Author: Sarbatra Khabar
आजदेखि सरकारी वकिलको राष्ट्रिय सम्मेलन काठमाडौंमा
काठमाडौं, पुस ८ काठमाडौंमा सरकारी वकिलको चौँथो राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदै छ । राष्ट्रियसभा गृहमा तीन दिनसम्म हुने सम्मेलनको प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो साढे ३ बजे उद्घाटन गर्ने महान्यायाधिवक्ताको कार्यालयका सूचना अधिकारी एवंम उपन्यायाधिवक्ता हरिशंकर ज्ञवालीले जानकारी दिनु भएको छ । उहाका अनुसार सम्मेलनमा देशभरका चार सय ६५ जना सरकारी वकिल सहभागी हुने साथै […]
पूरा पढ्नुहोस्
संसदीय दलको नेतामा प्रचण्ड सर्वसम्मत चयन
काठमाडौं , पुस ७ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत संसदीय दलको नेता चयन हुनु भएको छ । बिहीबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलको बैठकले प्रचण्डलाई सर्वसम्मत नेता चयन गरेको हो। प्रत्यक्षका १८ र समानुपातिक तर्फका १४ गरी ३२ सांसद रहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूलाई अबको प्रधानमन्त्रीका रुपमा अघि सार्दै आउनु […]
पूरा पढ्नुहोस्
कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित
काठमाडौं, पुस ६ नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित हुनु भएको छ । महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित हुनु भएको हो । नेता वीरबहादुर बलायरका अनुसार देउवाले ६४ मत पाउँदा गगनले २५ मत पाउनु भएको हो । गगन थापालाई नेता शेखर कोइराला, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश […]
पूरा पढ्नुहोस्
कांग्रेसमा आज संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता
काठमाडौं ,पुस ५ नेपाली कांग्रेसले संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता हुनेछ। आज बिहान ८ देखि १० बजेसम्म उम्मेदवारको लागि दरखास्त दिने समय तोकिएको हो। आजै दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन परिचालन संयोजक भीष्मराज खाङ्देम्बेले जानकारी दिनुभएको हो । उम्मेदवारी दर्ता शुल्क ५१ हजार तोकेको छ। संसदीय दलको नेता चयनको […]
पूरा पढ्नुहोस्
रवि लामेछाने रास्वपाको संसदीय दलको नेतामा चयन
काठमाडौं , पुस ४ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन हुनु भएको छ । आज बिहान बसेको दलको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको रास्वपाका प्रवक्ता मुकुल ढकालले जानकारी गराउनु भएको हो । केन्द्रीय समिति बैठकले प्रारम्भिक चुनावकै आधारमा दलको नेता चयन गर्न निर्देशन दिएको भन्दै ढकालले […]
पूरा पढ्नुहोस्
फ्रान्सलाई हराउँदै अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि
काठमाडौँ, पुस ४ फिफा विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ ।आइतबार राति भएको फाइनल खेलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो । अर्जेन्टिनाका कप्तान लियोनल मेसी कतारमा सम्पन्न फिफा विश्वकप २०२२ को सर्वोत्कृष्ट खेलाडी बनेका छन्। मेसीकै प्रेरणादायी प्रदर्शनमा अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि उचाल्न सफल भएको […]
पूरा पढ्नुहोस्
अर्जेन्टिना र फ्रान्स आज विश्व कप फुटबलको उपाधिका लागि खेल्दै
काठमाडौं, पुस ३ आज अर्जेन्टिना र फ्रान्स फिफा विश्वकप फुटबलको उपाधिका लागि खेल्दैछन् । अर्जेन्टिना र फ्रान्स पहिलो पटक विश्व कपको फाइनलमा खेल्न लागेका हुन्। अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले र फ्रान्स दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० गोलले पराजित गरी फाइनलमा पुगेका हुन्। फ्रान्स विश्वकपको साविक विजेता टोली पनि हो । त्यस्तै विश्व कपमा ८ […]
पूरा पढ्नुहोस्
कांग्रेसको कार्यसम्पादन समिति बैठक आज बस्दै
काठमाडौं ,पुस ३ आज नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक अपराह्न ३ बजे केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गर्नु भएको छ । बैठकले अधिकारसम्पन्न निर्वाचन समिति गठन गर्ने र त्यसले संसदीय दलको निर्वाचन गराउने जिम्मेवारी पाउने जनाईएको छ । आजको […]
पूरा पढ्नुहोस्
प्रदेशसभा निर्वाचन प्रतिवेदन आज सातै प्रदेशका प्रमुखलाई बुझाउने
काठमाडौं ,पुस २ निर्वाचन आयोगले प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन शनिबार सातै प्रदेशका प्रमुखलाई बुझाउने भएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार दिउँसो १ बजे सबै प्रदेशका प्रमुखलाई प्रतिवेदन बुझाउने जानकारी दिनु भयो । यसका लागि आयोगका पदाधिकारी प्रदेशका राजधानी पुगिसकेको । प्रतिवेदन बुझाउन प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया प्रदेश १,आयुक्त सगुनशमशेर […]
पूरा पढ्नुहोस्
निर्वाचित सांसदलाई बधाई दिन एमालेले विशेष कार्यक्रम आयाेजना गर्ने
काठमाडौं, पुस १ नेकपा (एमाले)ले प्रतिनिधि र प्रदेशसभामा निर्वाचित सांसदलाई बधाई दिन विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । एमाले प्रचार विभागका अनुसार आगामी पुस ५ गते राजधानीमा हुने कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई बधाई दिने तय भएको छ । एमालेबाट प्रतिनिधिसभा सदस्यमा ७८ र प्रदेशसभा सदस्यमा १६१ जना निर्वाचित भएका छन् । कार्यक्रममा […]
पूरा पढ्नुहोस्




