आर्थिक
तीन दिने अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी हुने
चितवन, जेठ १८ नेपाल पोल्ट्री महासंघ र इण्डियन पोल्ट्री इक्युप्मेन्ट एशोसिएसनको संयुक्त आयोजनामा भरतपुरमा तीन दिने अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी हुने भएको छ । चितवन एक्स्पो सेन्टरमा हुने एक्स्पोमा आधुनिक यन्त्र, प्रविधि, गुणस्तरीय औषधि, फिड सप्लिमेन्ट्स्, डेरी उद्योग, पोल्ट्री उद्योग, दाना उद्योग, ह्याचरी उद्योग, मासुजन्य उद्योग, पशुपन्छी पालन, प्रशोधन र बजारीकरण सम्बन्धी प्रदर्शनी हुनेछ । एक्स्पोमा […]
पूरा पढ्नुहोस्
दुवै सदनबाट नीति तथा कार्यक्रम पारित गर्ने सम्भावित कार्यसूची
काठमाडौँ, जेठ १३ सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ भने राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजेका लागि डाकिएको छ। दुवै बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सकेर पारित गर्ने कार्यसूची रहेको छ। नीति कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएपछि पारित गर्ने कार्यसूची संसद […]
पूरा पढ्नुहोस्
बागमती सरकारको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत गरिने
काठमाडौँ, जेठ ८ बागमती प्रदेशसभामा यही जेठ १४ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ । सभामुख भुवनकुमार पाठकले आज सो जानकारी दिनुहुँदै जेठ १४ गते प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमलाई सार्वजनिक गर्न दलहरू बीचमा सहमति भएको बताउनुभयो । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोही दिन सरकारको नीति तथा […]
पूरा पढ्नुहोस्
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
काठमाडौँ, जेठ ८ चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरकाे यात्रा सुरु भएको छ । भगवान् महादेवको बासस्थान मानिने कैलाश पर्वत र मानसरोवर यात्राका लागि काठमाडौँबाट त्रिशूली धुञ्चे, स्याफ्रुवेँसी हुँदै त्यसतर्फ जाने यात्रुहरूका कारण रसुवागढी नाकामा चहलपहल बढेको हो । अध्यागमन कार्यालय रसुवागढीका प्रमुख मुरारी निरौराले पछिल्लो समय दैनिक औसत ४० जना यात्रुहरू मानसरोवर जानका लागि नाकाबाट त्यसतर्फ […]
पूरा पढ्नुहोस्
सुनको मूल्यले फेरि बनायो नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
काठमाडौँ, जेठ ६ नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १६०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख ४० हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो । त्यसैगरी आज चाँदीको मूल्य […]
पूरा पढ्नुहोस्
उद्योग वाणिज्य संघ नवलपुरको अध्यक्षमा सापकोटा निर्वाचित
नवलपरासी, जेठ ६ जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को अध्यक्षमा दीपक सापकोटा निर्वाचित हुनुभएको छ । शनिबार राति सम्पन्न अधिवेशनले सापकोटाको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सङ्घको वरिष्ठ उपाध्यक्षमा छवि कँडेल, प्रथम उपाध्यक्ष (वाणिज्य)मा एकदेव रिमाल, द्वितीय उपाध्यक्ष (उद्योग)मा सुरेन्द्र तिवारी, महासचिवमा तेजनारायण पाण्डे, कोषाध्यक्षमा माधवप्रसाद सापकोटा, सचिवमा विष्णुप्रसाद पङ्गेनी […]
पूरा पढ्नुहोस्
निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्छु : कांग्रेस नेता डा. कोइराला
नवलपरासी, जेठ ६ नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले निर्वाचनको बेला आफूले गरेको प्रतिबद्धता पूरा गर्ने बताउनुभएको छ । उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को पाँचौँ साधारणसभाका अवसरमा गैँडाकोटमा आयोजित कार्यक्रममा उहाँले प्रतिबद्धताअनुसार काम भइरहेको बताउनुभयो । “मैले निर्वाचनका बेला यस क्षेत्रको विकासका लागि केही प्रतिबद्धता गरेको थिएँ, तिमध्ये केही योजना हुने प्रक्रियामा छन् । बाँकी […]
पूरा पढ्नुहोस्
पेट्रोलियम पदार्थको मूल्य घट्यो, प्रतिलिटरको भाउ कति पुग्याे ?
काठमाडौँ, जेठ ३ पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले बिहीबारबाट लागू हुनेगरी पेट्रोलमा प्रति लिटर सात रुपैयाँ र डिजेल र मट्टितेलमा पाँच रुपैयाँ मूल्य घटाएको हो । अब पेट्रोल लिटरको १७१ र डिजेल र मट्टितेल १५४ रुपैयाँ भएको छ । वैशाख ३ गते बिहान १ बजेदेखि यो मूल्य लागू हुने पनि निगमले […]
पूरा पढ्नुहोस्
पुल्चोक–गोन्द्राङ् छ लेन सडकखण्ड निर्माण अन्तिम चरणमा
चितवन, जेठ २ भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रको पुल्चोक–गोन्द्राङ् छ लेन सडकखण्ड निर्माण ८५ प्रतिशत सम्पन्न भएको छ । चालु आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन नभए पनि थप बजेट निकासा गरी कामलाई गति दिइएको हो । सडक डिभिजन कार्यालय चितवनका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार चालु आर्थिक वर्षमा रु पाँच करोड मात्र बजेट विनियोजन भएको थियो […]
पूरा पढ्नुहोस्
सरकारको नीति तथा कार्यक्रममा धेरै नयाँ कुरा आएका छन् : गृहमन्त्री लामिछाने
काठमाडौँ, जेठ २ उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा धेरै नयाँ कुराहरु आएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री लामिछानेले नीति तथा कार्यक्रममा धेरै नयाँ कुराहरु आएको बताउनुभएको हो । गृहमन्त्री लामिछानेले सबै मन्त्रालयले नयाँ कुराहरु लिएर आएको भन्दै गृह मन्त्रालय अन्तर्गत […]
पूरा पढ्नुहोस्




