Thursday, October 15

समाज

ललितपुरको बङ्गलामुखी मन्दिर नजिकैको घरमा आगलागी

काठमाडौँ, भाद्र ३ ललितपुरको बङ्गलामुखी मन्दिर नजिक एक घरमा आगलागी भएको छ । मन्दिरको पछाडिको घरमा लागेको आगो निभाउने प्रयास जारी रहेको छ । अहिले ललितपुर महानगरको नगर प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।

पूरा पढ्नुहोस्

आज जनै पूर्णिमा: कस्तो छ शास्त्रीय मान्यता ?

काठमाडौँ, भाद्र ३ प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा […]

पूरा पढ्नुहोस्

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १८२ जनाको मृत्यु

काठमाडौँ, भाद्र ३ अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी आइतबार दिउँसोसम्म १ सय ८२ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा ५५ जना, लुम्बिनी […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ, भाद्र ३ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। […]

पूरा पढ्नुहोस्

“दोश्रो तीज विशेष उद्यमशिल एक्स्पो तथा व्यापार मेला–२०८१” को तयारी तीब्र

भरतपुर, भाद्र २ महिला उद्यमशिलताको प्रबद्र्धन गर्न र आर्थिक गतिविधिहरुलाई चलायमान बनाउने उद्देश्यका साथ भरतपुर भ्रमण वर्ष २०२४ अन्तर्गत आयोजित “दोश्रो तीज विशेष उद्यमशिल एक्स्पो तथा व्यापार मेला–२०८१” को तयारी तीब्र रुपमा अगाडि बढेको छ । उद्यमशिल महिलाहरुलाई एकै छानामुनी जमघट गराएर अनुभव साटासाट गर्ने र दिगो उद्यमशिलतालाई टेवा पु¥याउने उद्देश्यका साथ चितवन उद्योग संघ, […]

पूरा पढ्नुहोस्

एनआरएन नेपाल डेभलपमेन्ट फण्डलाई कार्यान्वयनमा ल्याउने तयारी

काठमाडौँ, भाद्र २ एनआरएन नेपाल डेभलभमेन्ट फण्डलाई कार्यान्वयनमा ल्याउने तयारी भएको छ । यसैक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी, संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो लगायतबीच अर्थ मन्त्रालयमा छलफल भएको छ । सो अवसरमा २०८१ साल भदौको तेस्रो हप्ताभित्र डेभलपमेन्ट फण्डलाई सञ्चालनमा ल्याउन आवश्यक पर्ने प्रकृया पूरा गर्ने सहमति भएको […]

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, भाद्र २ देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम […]

पूरा पढ्नुहोस्

भदौ ५ मा एक्सपर्ट चितवनले शैक्षिक मेला गर्दै

भरतपुर, भाद्र १ एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले शैक्षिक मेला ‘इन्लाइटन एडु’ आयोजना गर्दै छ । उक्त मेलामा अष्ट्रेलिया, युके र न्युजिल्याण्डका ५० भन्दा बढी युनिभर्सिटी तथा कलेजका प्रतिनिधिबाट विद्यार्थीले जानकारी लिन सक्नेछन् । एक्सपर्ट चितवनको कार्यालय भवन ‘बेसक्याम्प’मा आगामी भदौ ५ गते आयोजना गर्न लागिएको मेला बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चल्ने […]

पूरा पढ्नुहोस्

बोस्टन कलेज‌मा ‘दिगो अर्थतन्त्रका लागि नवप्रवर्तनीय बित्त’ कार्यक्रम सम्पन्न

चितवन, भाद्र १ बोस्टन ईन्टरनेशनल कलेज भरतपुरले दिगो अर्थतन्त्रका लागि नवप्रवर्तनीय बित्त (इनोभेटिभ फाइनान्स फर सस्टेनएबल इकोनोमी) विषयक खुला छलफल कार्यक्रम सम्पन्न गरेको छ। बित्त क्षेत्रसँग सम्बन्धित बैंक, बिमा, शेयर बजार, उ‌द्योग, बाणिज्य र उच्च शैक्षिक संस्थालाई एउटै मन्चमा ल्याएर वित्त क्षेत्रमा आएका नवप्रवर्तनको बारेमा साक्षात्कार गराई व्यबस्थापन शिक्षासँग जोड्ने उ‌द्देश्यका साथ उक्त कार्यक्रमको आयोजना […]

पूरा पढ्नुहोस्

डेढ दशकदेखि चितवनमा विशुद्ध इन्जिनियरिङ अध्यापन गराउँदै युनाइटेड टेक्निकल कलेज

चितवन, भाद्र १ इन्जिनियरिङ अध्ययनका लागि के चितवन बाहिर जानुपर्ने बाध्यता छ ? अहिले त्यस्तो वातावरण ठ्याक्कै छैन भन्दा फरक पर्दैन । किनकी एक दशक बढी समयदेखि विशुद्ध इन्जिनियरिङ विषय अध्यापन गराउँदै आइरहेको चितवनको पुरानो शैक्षिक संस्था हो युनाइटेड टेक्निकल कलेज (युटेक कलेज) ! पोखरा विश्वविद्यालयबाट अनुमति प्राप्त भरतपुर–११ मा रहेको यस कलेज सन् २०१० […]

पूरा पढ्नुहोस्