Sunday, November 1

प्रदेश

आज सुनचाँदीको मुल्य कति छ ?

काठमाडौं, साउन ७ आज नेपाली बजारमा आज पनि सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मुल्य भने घटेको छ । सोमबार सुन तोलाको एक सयले बढेर एक लाख ४६ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि आइतबार सुनको मुल्य तोलाको १ लाख ४६ हजार २ सय रहेको थियो […]

पूरा पढ्नुहोस्

साउने सोमवारको व्रत किन बसिन्छ ?

काठमाडौं, साउन ७ साउन र देवताहरुका पनि देवता महादेवबीच गहिरो सम्बन्ध छ । साउन महिना भगवान शिवलाई अत्यन्त प्रिय छ । हरिशयनी एकादशी अर्था आषाढ शुक्ल एकादशीमा भगवान् विष्णु क्षीर सागरमा सुतेपछि हरिबोधिनी एकादशीसम्म भगवान् शिवले सृष्टि सञ्चालनको जिम्मा लिन्छन् । त्यस्तै, सूर्य पनि साउनबाट नै दक्षिणतर्फ ढल्किन थाल्छन् अर्थात् साउनबाट दक्षिणायन सुरु हुन्छ । […]

पूरा पढ्नुहोस्

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १३० जनाको मृत्यु

काठमाडौं, साउन ७ अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी आइतबार दिउँसोसम्म १ सय ३० जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा २४ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी […]

पूरा पढ्नुहोस्

फिस्लिङमा पहिरो खस्दा मुग्लिन–काठमाडौं सडक अवरुद्ध

काठमाडौं, साउन ७ पृथ्वी राजमार्ग अन्तर्गत पर्ने मुग्लिन–काठमाडौं सडक खण्ड पहिरो खसेर अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिकाको फिस्लिङमा पहिरो खस्दा उक्त सडक पूर्ण रुपमा अवरुद्ध हुन पुगेको हो । यस अघि तयारी अवस्थामा डोजर राख्ने गरिएकोमा यस बर्ष पहिरो हटाउने डोजर तयारी अवस्थामा नराखेकोले समयमा पहिरो हटाउन नसकेको र घन्टौंसम्म सवारी साधन रोकिएको स्थानीयले […]

पूरा पढ्नुहोस्

महिला एशिया कप: पाकिस्तानसँग नेपाल ९ विकेटले पराजित

काठमाडौं, साउन ७ जारी महिला एशिया कप अन्तर्गत नेपाल पाकिस्तानसँग पराजित भएको छ । नेपालले दिएको १०९ रनको लक्ष्य पछाएको पाकिस्तानले  ११.५ ओभरमा १ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै १०८ रन बनाएको थियो । नेपालका लागि सिता राना मगरले २६, […]

पूरा पढ्नुहोस्

आज प्रतिनिधि सभाको बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची

काठमाडौं, साउन ७ आज प्रतिनिधि सभाको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज प्रतिनिधि सभाको बैठक अपराहन्न १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुसँग प्रश्नोत्तर कार्यक्रम रहेको छ । त्यस्तै आजको बैठकमा कानुनमन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको बिधायन सम्बन्धि विधेयक, २०८० माथि विचार गरियोस […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौं, साउन ७ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ । हाल देशभर साधारणतया बदली रहेको छ । गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली […]

पूरा पढ्नुहोस्

बाइडेनले छोडे राष्ट्रपतिको उम्मेदवारी, कमला ह्यारिसलाई समर्थन

काठमाडौं, साउन ७ अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको उम्मेदवारी फिर्ता लिएका छन् । ८१ बर्षिय बाइडेनले आफ्नो उम्मेदवारी फिर्ता लिदै आफ्नी सहकर्मी र उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवारमा समर्थन गर्ने घोषणा गरेका हुन् । पछिल्लो समय बढ्दो उमेर र स्वास्थ्यका कारण बाइडेनले रिपब्लिकन पार्टीका उम्मेदवार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनौती दिन नसक्ने भन्दै उनलाई उम्मेदवारी […]

पूरा पढ्नुहोस्

ओली प्रधानमन्त्री बन्दा सबैभन्दा बढी खुशी छु, तर विश्वासको मत दिदैनौं- लिङदेन

काठमाडौं, साउन ६ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । आज प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई विश्वासको मत नदिने स्पष्ट गरेका हुन् । अध्यक्ष लिङ्देनले आफू र आफ्नो दलको विगतमा एमालेसँग निर्वाचनमा तालमेल भएको उल्लेख गर्दै ओली प्रधानमन्त्री बन्दा आफु सबैभन्दा धेरै खुसी […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री ओलीले पाए विश्वासको मत, पक्षमा १८८ सांसद

काठमाडौं, साउन ६ प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत पाएका हुन् । गत असार ३० गते संबिधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आज विश्वासको मत लिएका हुन् । आजको विश्वासको मतको प्रक्रियामा कुल २६३ सांसद उपस्थित रहेकोमा पक्षमा १८८ […]

पूरा पढ्नुहोस्