Thursday, October 15

Author: Sarbatra Khabar

आगामी भदौ १३ देखि ३१ गतेसम्म हुने एशिया कप क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाडौँ, साउन ४ आगामी भदौ १३ देखि ३१ गतेसम्म हुने एसिसी एशिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो उद्घाटन खेलमा पाकिस्तानको सामना गर्ने भएको छ । एशियन क्रिकेट काउन्सिल (एसिसी) ले सार्वजनिक गरेको खेलतालिका अनुसार उद्घाटन खेलमा नेपालले घरेलु टोली पाकिस्तानको सामना गर्ने भएको हो । आगामी भदौ १३ गते हुने उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट […]

पूरा पढ्नुहोस्

एसीसी इमर्जिङ टिम्स कप : नेपाल तीन विकेटले विजयी

काठमाडौं, साउन ४ एसीसी इमर्जिङ टिम्स एसिया कपमा आफ्नो अन्तिम खेलमा नेपाल विजयी भएको छ । कुशल भुर्तेलले ६ विकेट तथा सानदार अर्धशतकको सहयोगमा नेपालले प्रतियोगिताको आफ्नो अन्तिम खेल युएई ए लाई ३ विकेटले पराजित गरेको हो । पि सारा ओभल कोलोम्बोमा भएको खेलमा युएईले दिएको १ सय ५८ रनको लक्ष्य नेपालले २३ ओभरमा ७ […]

पूरा पढ्नुहोस्

केन्द्रिय समितिको बैठक लाइभ हुनुले जनतामा भ्रम पैदा हुँदैन : अर्थमन्त्री महत

काठमाडौं, साउन ४ अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस केन्द्रिय समितिको बैठक लाइभ हुनुले जनतामा भ्रम पैदा नहुने बताउनुभएको छ । हिजो बुधबार समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अर्थमन्त्रीले यस्तो बताउनुभएको हो । उहाँले पार्टी सभापति शेरबहादुर देउवाले बैठकको लाइभ गरेर जनतालाई यथार्थ कुरा बुझाउनुभएको बताउनुभयो । अर्थमन्त्रीले विगतमा भित्र एउटा र […]

पूरा पढ्नुहोस्

केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने : कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं, साउन ४ नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । ललितपुरस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट बैठक सुरु हुने बताइएको छ । मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा हिजोबाट केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सुरु भएको थियो।

पूरा पढ्नुहोस्

राष्ट्रियसभा बैठक आज बस्दै

काठमाडौं, साउन ४ राष्ट्रिय सभा बैठक बिहीबार बस्दैछ । बिहीबारको बैठकको सम्भावित कार्यसूची अनुसार राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धि पत्रको ब्यहोरा जानकारी गराउने सङ्घीय संसद् सचिवालयले जनाएको छ । राष्ट्रिय सभा बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बोलाइएको छ । यसका साथै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री […]

पूरा पढ्नुहोस्

एमाले अध्यक्ष ओली निर्वाचन पर्यवेक्षणका लागि कम्बोडिया प्रस्थान

काठमाडाैं, साउन ३ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गर्नुभएको छ । कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षकका रुपमा अध्यक्ष ओलीसहितको छ सदस्यीय टोली गए राति कम्बोडिया प्रस्थान गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । टोलीमा अध्यक्ष ओलीसँगै उहाँका पत्नी राधिका शाक्य, पार्टीका उपमहासचिव विष्णु रिमाल, अध्यक्ष ओलीका स्वकीय सचिव राजेश […]

पूरा पढ्नुहोस्

आजदेखि कांग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने

काठमाडौं, साउन ३ नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा बुधबारदेखि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सुरू हुने भएको छ । मंगलबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा बुधबारबाट केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने छन् । प्रत्येक सदस्यलाई ७ मिनेटको समय दिइएको छ । बैठक केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेदेखि सुरु हुनेछ । एक वर्षपछि मंगलबारदेखि सुरू […]

पूरा पढ्नुहोस्

आयोजनाको कार्यालय उद्घाटन गर्न प्रधानमन्त्री गोरखा जाँदै

काठमाडौं, साउन ३ प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार गोरखा जाने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहाल बुधबार बिहान ११ बजेपछि गोरखा प्रस्थान गर्नुहुने उहाँको सचिवालयले जनाएको छ । उहाँले बूढीगण्डकी जलविद्युत आयोजनाको कार्यालयको उद्घाटन त्याहाँ पुगेर गर्नु हुनेछ ।

पूरा पढ्नुहोस्

२१ बुँदे प्रतिवेदन कांग्रेस रूपान्तरण अभियानले पार्टीलाई बुझायो

काठमाडौं, साउन ३ नेपाली कांग्रेसको रूपान्तरण अभियानले पार्टीलाई २१ बुँदे प्रतिवेदन बुझाएको छ । हिजो मंगलबारको पार्टी केन्द्रिय कार्यसमिति बैठकअघि अभियानलेपार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत प्रतिवेदन पार्टीलाई बुझाएको हो । प्रतिवेदन बुझाइसकेपछि बोल्दै कांग्रेस नेता गुरु घिमिरेले पार्टीलाई यथास्थितिबाट मुक्त गर्न नसकिने बताउनुभयो । उहाँले यथास्थितिले आगामी दिनमा आउनसक्ने चुनौतिको सामना गर्न कांग्रेसले नसक्ने बताउनुभयो ।

पूरा पढ्नुहोस्

एसीसी इमर्जिङ कप : आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं, साउन ३ एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा बुधबार नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) ‘ए’बीच प्रतिस्पर्धा हुँदै छ । खेल श्रीलङ्काको कोलम्बोस्थित पिसारा ओभल स्टेडियममा नेपाली समय अनुसार बिहान १०ः १५ बजेबाट सुरु हुनेछ । समूह बी मा रहेका नेपाल र युएई दुवै समूह चरणबाट बाहिरी सकेका छन् । प्रतिष्ठाका लागि दुवै टोली […]

पूरा पढ्नुहोस्