खेलकुद
फुटबलको प्रतिष्ठित अवार्ड बेलुन डो अरको मनोनयन सार्बजनिक, को को परे ?
काठमाडौँ, भाद्र २० विश्व फुटबलको प्रतिष्ठित अवार्ड बेलुन डो अरको २०२४ को मनोनयन सार्बजनिक गरिएको छ । फ्रान्स फुटबल फेडेरेसनले हरेक बर्ष दिने यो प्रतिष्ठित अवार्डका लागि यस बर्ष ३० जनाको मनोनयन सार्बजनिक गरिएको छ । अब यी ३० जना मध्येबाट नै अक्टोबर २८ मा हुने एक समारोहमा एक जनालाई बेलून डो अर अवार्डले सम्मानित […]
पूरा पढ्नुहोस्
विश्व टेस्ट च्याम्पियनसिप फाइनलको मिति तय
काठमाडौँ, भाद्र १९ आइसीसीले विश्व टेस्ट च्याम्पियनसिप फाइनलको मिति तय र खेल हुने स्थान तय गरेको छ । आइसीसीले जारी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल २०२५ को जुन ११ देखि १५ सम्म ईङल्याण्डको लर्ड्स मैदानमा हुने भएको छ । त्यस्तै आवश्यक परेमा जुन १६ लाई रिजर्भ डे को रुपमा प्रयोग गर्न सकिने आइसीसीले जनाएको छ […]
पूरा पढ्नुहोस्
नेपाली क्रिकेट टिमले आज श्रीलंकामा पहिलो अभ्यास खेल खेल्दै
काठमाडौँ, भाद्र १८ नेपाली राष्ट्रिय क्रिकेटले श्रीलंकामा आज पहिलो अभ्यास खेल खेल्दै छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टिमले श्रीलंकामा श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग खेल्ने तीन एकदिवसीय खेल अन्तर्गत पहिलो खेल आज हुदै छ । यो खेल आज बिहान १०: १५ बजेदेखि शुरु हुदै छ । नेपालले आइसीसी क्रिकेट विश्वकपको लिग – २ […]
पूरा पढ्नुहोस्
नेपाली राष्ट्रिय क्रिकेटले श्रीलंकामा तीन अभ्यास खेल खेल्ने
काठमाडौँ, भाद्र १५ नेपाली राष्ट्रिय क्रिकेटले श्रीलंकामा अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टिमले श्रीलंकामा श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग तीन एकदिवसीय खेल खेल्ने भएको छ । नेपालले आइसीसी क्रिकेट विश्वकपको लिग – २ को तयारीका लागि श्रीलंकामा अभ्यास खेल्ने भएको हो । नेपालले पहिलो खेल सेप्टेम्बर ३ मा. दोस्रो […]
पूरा पढ्नुहोस्
एम्बाप्पेको जादु चलेन, रियल म्याड्रिड बराबरीमा रोकियो
काठमाडौँ, भाद्र १४ स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिड लस पालमाससँग १-१ गोलको बराबरीमा रोकिएको थियो । लस पलमासले खेलको पाँचौं मिनेटमा नै अल्बेर्टो मोलेरिओको गोलमा शुरुवाती अग्रता लिएको थियो । त्यसपछि खेलको ५९औं मिनेटमा रियल म्याड्रिडका भिनिसियस जुनियरले पेनाल्टीबाट गोल गर्दै खेल बराबरी गरेका थिए […]
पूरा पढ्नुहोस्
रोनाल्डो युइएफएको विशेष अवार्डबाट सम्मानित
काठमाडौँ, भाद्र १४ युइएफएले क्रिस्टियानो रोनाल्डोलाई विशेष अवार्डबाट सम्मानित गरेको छ । युइएफ़ए च्याम्पियन्स लिगमा अहिलेसम्मका सर्बाधिक गोलकर्ता रहेका रोनाल्डोलाई १८३ खेलमा १४० गोल गर्दै च्याम्पियन्स लिगको इतिहासमा सर्बाधिक गोलकर्ता रहेका छन् । रोनाल्डोके पाँच च्याम्पियन्स लिग उपाधि जितेका छन् । च्याम्पियन्स लिगमा रोनाल्डोपछि धेरै गोल गर्ने खेलाडी लियोनेल मेसी हुन् । मेसीले १६३ खेलमा […]
पूरा पढ्नुहोस्
भारतलाई हराउदै बंगलादेश साफ यू-२० च्याम्पियनसिपको फाइनलमा
काठमाडौँ, भाद्र ११ बंगलादेश काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न दोस्रो सेमिफाइनलमा पेनाल्टी सुट आउटमा डिफेन्डिङ च्याम्पियन भारतलाई ४-३ गोल अन्तरले पराजित गर्दै बंगलादेश फाइनलमा पुगेको हो । यस अघि निर्धारित ९० मिनेटको खेलमा दुवै देशले १-१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट गरिएको थियो । अब […]
पूरा पढ्नुहोस्
वोल्भ्समाथि चेल्सी शानदार जित
काठमाडौँ, भाद्र १० इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले वोल्भ्सविरुद्ध शानदार जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा चेल्सीले वोल्भ्सलाई ६-१ गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा नोनी माडुएकेले ह्याट्रिक गरेका थिए भने निकोलस ज्याक्सन, कोल पाल्मर र जोआओ फेलिक्सले एक एक गोल गरेका थिए । एटलेटिको म्याड्रिडबाट चेल्सीमा परमानेन्ट रुपमा आएपछि खेलेको […]
पूरा पढ्नुहोस्
नेपाल साफ यू- २० च्याम्पियनसिपको फाइनलमा
काठमाडौँ, भाद्र १० नेपाल काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ । नेपालले पेनाल्टी सुट आउटमा भुटानलाई ४-१ ले पराजित गर्दै नेपाल प्रतियोगिताको फाइनलमा पुगेको हो । पेनाल्टी सुट आउटमा नेपालका गोलकिपर जियाराथ सेखले दुई पेनाल्टी बचाएका थिए । यसअघि निर्धारित ९० मिनेटको खेलमा दुवै देशले १-१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट […]
पूरा पढ्नुहोस्
साफ यू-२० च्याम्पियनसिप: पहिलो सेमिफाइनलमा आज नेपाल र भुटान भिड्दै
काठमाडौँ, भाद्र ९ काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलका खेल आजदेखि शुरु हुदै छन् । सेमिफाइनलको पहिलो खेलमा आज नेपालले भुटानको सामना गर्दै छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुने छ । यस प्रतियोगितामा नेपाल समुह ए का दुवै खेल जितेर समुह विजेता हुदै सेमिफाइनल खेल्दै छ । नेपालले […]
पूरा पढ्नुहोस्




