खेलकुद
श्रीलंकासँग भारतको लज्जास्पद हार, सिरिजमा श्रीलंका २-० ले विजयी
काठमाडौँ, साउन २४ श्रीलंकाले भारतसँगको जारी एकदिवसी सिरिज जितेको छ । बुधबार सम्पन्न सिरिजको तेस्रो खेलमा भारतलाई ११० रनको फराकिलो अन्तरले पराजित गर्दै श्रीलंकाले सिरिज २-० ले जितेको हो । यस खेलमा श्रीलंकाले दिएको २४९ रनको लक्ष्य पछाएको भारतले २६.१ ओभरमा अल आउट हुदै १३८ रन मात्र बनाएको थियो । भारतका लागि कप्तान रोहित शर्माले […]
पूरा पढ्नुहोस्
काभा महिला भलिबलको फाइनलमा आज नेपाल र भारत भिड्दै
काठमाडौँ, साउन २३ नेपालले आज काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा भारतको सामना गर्दै छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने फाइनल खेल साँझ ५ बजेदेखि शुरु हुने छ । मंगलबार सम्पन्न सेमिफाइनल खेलमा नेपालले इरानलाई सोझो सेटमा ३-० ले पराजित गरेको थियो । त्यस्तै पहिलो सेमिफाइनलमा भारतले श्रीलंकालाई ३-० ले पराजित […]
पूरा पढ्नुहोस्
पेरिस ओलम्पिकमा ७३ देशले जिते पदक, चीन शिर्ष स्थानमा
काठमाडौँ, साउन २२ जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ७३ देशले पदक जितेका छन् । आइतबार सम्पन्न खेलपछि ४५ देशले स्वर्ण पदक जितेका छन् भने कुल ७३ देशले पदक जितेका छन् । जसमा चीन २१ स्वर्ण, १८ रजत र १४ काश्य पदक जितेर शिर्ष स्थानमा रहेको छ भने अमेरिका २० स्वर्ण, ३० रजत र २८ काश्य पदक […]
पूरा पढ्नुहोस्
काभा महिला भलिबलको सेमिफाइनल खेल आज, नेपालले इरानविरुद्ध खेल्दै
काठमाडौँ, साउन २२ काठमाडौँमा जारी काभा महिला नेसन्स भलिबल लिगको सेमिफाइनलका खेल आज हुदै छन् । यो खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने सेमिफाइनल खेलमा पहिलो खेल अपराहन्न ३ बजे भारत र श्रीलंकाबीच हुदै छ । त्यस्तै दोस्रो सेमिफाइनल खेल नेपाल र इरानबीच अपराहन्न ५: १५ बजेदेखि शुरु हुने छ । यस […]
पूरा पढ्नुहोस्
‘नमेटिने घाउ’ को पोष्टर सार्बजनिक
काठमाडौँ, साउन २१ अभिनेता रमित ढुंगानाको निर्माण र निर्देशनमा बनेको फिल्म ‘नमेटिने घाउ’ आगामी भदौ ७ गतेबाट प्रदर्शनमा आउँदैछ । वर्तमान प्रधानमन्त्रीदेखि पूर्व प्रधानमन्त्रीसम्मको अभिनयका कारण चर्चामा रहेको फिल्मको सोमबार फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । एसिड पीडितको पीडाभाव दर्शाइएको पोस्टरमा प्रधानमन्त्री केपी शर्मा ओली औँला ठड्याउँदै चेतावनी शैलीमा प्रस्तुत गरिएको छ । एसिड आक्रमणमा […]
पूरा पढ्नुहोस्
भारतमाथि श्रीलंकाको शानदार जित
काठमाडौँ, साउन २१ श्रीलंकाले जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा भारतलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा श्रीलंकाले भारतलाई ३२ रनले पराजित गरेको हो । श्रीलंकाले दिएको २४१ रनको लक्ष्य पछाएको भारतले ४२.२ ओभरमा अल आउट हुदै २०८ रन मात्र बनाएको थियो । भारतको लागि कप्तान रोहित शर्माले सर्बाधिक ६४ रन बनाए भने अक्सर पटेलले […]
पूरा पढ्नुहोस्
क्यानडामा खेल्ने आइसीसी विश्वकप लिग-२ को सिरिजका लागि नेपालको प्रारम्भिक टिमको घोषणा
काठमाडौँ, साउन २० नेपाल क्रिकेट संघ (क्यान) ले आगामी सेप्टेम्बरमा हुने क्यानडा र ओमानविरुद्धको आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजका लागि २२ खेलाडीलाई क्लोज क्याम्पमा बोलाएको छ । क्यानले कप्तान रोहित पौडेलसहित २२ खेलाडीलाई क्लोज क्याम्पमा बोलाएको हो । नेपालले क्लोज क्याम्पका लागि बोलाएका खेलाडीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ सेख, अनिल शाह, देव […]
पूरा पढ्नुहोस्
पेरिस ओलम्पिकको महिला फुटबलको सेमिफाइनल समीकरण पुरा
काठमाडौँ, साउन २० जारी पेरिस ओलम्पिकको महिला फुटबलको सेमिफाइनल समीकरण पुरा भएको छ । गएराती सम्पन्न क्वाटरफाइनलका खेलहरु सकिएसँगै सेमिफाइनलको समीकरण पुरा भएको हो । क्वाटरफाइनलमा ब्राजिलले फ्रान्सलाई १-० गोल अन्तरले पराजित गरेको छ भने जर्मनीले क्यानडालाई पेनाल्टी सुट आउटमा ४-२ ले पराजित गरेको छ । त्यस्तै स्पेनले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४-२ अन्तरले पराजित गरेको […]
पूरा पढ्नुहोस्
काभा महिला भलिबलमा नेपालको भारतमाथि ऐतिहासिक जित
काठमाडौँ, साउन २० नेपालले काठमाडौँमा जारी काभा वुमन्स नेसन्स भलिबल लिग अन्तर्गत भारतमाथि शानदार जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न यो खेलमा नेपालले भारतलाई ३-२ को सेटमा पराजित गरेको थियो । नेपाली महिला भलिबल टिमले पहिलो पटक भारतलाई पराजित गरेको हो । यो जितपछि नेपालले २ अंक […]
पूरा पढ्नुहोस्
काभा वुमन्स नेसन्स भलिबल: आज नेपाल र भारत भिड्दै
काठमाडौं, साउन १९ नेपालले काठमाडौँमा जारी काभा वुमन्स नेसन्स भलिबल लिग अन्तर्गत आज भारतको सामना गर्दै छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज अपराहन्न ३ बजेदेखि यो खेल शुरु हुने छ । यसअघि बिहीबार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेर प्रतियोगितामा विजयी शुरुवात गरेको छ । नेपाल […]
पूरा पढ्नुहोस्




