समाचार
आज तरकारी तथा फलफुलको मुल्य सार्बजनिक
काठमाडौ, मंसिर १० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ । जसअनुसार न्यूनतम मूल्य प्रतिकेजी अनार ३५० रुपैयाँमा खरिदबिक्री भैरहेको छ । कालो अंगुर ३५०, अम्बा १८० रुपैयाँमा खरिदबिक्री भैरहेको समितिले जनाएको छ । यसैगरी केरा १५० रुपैयाँ दर्जन, नेपाली सुन्तला ८०, लोकल काक्रो १२०, भारतीय […]
पूरा पढ्नुहोस्
अमेरिकी डलको कारोबार स्थिर, युरो र पाउन्डको मूल्य घट्यो
काठमाडौं, मंसिर १० नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज डलको खरिददर १३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३५ […]
पूरा पढ्नुहोस्
चिकित्सा शिक्षा आयोगको बैठक : पिजीको विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौ, मंसिर ९ प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजमा आवासीय चिकित्सक-स्नातकोत्तर तह (पिजी)को सुविधासम्बन्धी विवाद आपसी छलफलबाट मिलाउन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको चिकित्सा शिक्षा आयोगको १५ औँ बैठकमा आयोगका अध्यक्ष प्रधानमन्त्री ओलीले निजी र सरकारी दुवै क्षेत्रका सरोकारवाला पक्षलाई सामेल गरेर समाधान खोज्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री […]
पूरा पढ्नुहोस्
रवि लामिछाने थप १५ दिन हिरासतमा
पोखरा, मंसिर ९ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने थप १५ दिन हिरासतमा बिताउनु पर्ने भएको छ। कास्की जिल्ला अदालतले उनलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । न्यायधिस भिमलाल बेलवासेको ईजालासले सो अनुमति दिएको हो ।
पूरा पढ्नुहोस्
गोलभेडा ९०, आलु ६५ प्रतिकेजिः कालीमाटी बजार
काठमाडौ, मंसिर ९ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ । जसअनुसार न्यूनतम मूल्य प्रतिकेजी अनार ३८० रुपैयाँमा खरिदबिक्री भैरहेको छ । कालो अंगुर ३८०, अम्बा १८० रुपैयाँमा खरिदबिक्री भैरहेको समितिले जनाएको छ । यसैगरी केरा १५० रुपैयाँ दर्जन, हरियो तरबुजा ८०, लोकल काक्रो १२०, भारतीय […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौं, मंसिर ९ देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । साथै भारतको उत्तर प्रदेश र बिहारको तल्लो वायुमण्डलमा कमजोर न्युन चापीय प्रणाली अवस्थित रहेको देखिन्छ । हाल देशको कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो […]
पूरा पढ्नुहोस्
राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट
काठमाडौं, मंसिर ९ नेपाल राष्ट्र बैंकले आईतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आईतबार अमेरिकी डलरको भाउ ८ पैसाले घटेको छ । आज डलको खरिददर १३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर […]
पूरा पढ्नुहोस्
चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो
काठमाडौं, मंसिर ८ नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा सुरू भएका तीन वटा जलविद्युत आयोजनाको निर्माण सम्पन्न भएको छ। तीन वटा जलविद्युत आयोजनाहरू निर्माण सम्पन्न भई १६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ। तीन वटै आयोजनाहरूबाट उत्पादित विद्युत् विद्युत् रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित प्राधिकरणले बनाएको २२०-१३२-३३ केभी सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण […]
पूरा पढ्नुहोस्
नेपाल मित्र राष्ट्रहरूसँग सुमधुर सम्बन्ध चाहन्छ : उपप्रधानमन्त्री सिंह
काठमाडौं, मंसिर ८ उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले मित्र राष्ट्रहरूसँग नेपालले सुमधुर सम्बन्ध राख्ने बताएका छन्। शनिबार छत्रपाटी नि:शुल्क चिकित्सालयमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन्। ‘मित्र राष्ट्रहरूसँग सम्बन्ध राम्रो गरेर हामी अगाडि बढ्न चाहन्छौं,’ उनले भने। परस्परको सहयोगले आपसी सम्बन्ध सुमधुर बनाउन सहयोग गर्ने पनि उनले बताए। कार्यक्रममा काठमाडौंस्थित चिनियाँ दूतावासले छत्रपाटी […]
पूरा पढ्नुहोस्
स्थानीय तह उपनिर्वाचन : मतपत्र छपाइको काम आज सकिँदै
काठमाडौं, मंसिर ८ स्थानीय तहको उपनिर्वाचनका लागि मतपत्र छपाइको काम शनिबारसम्म पूरा हुने भएको छ । छापिएका मतपत्र उपनिर्वाचन हुने अधिकांश स्थानीय तहमा मतपत्र पठाइसकिएको र बाँकी ठाउँमा केही दिनमा पठाउने आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन्। मतपत्र छपाइ हुने क्रम जारी रहेको भन्दै उनले बाँकी ठाउँमा पठाउने क्रम पनि केही दिनमा सकिने बताइन्। […]
पूरा पढ्नुहोस्




