Thursday, October 15

Author: Sarbatra Khabar

आवश्यक जनशक्तिको तलबभत्ता आफैं व्यहोर्न स्थानीय तहलाई परिपत्र : स्वास्थ्य मन्त्रालय

काठमाडौं, असार ५ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहहरुलाई आधारभूत अस्पतालका लागि आवश्यक जनशक्तिको तलबभत्ता आफैं व्यहोर्न परिपत्र जारी गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट ७ बुँदे परिपत्र गर्दै मन्त्रालयले संघीय सरकारलाई आर्थिक भार परेको भन्दै आधारभूत अस्पतालका लागि आवश्यक जनशक्तिको तलब भत्ता आफैं व्यवस्था गर्न स्थानीय तहहरुलाई आग्रह गरेको हो । मन्त्रालयले ५, १० र […]

पूरा पढ्नुहोस्

घट्यो नेप्से २६ अंकले

काठमाडौं, असार ५ पछिल्ला दिन उकालो लाग्दै आएको शेयर बजारको वृृद्धिमा ब्रेक लागेको छ । सोमबार झिनो अंकको करेक्सन आएको बजार मंगलबार दोहोरो अंकले घट्यो । उतार चढावबीच बजार परिसूचक नेप्से २६ अंकले ओरालो लागेर २ हजार ६४ कायम भएर थामियो । पछिल्ला तीन कारोबार दिन ५ अर्ब हाराहारी पुगेको कारोबार यसदिन पनि ४ अर्बमाथि […]

पूरा पढ्नुहोस्

कमजोरी सच्याउन सभामुख घिमिरेको निर्देशन

काठमाडौँ, असार ५ सभामुख देवराज घिमिरेले बजेट पुस्तिकामा रहेका कमजोरी सच्याउन सरकारलाई निर्देशन दिनुभएको छ । प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकमा उहाँले बजेट पुस्तिकामा कमजोरी रहेको पाइएको र केही प्रदेशको नाम उल्लेख हुनुपर्नेमा अङ्क रहेको पाइएकाले सच्याउन निर्देशन दिनुभएको हो । आजको बैठकमा छलफलका लागि तय भएको सहरी विकास मन्त्रालयअन्तर्गतको विभिन्न शीर्षकमा लुम्बिनी प्रदेश उल्लेख […]

पूरा पढ्नुहोस्

नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै : आइसिसी क्रिकेट

काठमाडौं, असार ५ आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगितामा मंगलबार नेपालले अमेरिकासँग खेल्दैछ । जिम्बावेको ताकासिङ्गा स्पोर्टस् क्लबमा नेपाली समयअनुसार दिउँसो पौने १ बजे यो खेल सुरु हुनेछ । नेपाल र अमेरिका दुबै टोली मंगलबार पहिलो जित निकाल्ने योजनामा छन् । छनौट प्रतियोगिताको पहिलो खेलमा नेपाललाई आयोजक जिम्बावेले हराएको थियो भने अमेरिका वेस्ट इन्डिजसँग पराजित […]

पूरा पढ्नुहोस्

राष्ट्रिय भूकम्प मापन : दार्चुलाको खाणेश्वरी केन्द्रविन्दु भएर भूकम्प

दार्चुला, असार ५ दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ५५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो। यसअघि गत जेठ २९ गते बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो।

पूरा पढ्नुहोस्

शेयर बजारमा सामान्य गिरावट

काठमाडौं, असार ५ विगत केही दिनदेखि लगातार बुलिस ट्रेण्डमा रहँदै आएको शेयर बजारमा हिजो सोमबार सामान्य करेक्सन आएको छ । करिब ३ अंकको गिरावट आएको बजारमा कारोबार रकम भने करिब ५ अर्ब हाराहारीमै भएको नेप्सेले जनाएको छ । हिजो सोमबार ५ उपसूचक हरियो रहँदा विकास बैक समूह सबैभन्दा बढी १ सय ३१ अंकले उकालो लाग्यो […]

पूरा पढ्नुहोस्

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

काठमाडौं, असार ५ प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ। विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको जारी छलफल अन्तर्गत आज शहरी विकास, खानेपानी, अर्थ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने सम्भावित कार्यसूची छ।

पूरा पढ्नुहोस्

विद्युतीय मुद्रा (डिजिटल करेन्सी) जारी गर्ने तयारी : नेपाल राष्ट्र बैङ्क

काठमाडौँ, असार ४ नेपाल राष्ट्र बैङ्कले विद्युतीय मुद्रा (डिजिटल करेन्सी) जारी गर्ने तयारी गरेको छ । केन्द्रीय बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले हालसम्म विश्वका ११ मुलुकले विद्युतीय मुद्रा जारी गरिसकेकाले नेपालले पनि त्यसबारे अध्ययन र तयारी गरेको बताउनुभयो । वित्तीय तथा विद्युतीय साक्षरताबारे माछापुच्छ्रे बैङ्क र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन), नेपालबीचको सहमतिपत्रमा हस्ताक्षर […]

पूरा पढ्नुहोस्

सत्ता टिकाउने मोर्चा मात्रै नबनोस् समाजवादी मोर्चा : नेता झलनाथ खनाल

काठमाडौं, असार ४ पूर्वप्रधानमन्त्री नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चालाई सत्ता टिकाउने मोर्चा मात्र नबनाउन नेताहरुलाई आग्रह गर्नुभएको छ । सोमबार काठमाडौंमा आयोजित समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले समाजवादी मोर्चा केवल सत्ता टिकाउने मोर्चा मात्रै नबनाउन नेताहरुलाई आग्रह गर्नुभएको हो । नेता खनालले देशभरका वामपन्थी, समाजवादी र क्रान्तिकारीहरुलाई एकतावद्ध […]

पूरा पढ्नुहोस्

पोखरा महानगरपालिका : पोखरामा पनि आजबाट हिन्दी सिनेमा नचल्ने

पोखरा, असार ४ पोखरामा पनि आजबाट हिन्दी सिनेमा नचल्ने भएका छन् । बलिउड चलचित्र ‘आदिपुरुष’ को संवादलाई लिएर पोखरामा पनि हिन्दी सिनेमा प्रदर्शनमा प्रतिबन्ध लगाइएको हो । पोखरा महानगरपालिकाले एक परिपत्र जारी गर्दै सोमवारबाट हिन्दी सिनेमा प्रदर्शनमा प्रतिबन्ध लगाएको हो । ‘दक्षिण भारतीय चलचित्र (फिल्म) ‘आदिपुरुष’मा समावेश गरिएको जानकी भारतीय छोरी हुन भन्ने शब्द नसच्चिएसम्म […]

पूरा पढ्नुहोस्