Sunday, October 11

Author: Sarbatra Khabar

पौडेललाई निर्वाचित गर्दा संविधान च्यात्ने जोखिम हुँदैन : सभापति देउवा

काठमाडौं ,फागुन १८ राष्ट्रपतिमा पौडेललाई निर्वाचित गर्दा विगतमा जस्तो संविधान च्यात्ने जोखिम नहुने नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले  बताउनुभएको छ । सभापति देउवाले विगतमा राष्ट्रपतिबाट संविधानको रक्षकको भूमिका नमिठो अनुभूति दिलाएको भन्दै अब पौडेल राष्ट्रपति भएपछि त्यस्तो अवस्था नआउने विश्वास व्यक्त गर्नुभयो । संघीय सांसदलाई अभिमुखीकरण गर्न कांग्रेसले गरेको कार्यक्रममा सभापति देउवाले राष्ट्रपतिका उम्मेदवार पौडेलले […]

पूरा पढ्नुहोस्

राष्ट्रपतिमा रामचन्द्र पौडेलको जित निश्चित छ : सांसद प्रदीप पौडेल

काठमाडौं ,फागुन १८ नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेपाली ८ दलीय गठबन्धनमा कांग्रेसको तर्फबाट राष्ट्रपतिमा उम्मेदवार दिनुभएका वरिष्ठ नेता रामचन्द्र पौडेलको जित सुनिश्चित भएको दाबी गर्नुभएको छ । बिहीबार काठमाडौंमा भएको ८ दलीय गठबन्धनका सांसदहरुको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्नुभएका रामचन्द्र पौडेलको पक्षमा मत मागनका […]

पूरा पढ्नुहोस्

कांग्रेसले राष्ट्रपति निर्वाचनका लागि खटायो सातै प्रदेशमा केन्द्रीय नेता

काठमाडौं ,फागुन १८ नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनका लागि सातवटै प्रदेशमा पार्टीका केन्द्रीय नेता खटाएको छ । सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बुधबार बसेको बैठकले पदाधिकारीहरूलाई सातै प्रदेशमा खटाउने निर्णय गरेको थियो । केन्द्रीय कार्यालयका अनुसार कोशी प्रदेशमा महामन्त्री विश्वप्रकाश शर्मा, मधेस प्रदेशमा सहमहामन्त्री फरमुल्लाहा मन्सुर र बागमती प्रदेशमा महामन्त्री गगन थापा, गण्डकी प्रदेशमा उपसभापति धनराज […]

पूरा पढ्नुहोस्

आज नेपाल र यूएई खेल्दै : यू-१९ क्रिकेट

काठमाडौँ ,फागुन १८ युएईमा जारी आईसीसी यु–१९ पुरुष विश्वकपको एसिया छनोटमा नेपालले आज युएईसँग खेल्दैछ। खेल नेपाली समय अनुसार पौने ११ बजेदेखि शुरु हुने छ । नेपाल र युएईले यस प्रतियोगितामा पछिल्ला चारै खेल जितेका छन्। आज नेपाल र युएईबीचको विजेता नै यू-१९ विश्वकपमा छनौट हुने छ। प्रतियोगितामा नेपालले देव खनालको कप्तानीमा खेलिरहेको छ। प्रतियोगितामा […]

पूरा पढ्नुहोस्

आज आठ दलले संघीय सांसदलाई प्रशिक्षण दिने

काठमाडौं ,फागुन १८ राष्ट्रपति निर्वाचनमा एउटै मोर्चा बनाएका ८ दलले आज आफ्ना संघीय सांसदहरूलाई प्रशिक्षण दिने भएका छन्। आज राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरूलाई प्रशिक्षण दिन लागिएको हो। राष्ट्रपतिमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गरेका आठै दलका संघीय सांसदहरूलाई आज बिहीबार दिउँसो १ बजेदेखि प्रशिक्षण दिने कार्यक्रम रहेको छ। कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका […]

पूरा पढ्नुहोस्

तत्काल पेट्रोलियम पदार्थको मूल्य नघटाउने

काठमाडौं ,फागुन १८ इण्डियन आयल कर्पोरेशन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाए पनि नेपाल आयल निगमले भने नघटाउने निर्णय गरेको छ । आईओसीले एलपी ग्यासबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य घटाएर बुधबार नयाँ मूल्यसूची पठाएको थियो तर, नेपाल आयल निगमले भने मूल्य यथावत् रहने जनाएको छ । निगमले हाललाई पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने जनाएको छ ।

पूरा पढ्नुहोस्

कोशी प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं ,फागुन १८ आज बिहीबार कोशी प्रदेशमा  सार्वजनिक बिदा दिइएको छ। प्रदेशको नामकरण भएको खुशीयालीमा सार्वजनिक बिदा दिइएको हो। मन्त्रिपरिषद्को बुधबारको निर्णयअनुसार प्रदेशमा  आज सार्वजनिक बिदा दिने निर्णय भएको प्रदेशका सचिव उमेश बस्नेतले  बताउनुभयो । बुधबार नै प्रदेश सभाले दुई तिहाई बहुमतका साथ नाम टुंगो लगाएको थियो।

पूरा पढ्नुहोस्

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने : नेकपा एस

काठमाडौं ,फागुन १७ नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने भएको छ । नेपाली कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धनमा आवद्ध सो दलको बुधबार बसेको सचिवालय बैठकले राष्ट्रपति निर्वाचनमा कांग्रेस वरिष्ठ नेता पौडेललाई मतदान गर्ने औंपचारिक निर्णय गरेको हो । ८ दलका साझा उम्मेदवार पौडेललाई राष्ट्रपति निर्वाचनमा मतदान गर्ने एकमात्रै निर्णय बैठकले गरेको पार्टीका […]

पूरा पढ्नुहोस्

प्रमुख प्रतिपक्ष दाबी गरेपछि प्रतिनिधि सभाको बैठक नै बस्न सकेन

काठमाडौं ,फागुन १७ दुवै ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले आफूलाई प्रमुख विपक्षी दल दाबी गरेपछि बुधबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेकाले प्रमुख प्रतिपक्षमा आफ्नो हक लाग्ने बताएको छ भने कांग्रेसले आफू सरकारमै नगएकाले प्रमुख प्रतिपक्षको दाबी छाडेको छैन । कांग्रेसले गत पुस […]

पूरा पढ्नुहोस्

आज प्रतिनिधि सभा बैठक दिउँसो बस्दै

काठमाडौं ,फागुन १७ संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक  आज बस्दैछ । बैठक दिउँसो एक बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनु हुने छ । यस्तै, सभामुख घिमिरेले नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधि […]

पूरा पढ्नुहोस्