Author: Sarbatra Khabar
गृह मन्त्रालय नपाए सरकार छोड्ने : राष्ट्रिय स्वतन्त्र पार्टी
काठमाडौँ ,माघ १५ गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीले चेतावनी दिएको छ। सर्वोच्च अदालतको आदेशपछि आज मात्रै पुनः नेपाली नागरिकता प्राप्त गरेका रवि लामिछानेलाई पार्टी सदस्यतादेखि फेरि सभापतिको जिम्मेवारी सुम्पिएको स्वतन्त्र पार्टीले सरकारमा बसिरहन गृह मन्त्रालय नै पाउनुपर्ने बटम लाइन बनाएको हो। गृहमन्त्रीमा पुनः लामिछाने नै जाने या अरूलाई पठाउने भन्ने निर्णय भने […]
पूरा पढ्नुहोस्
खेलकुद क्षेत्रको विकासमा पनि सेन्ट्रल कलेज
चितवन , माघ १५ चितवनमा केन्द्रिय कार्यालय रहेर उच्च शिक्षाका लागि विभिन्न देशमा जान चाहाने विद्यार्थीका लागि शैक्षिक परामर्श दिँदै आएको सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ सेन्टर प्रा.लि. ले खेलकुदको विकासमा एन्फा र विभिन्न क्लबहरुसंग सहकार्यले खेलकुद क्षेत्रको विकासमा थप टेवा पु¥याएको छ । कलेजले चितवन, नवलपुरसहित विभिन्न जिल्लाका एन्फा र क्लबहरुसंग निरन्तर सहकार्य गर्दै […]
पूरा पढ्नुहोस्
नेपाली नागरिकता लिन रवि लामिछाने आज जिल्ला प्रशासन जाने
चितवन , माघ १५ नेपाली नागरिकताको प्रमाणपत्र लिन रवि लामिछाने आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जान लाग्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी स्रोतका अनुसार लामिछानेले आज जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकताको प्रमाणपत्र लिन निवेदन दिनु हुनेछ । अमेरिकी नागरिकता त्यागे पनि नेपालको नागरिकता पुनःप्राप्तिको प्रक्रिया पूरा नगरी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति तथा सांसद भन्नुभएका […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०७९ माघ १५ गतेदेखी २१ गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आईतबार र सोमबार व्यापार व्यवसायका दृष्टिबाट सकारात्मक रहने देखिन्छ । चन्द्रमा ले तपाईको राशिबाट प्रथम स्थान, द्वितीय र तृतीय स्थान गोचर गर्नेछन । सन्तानबाट काम मा सहयोग प्राप्त हुनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । तपाईको कलात्मक एवं सिर्जनात्मक क्षमता […]
पूरा पढ्नुहोस्
रविको फैसलाले देशमा कानुनी राज्य छ भत्रे पुष्टि भएको छ: नेता कोइराला
विराटनगर, माघ १४ नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले शुक्रबार सर्वोच्च अदालतको एक फैसलाले नेपालमा कानूनी राजको उदाहरण प्रस्तुत गरेको धारणा राख्नुभएको छ । नेपाल प्रेस युनियन प्रदेश नं १ समितिको प्रथम अधिवेशनको आज यहाँ उद्घाटन गर्दै नेता कोइरालाले राष्ट्रपतिको निर्वाचन आगामी फागुन २८ गतेभित्र हुुनुपर्ने धाराणा राख्नुभयो । संविधानभन्दा माथि राष्ट्रपति हुन नसक्ने […]
पूरा पढ्नुहोस्
चितवन–२ मा उपनिर्वाचन हुने
काठमाडौं ,माघ १४ सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेपछि प्रतिनिधि सभातर्फ चितवन क्षेत्र नं २ रिक्त भएको छ । यो क्षेत्रमा अब उपनिर्वाचन हुने भएको छ । सर्वोच्चबाट फैसलाको पूर्ण पाठ र औपचारिक जानकारी आएपछि सरकारसँग परामर्श गरेर उपनिर्वाचनको प्रक्रिया सुरू गर्ने निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचन कहिलेसम्म गर्ने भन्नेबारे कानुनमा स्पष्ट […]
पूरा पढ्नुहोस्
यस वर्षको एसईई परीक्षा चैत १७ गते देखि हुने
काठमाडौं ,माघ १४ यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा तालिका राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको छ । यही बुधबार बसेको बैठकको निर्णय अनुसार बोर्डले आज शनिबार परीक्षा तालिका सार्वजनिक गरेको हो । बोर्डको निर्णय अनुसार एसईई चैत १७ गते देखि चैत २९ गतेसम्म हुने भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ […]
पूरा पढ्नुहोस्
केपी ओली कप फुटबल प्रतियोगिता आउँदो फागुन ११ देखि हुने
काठमाडौं , माघ १३ राष्ट्रिय युवा संघ नेपालले केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिता गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार आउँदो फागुन ११ देखि १७ गतेसम्म काठमाडौंमा केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिता हुनेछ । काठमाडौंका विभिन्न खेल मैदानमा हुने प्रतियोगितामा सहभागी हुने टिमले १७ माघभित्र दर्ता गरिसक्नुपर्ने संघका अध्यक्ष अध्यक्ष […]
पूरा पढ्नुहोस्
विपक्षमा फैसला आएपछि रवि लामिछानेको मन्त्री र सांसद पद गुम्याे
काठमाडाैं , माघ १३ सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेको विपक्षमा फैसला सुनाएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा शुक्रबार भएको अन्तिम सुनुवाइपछि सर्वोच्चले लामिछानेको नागरिकतामा कैफियत देखाउँदै विपक्षमा फैसला सुनाएको हो । सर्वोच्चले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर गर्दै […]
पूरा पढ्नुहोस्
सर्वोच्चमा आज पनि गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सुनुवाइ हुने
काठमाडौं , माघ १३ आज शुक्रबार पनि गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सुनुवाइ हुँदैछ। यसअघि यो मुद्दा बुधबार ‘हेर्दाहेर्दै’मा राखिएको थियो। लामिछाने र सरकारी वकिलको बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुन: पुरानै नेपाली नागरिकताको प्रयोग गरेको आरोप लामिछानेलाई लगाइएको छ। अमेरिकाको […]
पूरा पढ्नुहोस्




