Saturday, October 10

अन्तराष्ट्रिय

पुटिनले गरे कमला ह्यारिसको समर्थन

काठमाडौँ, भाद्र २१  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कमला ह्यारिसलाई अमेरिकी राष्ट्रपति पदका लागि समर्थन गरेका छन् । पुटिनले डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति हुदा रुसमाथि थप प्रतिबन्ध लाग्ने बताएका छन् । उनी अघि कुनै पनि अमेरिकी राष्ट्रपतिले रुसमाथि यति धेरै प्रतिबन्ध लगाएका थिएनन् । रुसको भ्लादिभोस्टोक सहरमा आयोजित इस्टर्न इकोनोमिक फोरममा पुटिनलाई अमेरिकी राष्ट्रपतिको रुपमा कसलाई […]

पूरा पढ्नुहोस्

अमेरिकाको जर्जियामा विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु

काठमाडौँ, भाद्र २० अमेरिकाको जर्जिया राज्यको एक विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु भएको छ । सिएनएनका अनुसार यस घटनामा ९ जना घाइते भएका छन् । एटलान्टाको लगभग ८० किलोमिटर उत्तरपूर्वमा रहेको ब्यारो काउन्टीको अपलाची हाई स्कूलमा १४ बर्षिय बालकले गोली चलाएको मिडिया रिपोर्टमा उल्लेख छ । गोली चलाउने बालकपनि सोहि विद्यालयको नै भएको स्थानीय […]

पूरा पढ्नुहोस्

युक्रेनका विदेशमन्त्री कुलेबाको राजीनामा

काठमाडौँ, भाद्र २० युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले राजीनामा दिएका छन् । रसियाले युक्रेनमा भिषण मिसाइल आक्रमण गरिरहेको बेला राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मन्त्रिमन्डल पुनर्गठन गर्ने तयारी गरेपछि कुलेबाले राजीनामा दिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । रुससँगको लडाइका क्रममा कुलेबा राष्ट्रपति जेलेन्स्कीका प्रमुख सहयोगी रहेका थिए । खासगरी उनले अन्तर्राष्ट्रिय समुदायसँग गरेको सहकार्यको निकै प्रसंशा गरिएको […]

पूरा पढ्नुहोस्

ब्राजिलमा सामाजिक सञ्जाल एक्समाथि पूर्ण रुपमा प्रतिबन्ध

काठमाडौँ, भाद्र १६ ब्राजिलमा सामाजिक सञ्जाल एक्समाथि पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ । शनिबारदेखि ब्राजिलमा एक्स पूर्ण रुपमा बन्द भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । शुक्रबार ब्राजिलको सर्वोच्च अदालतले एक्समाथि देशभर प्रतिबन्ध लगाउन आदेश दिएपछि सरकारले सो आदेशको पालना गरेको बताइएको छ । यस अघि सर्वोच्चले एक्सलाई ब्राजिलमा आफ्नो स्थानीय प्रतिनिधि राख्न आदेश दिएपछि […]

पूरा पढ्नुहोस्

एमसीसीअन्तरगत १८ किमि सीमापार प्रसारण लाइन निर्माण सम्झौतामा हस्ताक्षर

काठमाडौँ, भाद्र १५ अमेरिकी सरकारको अनुदान सहयोगमा बन्ने १८ किमि सीमापार प्रसारण लाइन निर्माण सम्झौतामा एमसिए–नेपालले हस्ताक्षर गरेको छ । नेपाल सरकारको लगानी र अमेरिकी सरकारको अनुदानमा कार्यान्वयन भइरहेको एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गतको विद्युत् प्रसारण आयोजनाको एक महत्वपूर्ण अंशको रुपमा यसलाई हेरिएको छ । अर्थ मन्त्रालय,नेपाल विद्युत् प्राधिकरण,एमसिसी तथा एमसिए–नेपालका उपस्थितिमा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर […]

पूरा पढ्नुहोस्

जंगलको आगोले कार्बन उत्सर्जनमा बढाएको चिन्ता

काठमाडौँ, भाद्र १४ गत वर्ष, क्यानाडाको जंगलमा लागेको आगोले केही प्रमुख उत्सर्जन गर्ने देशहरूभन्दा पनि बढी हरितगृह ग्यास उत्सर्जन गरेको थियो । एक अध्ययनले राष्ट्रिय उत्सर्जन बजेटमा प्रश्न उठाएको छ । गत वर्ष क्यानाडामा लागेको डढेलोले ६४७ मेगाटन कार्बन उत्सर्जन गरेको थियो, जुन सन् २०२२ मा जर्मनी, जापान र रुस जस्ता सात ठूला उत्सर्जन गर्ने […]

पूरा पढ्नुहोस्

अस्ट्रेलियामा कार्यालय समयपछि फोन र म्यासेजको जवाफ दिन नपर्ने कानुन लागु

काठमाडौँ, भाद्र ११ अष्ट्रेलियामा ‘राइट टु डिस्कनेक्ट’ को नयाँ नियम लागू भएको छ, जसमा अफिस समयपछि घरमा पुगिसकेपछि कम्पनीको कल र म्यासेजको जवाफ दिन बाध्य महसुस गर्नेहरूलाई राहत दिइएको छ । नयाँ कानूनले कर्मचारीहरूलाई ड्युटी घण्टा पछि कुनै पनि सन्देशलाई मालिकको हप्काउने डर बिना बेवास्ता गर्ने स्वतन्त्रता दिएको छ । गत वर्ष प्रकाशित एक सर्वेक्षणमा […]

पूरा पढ्नुहोस्

शिखर धवनको अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौँ, भाद्र ८ भारतीय क्रिकेटर शिखर धवनले अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । उनले शनिबार बिहान सामाजिक सञ्जाल वेबसाइट एक्समा पोस्ट गर्दै यो जानकारी दिएका हुन् । शिखर धवनले ३४ टेस्ट र १६७ ओडीआई खेलेका छन् । उनले एकदिवसीय खेलमा ६७९३ रन बनाएका छन् भने टेष्टमा ५८ इनिङ्समा २३१५ रन बनाएका छन् […]

पूरा पढ्नुहोस्

चीनले चन्द्रमाबाट ल्याएको माटोबाट पानी बनाएको दाबी

काठमाडौँ, भाद्र ८ चिनियाँ वैज्ञानिकहरूले २०२० अभियानबाट फिर्ता ल्याइएको चन्द्रमाको माटो प्रयोग गरेर ठूलो मात्रामा पानी उत्पादन गर्ने ‘नयाँ तरिका’ पत्ता लगाएका छन् । २०२० मा चीनको चाङ अ ५ मिसनले चन्द्रमाबाट माटोको नमूना ल्याउन सफल भएको थियो । ४४ वर्षमा पहिलो पटक चन्द्रमाबाट यस्तो नमूना ल्याइएको थियो । चाइनिज एकेडेमी अफ साइन्सेसका अन्वेषकहरूले ‘चन्द्र […]

पूरा पढ्नुहोस्

विश्वको दोस्रो ठूलो हीरा भेटियो

काठमाडौँ, भाद्र ७ विश्वको दोस्रो ठूलो हीरा बोत्सवानामा फेला परेको छ । बीबीसीका अनुसार क्यानेडियन फर्म लुकारा डायमण्डको कायरोको खानीमा २४९२ क्यारेटको हीरा फेला परेको छ । सन् १९०५ मा दक्षिण अफ्रिकामा फेला परेको ३१०६ क्यारेटको कुलिनन डायमण्डपछि यो अहिलेसम्मकै सबैभन्दा ठूलो हीरा हो । काइरो खानी बोत्सवानाको राजधानी गाबोरोनबाट करिब ५०० किलोमिटर टाढा छ […]

पूरा पढ्नुहोस्