Saturday, October 10

अन्तराष्ट्रिय

एक्समा एलन मस्कले गरेको लगानी भन्दा ८० प्रतिशत कम मुल्य !

काठमाडौँ, असोज १७ एलन मस्कले सामाजिक सञ्जाल कम्पनि ट्वीटर (हाल एक्स) किनेपछि कम्पनिको मुल्य ८० प्रतिशतले घटेको पाइएको छ । मस्कले २०२२ मा ४४ बिलियन डलरमा किनेको ट्वीटरको अहिलेको मुल्य ४.२ बिलियन रहेको अमेरिकी लगानीसम्बन्धि विश्लेषण गर्ने कम्पनि फिडेलिटीलाई उदृत गर्दै सिएनएनले उल्लेख गरको छ । मस्कले ट्वीटर किन्ने समयमा नै उनले कम्पनिका लागि बढी […]

पूरा पढ्नुहोस्

शिगेरु जापानको नयाँ प्रधानमन्त्री चयन

काठमाडौँ, असोज १५ शिगेरु इशिबा जापानको नयाँ प्रधानमन्त्री बनेका छन् । सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का अध्यक्ष निर्वाचित भएका शिगेरु प्रधानमन्त्रीमा चयन भएका हुन् । संसदको दुवै सदनमा एलडिपीको बहुमत भएकाले शिगेरु सजिलै प्रधानमन्त्रीमा चयन भएको जापानी मिडिया एनएचके न्युजले उल्लेख गरेको छ । ६७ बर्षिय शिगेरु जापानको १०२औ प्रधानमन्त्री बनेका छन् । शिगेरुले […]

पूरा पढ्नुहोस्

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

काठमाडौँ, असोज १५ दक्षिण सुडानस्थित संयुक्त राष्ट्र संघिय शान्ति मिसनमा तैनाथ तारादल गण (शान्ति सेना) तेह्रौँ डफ्फालाई बदली गर्न खटिएको श्रीनाथ गण (शान्ति सेना) चौधौँ डफ्फाका १७५ जना शान्ति सैनिकहरूको अन्तिम टोली सेनानी पूर्ण बहादुर चन्दको नेतृत्वमा संयुक्त राष्ट्र संघको चार्टर्ड विमानद्वारा मिसन इलाकातर्फ प्रस्थान गरेका छन् । गणपति, प्रमुख सेनानी सुरेश देवकोटाको कमाण्डमा रहेको […]

पूरा पढ्नुहोस्

सुनिता र बुचलाई फिर्ता ल्याउन ‘ड्रागन’ अन्तरिक्षमा पुग्यो, फेब्रुअरीमा फर्किने

काठमाडौँ, असोज १४ अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा फसेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई फिर्ता ल्याउने अन्तरिक्ष यान आईएसएस पुगेको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले स्पेसएक्सको रकेटले ड्र्यागन अन्तरिक्ष यानलाई आईएसएसमा पुर्‍याउन मद्दत गरेको र त्यससँग सफलतापूर्वक जडान भएको पुष्टि गरेको छ । यस अन्तरिक्ष यानबाट दुई अन्तरिक्ष यात्री आईएसएस पुगेका छन्, […]

पूरा पढ्नुहोस्

चीन र माल्दिभ्सबीच ऋणसम्बन्धि सम्झौता

काठमाडौँ, भाद्र ३० चीन र माल्दिभ्सबीच ऋण बारे अर्को सम्झौतामा हस्ताक्षर भएको छ । यसमा माल्दिभ्सलाई थप ऋण दिने सहमति भएको छ । तर, ऋणको रकम भने खुलाइएको छैन । पीपुल्स बैंक अफ चाइना र माल्दिभ्सको आर्थिक विकास मन्त्रालयबीच भएको सम्झौताअनुसार चीन र माल्दिभ्सले प्रत्यक्ष लगानी प्रवर्द्धन गर्न र स्थानीय मुद्रामा कारोबार गर्न सक्नेछन्। यो […]

पूरा पढ्नुहोस्

पृथ्वीबाट लगभग ७०० किलोमिटर माथि स्पेसवाक सम्पन्न

काठमाडौँ, भाद्र २९ एलन मस्कको कम्पनी स्पेसएक्सको पोलारिस डन मिशनमा दुई अन्तरिक्ष यात्रीहरूले पृथ्वीबाट लगभग ७०० किलोमिटर माथि स्पेसवाक गरेका छन् । स्पेसवाकको समयमा अन्तरिक्षयानको गति २५ हजार किलोमिटर प्रतिघण्टा थियो । निजी अन्तरिक्ष यानबाट गरिएको यो पहिलो स्पेसवाक हो । पोलारिस डन मिसन १० सेप्टेम्बरमा सुरु भएको थियो । यस मिसनमा ४ जना अन्तरिक्ष […]

पूरा पढ्नुहोस्

चीनले सन् १९५० पछि पहिलो पटक बढायो अवकाशको उमेर

काठमाडौँ, भाद्र २९ सन् १९५० पछि पहिलो पटक चीनले अवकाशको उमेर बढाउने भएको छ । चीनको अधिकांश जनसंख्या बुढेसकालमा छ । चिनियाँ सरकारले यो प्रस्तावलाई शुक्रबार स्वीकृत गरेको हो । चीनले मिहिनेत गर्नुपर्ने काम गर्ने महिलाको अनिवार्य अवकाश उमेर ५० बाट बढाएर ५५ वर्ष पुर्याउने भएको छ । जबकि पेशेवर महिलाको हकमा यो उमेर ५५ वर्षबाट […]

पूरा पढ्नुहोस्

सामाजिक सञ्जालमा रोनाल्डोका एक अर्ब फलोअर्स नाघे

काठमाडौँ, भाद्र २८ क्रिस्टियानो रोनाल्डोको सामाजिक सञ्जालमा एक अर्ब फर्लोअर्स पुगेका छन् । रोनाल्डोका सबै सामाजिक सञ्जाल एकाउन्टमा गरेर एक अर्ब फलोअर्स नाघेका हुन् । हालै युट्युबमा आएका रोनाल्डोले कैयौं किर्तिमान तोड्दै अहिलेसम्म ६ करोड भन्दा बढी फलोअर्स बनेका छन् । रोनाल्डो सामाजिक सञ्जाल इन्स्टाग्राममा सबैभन्दा बढी फलो गरिने व्यक्ति हुन् । उनको इन्स्टाग्राममा मात्र […]

पूरा पढ्नुहोस्

ह्यारिस र ट्रम्प पहिलो बहसमा आमने सामने

काठमाडौँ, भाद्र २६ अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प राष्ट्रपतिको टेलिभिजन बहसमा आमनेसामने भएका छन् । यी दुईबीचको यो पहिलो राष्ट्रपति बहस हो । बहस सुरु गर्दै कमला ह्यारिसले ट्रम्पको आर्थिक नीतिलाई निशाना बनाएकी थिइन् । ट्रम्पले कमला ह्यारिसलाई सोधे, ‘के तपाईलाई लाग्छ अमेरिका चार वर्ष पहिलेको […]

पूरा पढ्नुहोस्

भारतीय कुस्ती खेलाडी विनेश फोगाट कांग्रेसबाट विधान सभा चुनाव लड्ने

काठमाडौँ, भाद्र २२ भारतकी कुस्ती खेलाडी विनेश फोगाट नेशनल कांग्रेसमा प्रवेश गरेकी छन् । शुक्रबार कांग्रेसमा प्रदेश गरेकी फोगाटलाई कांग्रेसले हरियाणाको जुलानाबाट विनेश टिकट समेत दिएको छ । पेरिस ओलम्पिकमा फाइनल खेल्न अयोग्य भएकी विनेश फोगाट भारत फर्किएपछि नै कांग्रेसमा प्रवेश गर्ने अनुमान गरिएको थियो । विनेश फोगाट र अर्का कुस्ती खेलाडी बजरंग पुनियाले शुक्रबार […]

पूरा पढ्नुहोस्