प्रदेश
सिमलताल दुर्घटना: अहिलेसम्म २० शव भेटिए, बसको खोजी जारी
चितवन, साउन ३ सिमलताल पहिरोमा परेर त्रिशूलीमा हराइरहेको बसका थप एक यात्रुको शव फेला परेको छ । बिहीबार भरतपुर महानगरपालिका २६ शिशुवार क्षेत्रमा नारायणी नदीको किनारमा एक पुरुषको शव फेला परेको चितवन प्रहरीले जनाएको छ । शवको सनाखत हुन भने बाँकी रहेको प्रहरीले जानकारी दिएको छ । शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याइएको छ । […]
पूरा पढ्नुहोस्
दुई तिहाईको कसरतमा प्रधानमन्त्री ओली
काठमाडौं, साउन ३ प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद्बाट विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने दिन आइतबार नै प्रधानमन्त्री ओलीले संसद्बाट देशवासीलाई सम्बोधन गर्ने तयारी समेत गरेका छन् । संसद्मा दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर ओली प्रधानमन्त्री बनेपछि अब उनको निशाना विश्वासको मत लिदा दुई तिहाई पुर्याउने रहेको छ […]
पूरा पढ्नुहोस्
सिमलताल दुर्घटना: १९ शव फेला, १४ जनाको सनाखत
चितवन, साउन ३ नारायणगढ– मुग्लिन सडकको सिमलतालमा गत असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म १९ जनाको शव फेला परेको छ । प्रहरीकाअनुसार १९ मध्ये १४ शवको सनाखत भएको छ भने बाँकी पाँच जनाको सनाखत हुन बाँकी छ । सनाखत हुनेमा भारतका ऋषिपाल साह, चितवन माडीका विकास परियार, सर्लाहीका […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौं, साउन ३ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको छ । हाल देशभर साधारणतया बदली रहि कोशी, बागमती र लुम्बिनी प्रदेशका केही र गण्डकी प्रदेशको थोरै स्थानरुमा हल्का देखि मध्यम वर्षा भैरहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ […]
पूरा पढ्नुहोस्
श्रावन ३ गते बिहिबारको वैदिक राशिफल। तपाईको दिन शुभ रहोस् ।
आजमिति २०८० साल श्रावन ३ गते बिहिबार तदअनुसार जुलाई १८ तारिख, नेपाल संवत ११४४ दक्षीणयन वर्षा ऋतु शुक्ल पक्षको द्धादशी तिथी, जेष्ठा नक्षत्र, शुक्ल योग छ । आज चन्द्रमा बृश्चिक राशिमा अवस्थित छन् , तपाँईको आजको राशिफल यसप्रकार रहनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज समय ठिकै छ । […]
पूरा पढ्नुहोस्
ढाकास्थित दूतावासले नेपालीलाई भन्यो- अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु
काठमाडौं, साउन ३ बङ्गलादेशमा आरक्षण विरोधी प्रदर्शन हिंसात्मक बनेपछि ढाकास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई आफू बसेको स्थानबाट बाहिर ननिस्कन सतर्क गराएको छ । बुधवार सूचना जारी गर्दै दुताबासले नेपाली विद्यार्थीलाई आफू बसेको स्थानबाट बाहिर ननिस्कन आग्रह गरको हो । राजदूतावासले कारणवश कलेज प्रशासनले होस्टेलबाट सुरक्षित स्थानमा जान वा आफू बसेको स्थान प्रतिकूल भएमा […]
पूरा पढ्नुहोस्
गृहमन्त्रालयको अध्ययन कार्यदलको टोली घटनास्थल सिमलतालमा
चितवन, साउन ३ सिमलतालमा गएको पहिरोले बगाएको दुई बस घटनाको छानबिन गर्न गठित गृहमन्त्रालयको अध्ययन कार्यदलको टोली घटनास्थलमा पुगेको छ । अध्ययन टोलीले घटनास्थलको अवलोकन गरेपछि चितवनका प्रहरी प्रशासन तथा सरकोरवालासँग छलफल गर्ने तथा जारी बसको खोजी प्रकृयाबारे जानकारी लिने बताइएको छ । नयाँ गृहमन्त्री रमेश लेखकले आफुले पदभार सम्हालेको पहिलो दिनै गृह मन्त्रालयका सहसचिव […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने
काठमाडौं, साउन २ प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते आइतबार विश्वासको मत लिने भएका छन् । असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आगामी आइतबारको संसदको बैठकमा विश्वासको मत लिने भएका छन् । सो अनुसारको पत्र संसद सचिवालयलाई बुझाउने तयारी गरिएको छ ।
पूरा पढ्नुहोस्
प्रहरी ऐनको संशोधन प्रस्ताव एक महिनाभित्र संसद्मा लैजान्छु- गृहमन्त्री लेखक
काठमाडौं, साउन २ गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी ऐन, २०१२ सम्बन्धी संशोधन प्रस्ताव एक महिनाभित्र संसद्मा लैजाने बताएका छन् । बुधबार प्रहरी प्रधान कार्यालय पुगेका गृहमन्त्री लेखकले प्रहरीसम्बन्धी कानुनको संशोधन प्राथमिकतामा रहेको बताए । प्रहरी संगठनलाई थप व्यवस्थित र क्रियाशील बनाउन प्रहरी ऐनमा संशोधन आवश्यक रहेको बताउदै उनले भने- ‘केही कानुन नयाँ बनाउनुपर्नेछ, केही कानुनमा संशोधन […]
पूरा पढ्नुहोस्
नेपालसहित ६ देशले जिते आइसीसी डेभलपमेन्ट अवार्ड
काठमाडौं, साउन २ आइसीसीले नेपालसहित ६ देशलाई आइसीसी डेभलपमेन्ट अवार्ड २०२३ प्रदान गरेको छ । आइसीसीका एसोसियट देश मध्ये २१ देशबाट विभिन्न विधामा ६ देश छनौट गरिएको आईसीसीले जनाएको छ । ग्लोबल आइसीसी डेभलपमेन्ट अवार्ड जित्ने देशमा नेपालसहित मेक्सिको, ओमान, नेदरल्याण्डस, युएई र स्कटल्याण्ड रहेका छन् । जसमा मेक्सिकोले आइसीसी डेभलपमेन्ट इनिसियटिभ अफ द इयर […]
पूरा पढ्नुहोस्




