटीय क्षेत्रमा आइतबार बिहान ७.० म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण सो क्षेत्रमा रहेको शिवेलुच नामक ज्वालामुखी विस्फोट भएको थियो ।  रुसी समाचार एजेन्सी टासको रिपोर्टका अनुसार ज्वालामुखी विष्फोटपछि उठेको धुवाँको मुस्लो तटीय क्षेत्रबाट ८ किलोमिटर उचाइसम्म देखिएको थियो । यो ज्वालामुखी रुसी तटीय सहर पेट्रोपाभलोभस्ककमचात्स्कीबाट ४५० किलोमिटर टाढा छ। […]

पूरा पढ्नुहोस्

“दोश्रो तीज विशेष उद्यमशिल एक्स्पो तथा व्यापार मेला–२०८१” को तयारी तीब्र

भरतपुर, भाद्र २ महिला उद्यमशिलताको प्रबद्र्धन गर्न र आर्थिक गतिविधिहरुलाई चलायमान बनाउने उद्देश्यका साथ भरतपुर भ्रमण वर्ष २०२४ अन्तर्गत आयोजित “दोश्रो तीज विशेष उद्यमशिल एक्स्पो तथा व्यापार मेला–२०८१” को तयारी तीब्र रुपमा अगाडि बढेको छ । उद्यमशिल महिलाहरुलाई एकै छानामुनी जमघट गराएर अनुभव साटासाट गर्ने र दिगो उद्यमशिलतालाई टेवा पु¥याउने उद्देश्यका साथ चितवन उद्योग संघ, […]

पूरा पढ्नुहोस्

सुनको मुल्य अहिलेसम्मकै उच्च

काठमाडौँ, भाद्र २ आज नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । आइतबार सुन तोलामा ३ हजारले बढेर एक लाख ५२ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि शुक्रबार सुनको मुल्य तोलाको १ लाख ४९ हजार ६ सय रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि […]

पूरा पढ्नुहोस्

अर्थ मन्त्रालयमा सहसचिवहरुको जिम्मेवारी हेरफेर

काठमाडौँ, भाद्र २ मन्त्रिपरिषद्को निर्णय अनुसार सरुवा भइ अर्थ मन्त्रालय आएका  सहसचिवहरुको जिम्मेवरी तोकिनुका साथै केही सहसचिवको जिम्मेवारी हेरफेर गरिएको छ । दीपक लामिछानेलाई विरगञ्ज भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासक, कविता रेग्मीलाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक, गोपीकृष्ण कोइरालालाई आन्तरिक राजस्व विभाग उपमहानिर्देशक, रमेश अर्याललाई  ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासक, पार्वती शर्मालाई मध्यमस्तरीय करदाता कार्यालयको […]

पूरा पढ्नुहोस्