Thursday, October 15

आर्थिक

सार्वजनिक गाडीको भाडा झन्डै ५ प्रतिशतले बढ्यो

काठमाडौं, साउन ३२  सार्वजनिक गाडीको भाडा बढेको छ । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुवाहक र मालवाहक गाडीको भाडादर बढाएको हो । सरकारले तोकेको नयाँ भाडादरअनुसार अब यात्रुवाहक गाडीको भाडा चार दशमलव ७० प्रतिशतले बढेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीको भाडा छ दशमलव १५ प्रतिशत र […]

पूरा पढ्नुहोस्

लम्पीस्किन रोगको सङ्क्रमणले चितवनमा दूध उत्पादन घट्यो

चितवन, साउन ३१  जिल्लामा दूध उत्पादन घटेको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशुविकास अधिकृत डा रामचन्द्र आचार्यले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा दूध उत्पादन ११ दशमलव ९ प्रतिशत घटेको जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो आवमा रु ११ करोड १५ लाख २७ हजार लिटर दूध उत्पादन भएकोमा गत आवमा […]

पूरा पढ्नुहोस्

भूउपयोग नियमावली पारित, जग्गाको कित्ताकाट खुल्यो

काठमाडौँ, साउन ३१ मन्त्रिपरिषद्ले भूउपयोग नियमावली पास गरेको छ। हिजो बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयबारे जानकारी दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भन्नुभयो, “जग्गाको कित्ताकाटसम्बन्धी अहिलेसम्म रोकिएको अवस्था थियो, कित्ताकाट नामसारीलगायतका जग्गासम्बन्धी हालसम्म रोकिएका सबै कामलाई फुकाउने गरी भूउपयोग नियमावली क्याबिनेटले पास गरेको छ।” जग्गा कित्ताकाटबारे जनताले भोग्नुपरेको झमेला अबका दिनदेखि समाधान हुने उहाँको […]

पूरा पढ्नुहोस्

डिजल र मट्टीतेलको भाउ लिटरमा १४ र पेट्रोलमा ५ रुपैयाँ बढ्यो

काठमाडौं, साउन ३० नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्यवृद्धि गरेको छ । मंगलबार राति बसेको निगम सञ्चालक समिति बैठकले डिजल र मट्टीतेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेकाे निगम स्रोतले जानकारी दिएको छ । अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजल तथा मट्टीतेलकाे मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर […]

पूरा पढ्नुहोस्

उद्योग वाणिज्य संघ चितवन र सीएमटी रिसोर्टबीच सम्झौता

चितवन, साउन ३० उद्योग वाणिज्य संघ–चितवनका सदस्य उद्योगी व्यवसायीलाई चितवन मिड टाउन रिसोर्टले हस्पिटालिटी सेवामा सहुलियत दिने भएको छ । उद्योग वाणिज्य संघ–चितवन र होटल बीच आज छुट दिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । उद्योग वाणिज्य संघ–चितवनले संघको संस्थागत उत्तरदायित्व अन्र्तगत रही संघमा आवद्ध सदस्य व्यवसायीलाई उक्त छुट दिने व्यवस्था गरिएको संघका अध्यक्ष चुननारायण […]

पूरा पढ्नुहोस्

बैंकर्स संघसँग अर्थमन्त्रीको छलफल

काठमाडौं, साउन २९ अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल बैंकर्स संघसँग बैंकको ब्याजदर घटाएर अर्थतन्त्रलाई लयमा ल्याउने विषयमा छलफल गर्नुभएको छ । हिजो आइतबार मन्त्रालयमा बैंकर्स संघका पदाधिकारीसहित वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग बैंकको ब्याजदर कम गर्ने विषयमा छलफल गर्नुभएको हो । मन्त्री महतले बैंकका सिइओहरुसँग अर्थतन्त्र चलायमान बनाउन बैंकिङ क्षेत्रले पुर्‍याउनुपर्ने योदानको विषयमा जानकारी गराउनुभएको […]

पूरा पढ्नुहोस्

नेपालको अर्थतन्त्रमा देखिएका समस्या अस्थायी हुन् : अर्थमन्त्री महत

काठमाडौं, साउन २८  अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या अस्थायी भएकाले डराउनुपर्ने अवस्था नरहेको बताउनुभएको छ । हिजो शनिबार ललतिपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अर्थमन्त्री महतले नेपाल अहिले बिस्तारै विकासको बाटोमा अघि बढीरहेको बताउनुभयो । उहाँले नेपालमा व्यापार व्यवसाय गर्नको लागि ठूलो अवसर रहेको भन्दै नेपाल विदेश भन्दा […]

पूरा पढ्नुहोस्

कृषि नीति बन्न नसक्दा कृषि क्षेत्रमा समस्या आयो : मन्त्री भुसाल

काठमाडौँ, साउन २६ कृषि तथा पशुपन्क्षी  डा. बेदुराम भुसालले कृषि नीति बन्न नसक्दा कृषि क्षेत्रमा समस्या देखिएको बताउनुभएको छ । शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कृषिमन्त्री भुसालले यस्तो बताउनुभएको हो । उहाँले अहिलेसम्म कृषि नीति नभएकाले सरकारले कृषि क्षेत्रका नीतिगत रूपमा देखिएको समस्याहरूलाई समाधान गर्न कृषि नीति बनाउने तयारी गरेको जिकिर गनुभयो ।

पूरा पढ्नुहोस्

निर्देशिका जारी भएसँगै बढ्यो करदाता सङ्ख्या : काठमाडौँ महानगरपालिका

काठमाडौं, साउन २५  घर बहाल व्यवस्था निर्देशिका, २०७९ जारी भएसँगै पछिल्लो समय काठमाडौँ महानगरपालिकामा घर बहाल कर बुझाउनेको सङ्ख्या बढेको छ । कामपाको पटकपटकको सूचना र आग्रहलाई समेत व्यवस्था गर्दै आएका नगरवासीले पछिल्लो समय नियमअनुसारनै बहाल कर बुझाउन थालेका छन् । सबै घरधनीलाई करको दायरामा ल्याउनका लागि कामपाले गत फागुन २ गते घर बहाल व्यवस्था […]

पूरा पढ्नुहोस्

चितवनमा फिल्मी अवार्ड, चितवनको लागि गौरब : महाप्रबन्धक हरि कार्की ‘लक्की’

चितवन, साउन २४ चितवनमा हुन लागेको फिल्मी अवार्डको तयारी तीब्र रुपमा अगाडी बढेको छ । चितवनमा लक्की मिडिया हाउस चितवनले पहिलो पटक लक्की फिल्मी फिल्मी अवार्ड गर्दैछ । अवार्ड कार्यक्रमको प्रचार प्रसारको लागि अहिले मिडिया हाउसको टीम देश दौडाहामा छ । मोफसल टुरको कार्यक्रम पश्चात अहिले देशका मुख्य शहरमा अवार्डको प्रचार भइरहेको छ । आयोजकका […]

पूरा पढ्नुहोस्